भक्तपुरमा पुस १ गतेदेखी विद्यालय सञ्चालन हुने

भक्तपुर । भक्तपुरमा पुस १ गतेदेखि विद्यालय सञ्चालन हुने भएको छ । भक्तपुर नगर शिक्षा समितिको विहिबार बसेको बैठकले सो निर्णय गरेको हो । समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको बैठकले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर आलोपालो विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ ।

बैठकले २०७७ पुस १ गतेदेखि विद्यालय सञ्चालन गर्ने गरी नगरभित्रका सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयहरूमा विद्यालय सञ्चालनसम्बन्धी प्रस्तावनासहितको कार्ययोजना भक्तपुर नगरपालिका शिक्षा शाखामा पेश गरेको छ । कक्षा ८, ९ र १० को कक्षा आलोपालो गरी सञ्चालनको सुरूवात गर्ने निर्णय गरेको छ ।

विद्यार्थी सङ्ख्या १०० भन्दा कम भएका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूको हकमा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड कार्यान्वयन गरी विद्यालय सञ्चालनसम्बन्धी प्रस्तावनासहितको कार्ययोजना भक्तपुर नगरपालिका शिक्षा शाखामा पेश गरी कक्षा सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।

नगरपालिकाले संस्थागत र सामुदायिक विद्यालयका प्रतिनिधिहरु, शिक्षक, विद्यार्थी तथा अभिभावक संघका प्रतिनिधिहरूसँग पनि विद्यालय सञ्चालनका विषयमा चरणबद्ध छलफल गरी सुझावहरु संकलन गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 181 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिमको सत्ताले नाउपामा रडाको, रन्जिता पक्षका दुई सांसद पनि दुई तिर !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनकुटामा सत्ता गठबन्धनमा ‘भाँडभैलो’, वडादेखि पालिका प्रमुखसम्मै दोहोरो उम्मेद्वारी