अवैध लागूऔषधसहित इटहरीबाट ६जना पक्राउ

इटहरी । ईलाका प्रहरी कार्यालय इटहरीले अकस्मात चेकजाँच गर्ने क्रममा इटहरी उपमहानगरपालिका वडा नं. ६, ९ र १३ बाट अवैध लागूऔषध सहित ६ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत दरभंगा घर भई हाल जिल्ला सुनसरी दुहवी नगरपालिका वडा नं. ६ मा डेरा गरी बस्ने बर्ष २७ को ओम प्रकाश यादव, जिल्ला मोरङ जहदा गाउँपालिका वडा नं. ४ बस्ने उमेश कुमार मण्डल, सुनसरीको इटहरी ८ वीपी चोक बस्ने सनम बस्नेत, इटहरी १२ खनारका सागर काफ्ले र अमर सरदार, प्रकाश सरदारलाई ओमप्रकाश यादवसँग लागूऔषध किन्न आउने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरुलाई लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम सुनसरी जिल्ला अदालतबाट म्याद थप भई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 195 times, 1 visits today)

epaper

ताजा समाचार

लिटमस इन्डस्ट्रिजलाई ‘भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ सम्मान