जनगणनामा जातिमा ‘लिम्बू’ र धर्ममा ‘किरात’ लेख्न अपिल

इलाम । किरात याक्थुङ चुम्लुङ इलामले २०७८ मा हुने राष्ट्रिय जनगणनामा जातरजातिको महलमा ‘लिम्बू’ र धर्मको महलमा ‘किरात’ लेख्न इलामबासी लिम्बू समुदायमा अपिल गरेको छ ।

किरात याक्थुङ चुम्लुङ जिल्ला कार्यसमिति इलामले एक विज्ञप्ती जारी गर्दै त्यस्तो अपिल गरेको हो । चुम्लुङका सचिव राम योङहाङद्वारा हस्ताक्षरित विज्ञप्तीमा जातरजातिको महलमा ‘लिम्बू’ , पूर्खाको भाषाको महलमा ‘लिम्बू’, मातृभाषाको महलमा ‘लिम्बू’, दोस्रो भाषाको महलमा ‘नजिकको आदिवासी जनजातिको मातृभाषा’ र धर्मको महलमा ‘किरात’ लेख्न अपिल गरेको छ ।

समानुपातिक समावेशिताको व्यवस्थालाई अधिकारसम्मत एवम् प्रभावकारी रुपमा कार्यान्वयन गर्न र गराउनका लागि जनसंख्यात्मक आधार निर्माणको लागि जातरजातिको महलमा ‘लिम्बू’ लेख्न अपिल गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै मातृभाषाहरूलाई सरकारी कामकाजी भाषाको रूपमा स्थापित गर्न गराउनको लागि जनसंख्यात्मक आधार निर्माणको लागि मातृभाषाको महलमा ‘लिम्बू’ लेख्न, दोस्रो भाषाको महलमा ‘नजिकको आदिवासी जनजातिको मातृभाषा’ लेखाउन र धर्मको महलमा भने धर्मनिरपेक्ष राज्य, बहुधार्मिक, समावेसी र धार्मिक स्वतन्त्रताको हकलाई कायम गर्न गराउन ठूलो घेरामा स्थापित ‘किरात’ लेख्न र लेखाउन आग्रह गरिएको उल्लेख छ ।

तपाइको प्रतिक्रिया
(Visited 210 times, 1 visits today)

epaper

ताजा समाचार

लिटमस इन्डस्ट्रिजलाई ‘भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ सम्मान