Thursday, April 22, 2021
Home Exclusive सुरुवात विवादास्पद देखिए पनि परिणाम राम्रो आउने आशा गरौं

सुरुवात विवादास्पद देखिए पनि परिणाम राम्रो आउने आशा गरौं

समाचार टिप्पणी

,

संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि ) ऐन २०६६ लाई अध्यादेशमार्फत संशोधन गरी संवैधानिक निकायमा पदपूर्तिका लागि मार्गप्रशस्त गरेका छन् । यसलाई कतिपयले अधिनायकवादको संज्ञा दिएका छन् ।

कतिपयले बाध्यात्मक अवस्थाको उपज भनेका छन् भने कतिपयले यसले ठूलो राजनीतिक उथलपुथल हुने अड्कलबाजीसमेत काटिरहेका छन् । अलिकति रुचिपूर्ण र स्वार्थपूर्ण राजनीति गर्नेहरूले आफूअनुकूलको व्याख्या गरेका छन् । तर आम सर्वसाधारण जनतालाई भने यसले ताŒिवक असर गरेको छैन ।

आम जनतालाई कुन संवैधानिक निकायमा को कसरी जान्छ भन्ने कानुनी व्यवस्थासँग खासै सरोकार हुँदैन । तर त्यस्ता संवैधानिक निकायमा जाने व्यक्तिहरूले भोलि गर्ने कामबाट जनताले बल्ल अनुभूति गर्ने हुन् । त्यसैले अहिले आम जनताको भावनासँग जोडेर प्रधानमन्त्रीले ठीक र बेठीक गरे भन्ने तर्क नै जायज छैन ।

विगत १४ महिनादेखि संवैधानिक परिषद्लाई अनिर्णयको बन्दी बनाउने काम हुँदै आएको हो । जसका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानव अधिकार आयोगलगायत ११ वटा संवैधानिक निकायमा ४५ पद रिक्त थिए । १४ महिनाको अवधिमा प्रधानमन्त्रीले सहमतिका लागि धेरै प्रयास गरे ।

सुरुवात केही विवादास्पद भए पनि त्यसले ल्याउने परिणाम असल हुन सक्छ भने त्यसलाई सकारात्मक रूपमा लिनुपर्छ ।

धेरै पटक बैठक पनि आह्वान गरे । तर कहिले विपक्षी दलका नेता सहभागी नहुने, कहिले सभामुख सहभागी नहुने अवस्था सिर्जना भयो । संवैधानिक निकाय जस्तो निकै महŒवपूर्ण र शक्तिशाली निकायलाई कतिपय पदाधिकारीहरूले खेलाँची जस्तो ठान्ने काम गरे । आफ्ना असहमति बैठकमै गएर राख्नुपथ्र्यो तर त्यस्तो गर्नुको साटो बैठकसमेत बहिष्कार गर्ने शृंखला नै चल्यो ।

संवैधानिक परिषद् कुनै राजनीतिक दलको कोठे बैठक होइन, मनलाग्दा बस्ने र मन नलाग्दा नबस्ने । यो त राज्य सञ्चालनको विशेष अधिकार राख्ने विशेष संयन्त्र थियो तर त्यहाँ रहेका केही पदाधिकारीले यसलाई राजनीतिक दाउपेचको विषयवस्तु बनाउने प्रयास गर्दा नै समस्या आएको हो । यद्यपि अध्यक्षका रूपमा रहेका प्रधानमन्त्रीले पनि सर्वसम्मतिको प्रयासलाई सार्थक रूप दिन सकेनन् ।

राज्य सञ्चालनका क्रममा सर्वसम्मति हुन नसके तत्काल बहुमतीय पद्धतिमा गएर भए पनि निर्णय गर्नुपर्ने सर्वव्यापी मान्यता हो त्यसैले पनि प्रधानमन्त्रीले बहुमतीय पद्धतिमार्फत संवैधानिक निकायमा पदपूर्ति गर्न थालेको प्रयासविरुद्ध आकाश नै खसे जसरी प्रचार प्रसार गर्नु गलत छ । अब त्यसरी कानुन संशोधन गरेरै भए पनि संवैधानिक निकायमा पठाउन लागिएका व्यक्तिहरू भने इमानदार, नैतिकवान् र कर्तव्यनिष्ठ हुन सके भने उनीहरूले भोलिका दिनमा राम्रो परिणाम दिन सक्ने आशा गर्न सकिन्छ ।

हिजोको दिनमा अख्तियारमा पठाइएका केही व्यक्तिहरू आफंै भ्रष्टाचारमा मुछिएर अहिले कोही जेलमा छन् त कोहीले मुद्दा खेपिरहेका छन् । हिजोको दिनमा संवैधानिक परिषद्ले सर्वसम्मतिका आधारमा सिफारिस गरी नियुक्त भएका व्यक्तिहरू आर्थिक रूपमा भ्रष्टाचारको दलदलमा किन फस्न पुगे ? त्यसका बारेमा पनि बहस गरिनुपर्छ ।

धेरै जनाको सहभागितामा ‘चोर’ र ‘डाकु’हरूलाई सिफारिस गर्नुभन्दा थोरै जनाको सहभागितामा साधु र इमानदार व्यक्तिलाई सिफारिस गर्न सकियो भने त्यो कैयांै गुणा प्रभावकारी हुनेछ । आशा छ, संवैधानिक परिषद्ले हरेक संवैधानिक निकायमा पठाइने व्यक्तिहरू सिफारिस गर्दा विवेक गुमाउनेछैन ।

संवैधानिक परिषद्का अध्यक्ष प्रधानमन्त्रीले ल्याएको अध्यादेशलाई संविधानविपरीत भनेर तर्क गरिएको छ तर त्यसरी ल्याइएको नयाँ कानुनअनुसार बसेको पहिलो बैठकमा कानुन र संविधानको व्याख्या गर्ने मुख्य भूमिकामा रहेका प्रधानन्यायधीश आफंै सहभागी भएर निर्णय गरेका छन् ।

यसले पनि अध्यादेश संविधान र कानुनविपरीत भएको तर्कलाई खण्डित गर्दैन र ? जे होस्, अध्यादेश ल्याउने कार्य विवादास्पद देखिए पनि सोहीअनुसार संवैधानिक निकायमा आउने व्यक्तिहरूले देश र जनताको हितमा काम गरेर परिणाम दिन सके भने सुरुवाती विवादले केही अर्थ राख्नेछैन । परिणाम राम्रो आओस् ।

(Visited 289 times, 1 visits today)
Loading comments...

आजको समाचार

नौ महिनामा व्यापार घाटा १० खर्ब

काठमाडौँ । मुलुकको अन्तर्राष्ट्रिय बजारसँगको व्यापार घाटा १० खर्ब १६ अर्ब ६२ करोड ८३ लाख ४७ हजार रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको...

अछाममा कोरोना सङ्क्रमितको मृत्यु

अछाम । अछामको साँफेबगर नगरपालिका–६ भागेश्वरका ६५ वर्षीय एक पुरुषको कारोना भाइरसबाट आज बिहान मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका...

नेपाल र नेदरल्यान्ड्स फाइनलमा

काठमाडौं । मलेसिया र नेदरल्यान्ड्सले बराबरी खेलसँगै घरेलु टोली नेपाल त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा प्रवेश गरेको छ । वर्षाले प्रभावित खेलमा मलेसियालाई जितका...

रेम्डेसिभिर, खोप र अक्सिजन अभाव

काठमाडौं । कोरोना संक्रमण समुदायस्तरमै तीव्र फैलिँदै जाँदा रोकथाममा अत्यावश्यक मानिने खोप, रेम्डेसिभिर र अक्सिजन चरम अभाव खड्किएको छ । दैनिक संक्रमणदर २ हजारमाथि पुगे...

वैशाखमा परेको हिउँले जुम्लाका स्याउ बगैंचामा क्षति

जुम्ला । जुम्लामा सामान्यतः पुस, माग, फागुन महिनामा हिउँ पर्छ । तर यो वर्ष वैशाखमा हिमपात भएको छ । मंगलवारदेखि पर्न थालेको हिउँले जुम्लाका...

साताका लोकप्रिय समाचार

ओली–नेपाल वार्ता सकियो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भएको दोस्रो दिनको वार्ता सकिएको छ । नक्सालमा...

बस र टिपर ठोकिँदा पाँचको मृत्यु, ४१ घाइते

बाँके । बाँकेको कोहलपुर नजिकै पूर्वपश्चिम राजमार्गमा शुक्रबार साँझ बस र टिप्पर एकापसमा ठोकिँदा पाँचको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन्...

अस्पतालमा कार्यरत ७ जना ‘नक्कली’ डाक्टर पक्राउ

काठमाडौं । अस्पतालमा काम गरिरहेका ७ जना डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर काम गरेको आरोपमा उनीहरुलाई प्रहरीले आज पक्राउ...

तीनै दिन नेप्सेको लगातार नयाँ रेकर्ड

काठमाडौं । गत साता नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा तीन दिन सेयर कारोबार भएको थियो । सेयर बजार सूचक नेप्सेले गत साताको तीनैदिन एकपछि अर्को...

स्थानीयद्वारा कटारी–घुर्मी सडक अवरोध

उदयपुर । जीर्ण अवस्थामा रहेको सिद्विचरण लोकमार्गको स्तरोन्नतीमा सरोकारवाला निकार्यले ध्यान नदिएको भन्दै स्थानीयद्वारा अनिश्चितकालीन सडक बन्द गरेको छ । माथिल्लो सगरमाथालाई तराईसँग जोड्ने...

ट्रेन्डिङ

दशैँको मुख्य दिन विजयादशमी, उत्तम साइत १०ः१९ बजे

काठमाडौँ । दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ ।...

साउने सङ्क्रान्तिमा कर्णालीमा बिदा

सुर्खेत । प्रदेश सरकाले साउने सङ्क्रान्तिको अवसरमा भोलि अर्थात् साउन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले...

कोरोना कहरमा नहराएको मानवीयता

काठमाडौँ । ‘हेल्लो ! रामजी सर, लौन मान्छे विक्षिप्त अवस्थामा सकडमा बेवारिसे बनेर बसिरहेको छ, लगिदिनुप-यो, साह्रै विजोग छ’, मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीलाई...

संक्रमणकालीन जनजीवनको व्यवस्थापन गर

कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि परिस्थतिको मूल्यांकनसहित सरकारले १५ वैशाखसम्मका लागि लकडाउनको समयावधि थप गरेको छ । यो कदम आफैंमा आवश्यक...

घाँस काट्न गएकी किशोरीको चितुवा आक्रमणबाट मृत्यु

बैतडी । चितुवाको आक्रमणबाट बैतडीकी एक किशोरीको ज्यान गएको छ । शिवनाथ गाउँपालिका ४ बगारकी अन्दाजी १८ बर्षीया माया महताको चितुवाको आक्रमणबाट ज्यान गएको...

आगोले नै निभायो आगो

मनाङ । जिल्लाका जङ्गलमा लागेको डढेलो अझै पूर्ण नियन्त्रणमा आउन सकेको छैन । नासो गाउँपालिकास्थित दानाक्यु पारी रुखका ठुटामा आगो बलिरहेको देखिन्छ । स्थानीयवासी...

उद्योग प्रतिष्ठान चलाउन खुकुलो नीति अवलम्बन गर्ने सरकारको तयारी

काठमाडाैं । सरकारले उद्योग व्यवसाय सञ्चालनका लागि केही खुकुलो बनाउने तयारीका साथ आवश्यक निर्णय गर्ने तयारी थालेको छ । लामो समयसम्म उद्योग व्यवसाय बन्द...

न्याय सम्पादनमा अवरोध नहोस्

प्रतिनिधिसभा विघटन भएलगत्तै यसको विरुद्धमा सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । सर्वोच्चले संविधानले व्यवस्था गरेअनुसार नै संवैधानिक इजलास खडा गरी यसमा सुनुवाइ जारी...

पर्खालले किचेर बालकको मृत्युः शब राखेर प्रदर्शन

सप्तरी ।  भत्किएको घरले किचेर सप्तरीको खडक नगरपालिका–१ सिस्वामा  एक बालकको मृत्यु भएको छ । उपभोक्ता समितिले सडकको आरसीसी ढलान गर्न माटो सम्याउने काम गरिरहेका...

नेपाल एयरलाइन्सका ३ पाइलटसहित ९ उडान कर्मचारीमा कोरोना संक्रमण

काठमाडौँ । नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सका तीन पाइलटसहित नौ उडान कर्मचारीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । चार्टर्ड उडानमा सहभागी चालक दलका नौ...

बोर्डिङ स्कुल पढाउने अनि फि तिर्दिन भन्ने ?

मलाई थाह छ । निजि विद्यालयमा पढाउनेहरुले आनाकानी नगरी विद्यालयले तोकेको शुल्क तिर्नुपर्छ भन्यो भने दुई/चार दिन समाजमा परिँदैन । अहिलेको सिजन भनेकै निजी...

यूएईबाट १६८ जना नेपाली लिएर आइपुग्यो एयर अरेवियाको जहाज

काठमाडौँ । सरकारले म्यान्मासँगै आजै संयुक्त अरब इमिरेट्स (युएई) बाट पनि नागरिकको उद्धार गरेको छ । कोभिड–१९ को विश्वव्यापी सङ्मणका कारण उत्पन्न असहज अवस्थामा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)