गाउँमै उद्यम गर्नेलाई १ प्रतिशत ब्याजमा सहुलियत ऋण

सिन्धुपाल्चोक । बिनाधितो १ प्रतिशत सहुलियत ब्याजदरमा उद्यम गर्न चाहने उद्यमीहरुलाई लक्षीत गरेर लिसंखुपाखर गाउँपालिकाले सुरु गरेको अध्यक्ष उद्यमशिलता कार्यक्रम प्रति स्थानीयको उत्साह देखिएको छ ।

लिसंखुपाखर गाउँपालिकाले नेपाल बैंक लिमिटेड सँग सम्झौता गरी गाउँमै बसेर उद्यम गर्न चाहने हरुका लागि १ प्रतिशत सहुलियत ब्याज दरमा ५ लाखसम्म बिनाधितो कर्जा उपलब्ध गराउने कार्यक्रम अघि सारेको थियो ।

गाउँपालिकाले सुरुवात गरेको अध्यक्ष उद्यमशिलता कार्यक्रममा सहभागी हुनका लागि सबै वडाबाट उल्लेख्य मात्रमा निवदेन आएको गाउँपालिकाका अध्यक्ष कमल नेपालले जानकारी दिए ।

गाउँपालिकाले एक महिना अघि सूचना प्रकाशित गरेर यो कार्यक्रममा सहभागी हुन इच्छुकहरुका लागि आफुले सञ्चालन गर्ने व्यावसाय र आवश्यक रकम उल्लेख गरेर निवदेन माग गरेको थियो ।

गाउँपालिकाले निवेदन माग गरेपछि आठै वडाबाट ११ सय ८६ ले विभिन्न उद्यम गर्नका लागि निवेदन आएको अध्यक्ष नेपाालले जानकारी दिए । गाउँपालिकामा सहुलियत अनुदानको कर्जा माग्ने मध्ये अधिकाशले पशुपक्षी पालनको लागि रहेका छन् । ७ सय ५३ ले पशुपक्षी पालनका लागि निवेदन दर्ता गराएका छन् गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुर्णप्रासद दुलालले भने । ४ सय स्थानीयले पशुपालनका लागि कर्जा माग गरेका छन् ।

लिसंखुपाखर गाउँपालिकाले नेपाल बैंक लिमिटेड सँग सम्झौता गरी गाउँमै बसेर उद्यम गर्न चाहने हरुका लागि १ प्रतिशत सहुलियत ब्याज दरमा ५ लाखसम्म बिनाधितो कर्जा उपलब्ध गराउने कार्यक्रम अघि सारेको थियो ।

गाउँपालिकाले पहिलो पटक सुरु गरेको अध्यक्ष उद्यमशिलता कार्यक्रममा स्थानीयको व्यापक उत्साह देखिएपछि उद्यम गर्नेहरुलाई विभिन्न भागमा बाडेर उद्यमशिलता सम्बन्धी तालिम समेत सञ्चालन गरेको अधिकृत दुलालले जानकारी दिए ।

‘हामीले पहिलो चरणमा वडा नम्बर १ देखि ४ सम्मका पशुपक्षी सम्बन्धी उद्यम गर्नेहरुका लागि उद्यमशिलता तालिम सञ्चालन गरेका छौ ।’ अधिकृत दुलालले भने ‘अब हाम्रा कर्मचारी प्रत्येककको घरमा गएर थप तथ्यांक लिएर ऋण अनुदानको प्रक्रियामा जान्छौ ।’ पहिलो चरणको उद्यमशिलता सम्बन्धी तालिम सम्पन्न भएको र अब वडा नम्बर ५ देखि ८ सम्मका उद्यमीहरुका लागि अर्काे कार्यक्रम सञ्चालनको तयारीमा रहेको अधिकृत दुलालले जानकारी दिए ।

पशुपक्षी उद्यम गर्ने मध्ये अधिकाशंले १ लाख सम्म मात्रै कर्जा माग गरेका छन् । त्यस्तै पशुपालन अन्र्तगत मासुजन्य पशुपालन सम्बन्धी उद्यम गर्न पनि स्थानीय आर्कर्षित भएका छन् । गाउँमा नै मासुको खपत बढी हुने भएपछि यो उद्यम गर्न पनि स्थानीय आर्कर्षित भएको अधिकृत दुलालले जानकारी दिए ।

रोजगारीको पनि सिर्जना गर्ने र उद्यमशिलता सँगै व्यावसायीक पनि बनाउने गाउँपालिकाको उदेश्य अनुसार सुरु गरेको यो कार्यक्रममा पुसको दोस्रो हप्ता भित्रै उद्यम गर्नेहरुलाई बैंकसँग प्रक्रिया अघि बढाएर पहिलो किस्ताको अनुदान उपलब्ध गराउने गाउँपालिकाले जानकारी दिएको छ ।

सिन्धुपाल्चोकका १२ स्थानीय सरकार मध्ये लिसंखुपाखर गाउँपालिकाले यसरी पहिलो पटक गाउँमा नै उद्यम गर्न चाहनेहरूका लागि सहुलीयत ब्याजदरमा ऋण उपलब्ध गराउन लागेको हो । गाउँपालिकाले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा अध्यक्ष उद्यमशीलता विकास कार्यक्रम निर्देशिका पारित गरेर सहुलियतपूर्ण कर्जामा उद्यम व्यवसायका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधिसमेत तयार पारिसकेको छ । पहिलो वर्ष उद्यमका लागि कम्तीमा ५ करोड रुपैयाँ लगानी गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष कमल नेपालले जानकारी दिए ।

गाउँपालिकाले नीति तथा कार्यक्रममै अध्यक्ष उद्यमशीलता योजनालाई प्रमुख कार्यक्रमका रुपमा अघि सारेको छ । यो कार्यक्रम प्रभावकारी भए अबको केही वर्षमा आर्थिक रुपमा गाउँपालिका धेरै सक्षम हुनेछ’, अध्यक्ष नेपालले भने ‘गाउँपालिकाले सुरु गरेको अध्यक्ष उद्यमशीलता विकास कार्यक्रमका लागि नेपाल बैंकसँग सम्झौता गरेसँगै अब को केही दिन भित्रै स्थानीयले सहुलियतमा कर्जा पाउने बाटो खुलेको छ ।’

गाउँपालिकाले बनाएको ब्याज अनुदानसम्बन्धी कार्यविधिमा १ लाखदेखि ५ लाखसम्म ऋण बिनाधितो नै पाउनेछन् भने ऋणबापत जम्मा १ प्रतिशत मात्रै ब्याज बैंकलाई बुझाउनुपर्नेछ । त्यस्तै, १० लाखसम्म कर्जाका लागि भने आफूसँगको जायजेथा जे छ, त्यही धितो राख्नुपर्ने व्यवस्था रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले जानकारी दिए ।

१० लाखसम्म कर्जाका लागि पनि ब्याज भने १ प्रतिशत नै बुझाए पुग्ने अधिकृत दुलालले बताए । ‘१० लाखभन्दा माथि ऋण लिन चाहनेहरूका लागि पनि गाउँपालिकाले बैंकसँग समन्वय गरिदिन सक्छ’, दुलालले भने, ‘बैंक र ऋणदाताबीचको विश्वासमै अरू प्रक्रिया अघि बढ्छ ।’

तपाइको प्रतिक्रिया
(Visited 380 times, 1 visits today)

epaper

ताजा समाचार

एक सातापछि सगरमाथा क्षेत्रमा जीवितै भेटिएका शेर्पालाई काठमाडौं ल्याइयो