काठमाडौंका सडकमा चारतारे झण्डा फरर (फोटोफिचर)

काठमाडौं । ०४६ सालमा भएको बहुदलिय प्रजातन्त्र पूर्नस्थापनाका लागि भएको आन्दोलनमा नेपाली कांग्रेस र वाममोर्चाले संयुक्त आन्दोलन गरे । तत्कालिन सरकारको बिरुद्ध काठमाडौं लगायत मोफसलका सडकमा चार तारे र हँसिया हथौडा अंकित झण्डासहित प्रदर्शन भयो ।

०४६ सालमै बहुदलिय प्रजातन्त्र पूर्नस्थापना भएपछि विजयउत्सवमा उत्सबमा उसैगरि झण्डाहरु प्रदर्शन भए । ०४७ सालमा भएको निर्वाचनमा कांग्रेसले सरकारको नेतृत्व गरेपछि सरकारको विरोध स्वरुप सडकमाा झण्डा प्रदर्शन गर्ने जिम्मेवारी तत्कालिन कम्युनिष्ट पार्टी नेकपा एमालेले पायो ।

यद्यपि नेपाली कांग्रेसले पनि आमसभा वा अन्य सन्दर्भमा झण्डासहित सडकमा प्रदर्शन नगरेको भने होइन । एवं रितले दिन वित्दै गयो । पूर्व राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि कांग्रेस कम्युनिष्ट फेरि एक भएर आन्दोलनमा होमिए । ०६२ ०६३ को आन्दोलनमा फेरि हँसिया हथौडा र चारतारे झण्डासहित सडकमा प्रदर्शन भयो ।

पहिलो संविधानसभा निर्वाचनमा तत्कालिन माओवादीले बहुमतसहित सरकार गठन गरेपछि कांग्रेस र तत्कालिन एमाले प्रतिपक्षमा सिमित भयो । संविधान निर्माण नहुँदै माओवादीको सरकार ढल्यो तर, पनि कांग्रेसले झण्डा सहित सडकमा प्रदर्शनको अवसर पाएन ।

दोस्रो संविधानसभा निर्वाचन घोषणा भएपनि कांग्रेस, एमाले, माओवादीले चुनावी रणनितीका लागि आ आफ्नै पार्टीको झण्डा बोकेर सडकमा आए । तत्कालीन प्रधानमन्त्री स्व.शुशिल कोइरालाको नेतृत्वमा संविधान निर्माण भएपछि आन्दोलन मधेश केन्द्रित भयो ।

नयाँ संविधान निर्माणपछि भएको निर्वाचनमा अस्तित्वमा रहेका सवै दलहरुले आ आफ्नो पार्टीको झण्डा बोकेर भोट मागे । नेकपा नेतृत्वले निर्वाचनमा बहुमत पाएपछि नेपाली कांग्रेस सिमित जिल्लामा विजय जुलुसमा चित्त बुझाउन वाध्य भयो ।

नेकपा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि पहिलो पटक कांग्रेसले सरकार बिरुद्ध देशव्यापी प्रदर्शन गर्यो । सोमवार प्रदर्शनमा सहभागी कांग्रेस कार्यकर्ता निकै उत्साही देखिन्थे । हेरौं सडकमा कांग्रेसको प्रदर्शनका केही तस्विर ।

तपाइको प्रतिक्रिया
(Visited 1,017 times, 1 visits today)

epaper

ताजा समाचार

अमिर खानको तेस्रो बिबाह आज, छाेराछाेरी पनि सहभागी हुँदै