उखु किसान भन्छन् ‘मन्त्रीज्यु पैसा लिएर माइतीघर आउनुस्’

काठमाडौं । आन्दोलनरत उखु किसानले वार्ताका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राखेको प्रस्ताव अस्वीकार गरेका छन् ।

मन्त्रालयका सहसचिव डा. नारायण रेग्मीले उखु किसान संघर्ष समिति सर्लाहीका सचिव हरि श्याम रायलाई फोन गरेर आज २ बजे मन्त्रालयमा वार्तामा आउन आग्रह गरेका थिए ।

गत वर्ष कोठामा वार्ता गरेर सरकारले झुक्याएको भन्दै रायले यसपाली कोठामा वार्ता नगर्ने जानकारी दिए । उनले सचिव मार्फत मन्त्रीलाई वक्यौता रकम बोकेर माइतीघर पठाइदिन आग्रह गरेको जानकारी दिए ।

उखु किसानहरुले आइतबारदेखि माईतीघर मण्डलामा धर्ना सुरु गरेका छन् । सोमबार दोस्रो दिन पनि जारी छ । आन्दोलनमा सर्मथन जनाउन लोकगायक बद्री पंगेनी र अधिवक्ता ओमप्रकाश अर्याल माइतीघर पुगेका छन् ।

उखु कसान संघर्ष समितिले बक्यौता रकम नपाएसम्म आन्दोलन जारी राख्ने बताएको छ । चिनी मिलबाट किसानहरुले ९० करोड रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 336 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम