सप्तरीमा माछा मार्ने क्रममा दुई पक्षबीच झडप, एक महिलाको मृत्यु

सांकेतिक तस्वीर

राजविराज । दुई पक्षबीच सार्वजनिक पोखरीमा माछा मार्ने विषयमा उत्पन्न विवादले उग्ररुप लिएपछि भएको झडपमा सप्तरीको बोदेबर्साइनमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बोदेबर्साइन नगरपालिका ३ की ४५ वर्षीया गंगियादेवी मण्डल रहको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता समेत रहेका डिएएसपी भुवनेश्वर साहका अनुसार झडपमा चार जना घाइते भएका छन् । झडपमा सोही वडाका जयनारायण मण्डल, सोबिन्द्र मण्डल, धिरज मण्डल र जोगिन्द्र मण्डल घाइते भएका छन् । उनीहरुको लहानस्थित कामना नरसिंह होममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सोही वडाका शिवशरण मण्डल, बिजय मण्डल, सुरेन्द्र मण्डल र रबित मण्डललाई पक्राउ गरेको डिएसपी साहले जानकारी दिएका छन् । माछा मार्ने विषयमा आइतबार राती १० बजेतिर दुई पक्षबीच भएको विवादका क्रममा एक अर्कामाथी बन्चरो, भाटा लगायतका घरेलु हतियारले प्रहार गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

सोही क्रममा टाउँकोमा गम्भिर चोट लागेका गंगियादेवी मण्डलको घटनास्थलमै मृत्यु प्रहरीले जनाएको छ । घटनापछि गाउँमा तनाव बढ्दै गएपछि सुरक्षाका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको डिएसपी साहले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 62 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार