कोरोना भाइरसको प्रभाव: तीन सय शय्याको अस्पताल बनाउने तयारी

काठमाडौं । सरकारले चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमण बढेपछि नेपालमा रोकथाम गर्ने गरी तीन सय शय्याको सरुवा रोग उपचार गर्ने छुट्टै अस्पताल बनाउने तयारी गरेको छ । प्रतिनिधिसभाको शून्य समय र विशेष समयमा सांसदहरूले कोरोना भाइरस फैलने अवस्थामा सरकारको तयारी सोधेपछि स्वास्थ्य मन्त्रीले यस्तो तयारी भएको बताएका हुन् ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले चीनबाट फैलिएको कोरोना भाइरसको असर नेपालमा नदेखिएको बताए । उनले कोरोना भाइरस नेपालमा प्रवेश गर्न नदिन सरकारले विशेष निगरानी गरिरहेको जानकारी दिए ।
सरकारले यस्तो प्रकृतिको कुनै पनि भाइरल तथा महामारी नियन्त्रणका लागि छुट्टै अस्पताल बनाउने तयारी गरेको जानकारी दिए । प्रतिनिधिसभामा सांसदहरूले कोरोना भाइरसको संक्रमण हुनबाट बच्ने उपायहरू सर्वसाधारणलाई जानकारी गराउन सरकारसँग माग गरेका थिए । स्वास्थ्यमन्त्री ढकालले सम्भावित संक्रमितलाई लक्षीत गरी अहिले सरकारले तीन अस्पतालमा ४३ बेड छुट्याइएको जानकारी दिए ।
सरकारले कुनै पनि नेपालीमा अहिलेसम्म कोरोना भाइरसको असर नदेखेको जानकारी गराएको छ । यस विषयमा सरकार गम्भीर रहेको उल्लेख गर्दै मन्त्री ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा मन्त्रिपरिषद् र विज्ञको बैठक बसेको संसद्लाई जानकारी गराए । उनले स्वास्थ्य मन्त्रीको नेतृत्वमा उच्चस्तरीय निर्देशक समिति बनाइएको र सचिवको नेतृत्वमा कार्यकारी समिति बनाएर काम भइरहेको जानकारी दिए । स्वास्थ्य मन्त्रालयले सरुवा रोगको विषयमा सचेत हुन र बिरामीको विशेष उपचार गर्न मन्त्रालयमातहत रहने गरी नयाँ अस्पताल बनाउने तयारी भएको बताए ।
तत्कालका लागि उपत्यकाबाहिर पोखरा, चितवन र भैरहवामा हेल्प डेस्क व्यवस्था गरिएको मन्त्री ढकालले जानकारी दिए । कोरोना भाइरस संक्रमण रोकथाममा यी जिल्लाका अस्पताललाई पनि एकाकार गरेर जाने योजनामा रहेको उनले बताए । यसैगरी, रसुवा र तातोपानी नाका सम्भावित जोखिममा राखिएको उनले जानकारी दिए । प्रतिनिधिसभाको शून्य समय र विशेष समयसँगै प्रश्नोत्तरमा बोल्ने अधिकांश सांसदले कोरोना भाइरसका विषयमा सरकारको तयारी र अवस्थाका विषयमा जानकारी मागेका थिए ।
चीनमा रहेका १ सय ८० नेपालीले नेपाल आउन फाराम भरेको बताउँदै उनले उनीहरूलाई ल्याउने तयारी भइरहेको जानकारी दिए । उनले त्यहाँको एयरपोर्ट बन्द रहेको र अन्य यातायात नचलेकाले ल्याउन ढिला भएको बताउँदै नेपालमा समेत राख्ने ठाउँ तय नभएको बताए । ‘हामीले उनीहरूलाई बस्तीबाहिर कम्तीमा १४ दिन राख्ने तयारी गरिरहेका छौं,’ उनले भने, ‘त्यो परीक्षणबाट भाइरस देखिएन भने मात्रै उहाँहरूले आफन्तसँग भेटघाट गर्न जान पाउनुहुन्छ ।’
कोरोना भाइरस चीनका २२ वटा प्रान्त र विश्वका २३ मुलुकमा फैलिएको छ । डब्लूएचओका अनुसार अहिलेसम्म १७ हजार ३ सय ५१ व्यक्ति यसबाट संक्रमित भएका छन् । यीमध्ये १७ हजार २ सय ३८ जना चीनमा छन् । अहिलेसम्म ३ सय ६३ जनाको मृत्यु भएको छ । तीमध्ये ३ सय ६२ जनाको मृत्यु चीनमै भएको छ । एक चिनियाँ नागरिकको भने फिलिपिन्समा मृत्यु भएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 193 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

दलहरू सुध्रिएनन् भने राजनीतिक दलहरुप्रति वितृष्णा अझ बढेर जान सक्छ : सीके राउत

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९