जंगलमा टेन्ट टाँगेर बसिरहेका विप्लव कार्यकर्ता पक्राउ

खोटाङ । खोटाङमा विप्लव कार्यकर्ता पक्राउ परेका छन् । साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाको सेखुवास्थित खलेबारी जंगलमा टेन्ट टाँगेर बसिरहेको अवस्थामा सोलुखुम्बु सोताङ गाउँपालिका–४ घोंदरेका २२ वर्षीय विप्लव कार्यकर्ता केवी तामाङ ‘बागध्वज’ पक्राउ परेका हुन् ।

नेपाल प्रहरी र शसस्त्र प्रहरीको संयुक्त टोलीले तामाङलाई मंगलबार पक्राउ गरेको हो । रातका समयमा भरुवा बन्दुक, राईफल तथा पेस्तोलका गोली, बारुद, छर्रा लगायत वन्दोवस्तीका सामान सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमरियाले बताए । रातका समयमा टेन्ट हालेर सेल्टर लिने गरेको आधारमा छापा मारेको डिएसपी चिमरियाले बताए ।

विप्लव कार्यकर्ताले जंगलमा सेल्टर बनाएको सूचनाका आधारमा छापा मार्दा एक नाल भरुवा बन्दुक, पेस्तोल तथा राईफलको ७३ राउण्ड गोली, भरुवा बन्दुकमा लाग्ने छर्रा तथा बारुद, कम्मरमा बाँध्ने झोला दुई थान, भिर्ने झोला चार थान, विभिन्न कम्पनीका सिमसहितका मोबाईल, प्रयोगमा ल्याइसकिएको खुला सिम १७ थान, प्रयोगमा ल्याउन बाँकी अर्थात नखोलिएका सिम १२ थान, दुई वटा ट्यांक लगायतका वन्दोवस्तीका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । विप्लव कार्यकर्तामाथि हात हतियार खरखजना तथा राज्य विरुद्धको कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 214 times, 1 visits today)

epaper

ताजा समाचार

लिटमस इन्डस्ट्रिजलाई ‘भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ सम्मान