फोर्ड इकोस्पोर्ट २०२१ संस्करण २०२० को मूल्यमा बुकिङ खुला

काठमाडौं । जीओ अटोमोबाइल्स प्रालि (जीओ फोर्ड) फोर्ड गाडीका लागि नेपालको आधिकारिक विक्रेताले नयाँफोर्ड इकोस्पोर्ट २०२१ संस्करण बुकिङ खुला गरेको छ । सन् २०१३ मा बिक्री सुरुवात भएको र सन् २०१७ मा प्रमुख अद्यावधिक (ड्रयागन सिरिज इन्जिनजडित) फोर्ड इकोस्पोर्ट कम्प्याक्ट एसयूभी सेगमेन्ट/श्रेणीमा नै खेल परिवर्तकका रूपमा आएको थियो ।

यसको शक्तिशाली प्रदर्शन, बहुमुखी प्रतिभा, क्षमता, परिष्कृत स्टाइल र उच्चतम प्रविधिले नेपालीका मन जितेका छन् । यसले लगातार नयाँ सुविधा र प्रविधिको साथ आफ्नो श्रेणी/सेगमेन्ट नै पुन : परिभाषित गर्दै आएको छ । फोर्ड इकोस्पोर्टमा ग्राहकको विश्वासको कारण मोडल २०२० सम्पूर्ण रूपमा बिक्री भइसकेको छ तथा नयाँ मोडल २०२१ का लागि २०२० को मूल्यमा नै बुकिङ खुला गरिएको कम्पनीले जनाएको छ । यो योजना सीमित अवधिका लागि मात्र उपलब्ध हुनेछ ।

 सबैभन्दा लोकप्रिय कम्प्याक्ट एसयूभीफोर्ड इकोस्पोर्ट २०२१ संस्करणको २०२० को मूल्यमा बुकिङ खुला गरिएको छ ।

६ वटा एयरब्याग, टचस्क्रिन, इन्फोटेनमेन्ट र अरू बढी सुविधासहित फोर्ड इकोस्पोर्टले सुरक्षा र कनेक्टिभिटीको नेतृत्व गर्दै आएको छ ।

 तीन वर्ष वा १० लाख किमी वारेन्टी र आफ्नो सेगमेन्टमा सबैभन्दा कम स्वामित्व मूल्यसहित इकोस्पोर्टले आफ्नो उचित

सन् २०२१ संस्करण इकोस्पोर्ट भारत स्टेज ६ मा आधारित पेट्रोल र डिजेल इन्जिनका साथ २०२० संस्करण मूल्यमा बुकिङ खुला गरिएको छ । यो गाडी ड्राइभिङका लागि रमाइलो, शक्तिशाली र पेट्रोल/डिजेल इन्जिनका लागि विशिष्ट रोजाइ रहेको छ । लाइन–अपमा फोर्डको नयाँ ३ सिलिन्डरयुक्त १.५ लि टीइआई भीसीटी पेट्रोल इन्जिन समावेश छ । जसले १२२ पीएस पावर र १४९ एनएम टर्क प्रदान गर्छ । पेट्रोल इन्जिन ५ स्पिड म्यानुअल ट्रान्समिसन र ६ स्पिड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छ ।

इकोस्पोर्ट डिजेलमा फोर्डको विश्वस्त र भरपर्दो बीएस ६६ मा आधारित १.५ लि टीडीसी आइडिजल इन्जिन रहेको छ जसले १०० पीएस पावर र २१५ एनएम टर्कके प्रदान गर्छ र यो म्यानुअल ट्रान्समिसनमा उपलब्ध छ । यस इकोस्पोर्टले आकर्षक बाहिरी बनावट, आरामदायी भित्री बनावट तथा स्टाइललाई कायम राखेको छ । साथै यो सनरुफ जडित भेरियन्टमा पनि उपलब्ध छ ।

यसमा चालक र यात्रीको सुरक्षाको लागि ६ वटासम्म एयरब्याग रहेको छ । यसको माथिल्लो मोडेलमा मनोरञ्जन तथा कनेक्टिभिटीको लागि ८ इन्चको टच स्क्रिनयुक्त सिंक ३ सिस्टम, एप्पल कार प्ले तथा एन्ड्रोइड अटो अनुकूलतामा टप–इनलाइन इकोस्पोर्ट भेरियन्ट उपलब्ध छ ।

९ इन्च टच स्क्रिन–आधारित इन्फोटेनमेन्ट प्रणाली र सबैजसो भेरियन्टमा एम्बेडेड नेभिगेसन रहेको छ । सवारी आरामदायी तथा सुविधाजनक बनाउन अरू धेरै उच्चतम प्रविधिजस्तै स्वचालित हेडल्याम्प, पुस बटन, स्टार्ट/स्टप, डीआरएल रेन सेन्सिङ वाइपर आदि पाउन सकिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 336 times, 1 visits today)

epaper

ताजा समाचार

भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान