Wednesday, March 3, 2021
Home प्रदेश प्रदेश ३ सरकारलाई उखु किसानको पत्र : बक्यौता भुक्तानी नभएसम्म घर फर्कँदैनौँ

सरकारलाई उखु किसानको पत्र : बक्यौता भुक्तानी नभएसम्म घर फर्कँदैनौँ

काठमाडौँ । राजधानीमा आन्दोलनरत उखु किसानले आफूूहरुले पाउनुपर्ने सम्पूर्ण बक्यौता भुक्तानी नभएसम्म आन्दोलन जारी राख्ने व्यहोरासहितको पत्र सरकारलाई पठाएका छन् । समस्या समाधानका लागि छलफलमा सहभागी हुन आग्रह गर्दै गत मङ्सिर २९ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पठाएको पत्रको जवाफ दिँदै उखु किसानले भुुक्तानीको पूर्ण सुनिश्चितता नभएसम्म आन्दोलन जारी राख्ने जनाएका हुन् ।

चिनी उद्योगीबाट बाँकी बक्यौता भुक्तानी दिलाइदिने सरकारको यसअघिको प्रतिबद्धता पूरा नभएको उनीहरुको गुनासो छ । आन्दोलनरत किसानले भुक्तानीका लागि सरकारलाई दुुई शर्त अगाडि सारेका छन् । यसअघिको उधारो सम्झौताले किसानले अझै पनि उखुको भुक्तानी पाउन नसकेको भन्दै उनीहरुले बक्यौता भुक्तानी भए मात्र आफूहरु तत्काल घर फर्कने बताएका छन् । सरकारी पत्रको जवाफ दिँदै उखु किसान सङ्घर्ष समिति सर्लाहीका अध्यक्ष रामस्वार्थ रायले उद्योगीले किसानलाई बक्यौता भुक्तानी नदिएसम्म आफूहरुको शान्तिपूर्ण आन्दोलन जारी रहने बताएका छन् ।

‘उद्योग मन्त्रालयले उद्योगीबाट कुन मितिसम्म भुक्तानी गराउन, त्यो मितिसम्म पीडित किसान सडकमै रही शान्तिपूर्ण आन्दोलनमा हुनेछन्’, सङ्घर्ष समितिले सरकारलाई दिएको पत्रमा भनिएको छ । उनीहरुले पत्रमा राज्यकोषबाट किसानलाई बक्यौता भुक्तानी दिन र सम्पूर्ण रकम उद्योगीबाट ब्याजसहित असुलउपर गर्न पनि सरकारलाई सुुझाव दिएका छन् । सङ्घर्ष समितिका अध्यक्ष रायले आन्दोलनरत किसानले दिएका दुईमध्ये एक विकल्प कार्यान्वयन गर्न आग्रह गरे । उखु किसान वार्ताको विरोधी नभई परिणाममुखी वार्ताको पक्षमा रहेको बताउँदै उनले बिनाआधार वार्ता गर्नुको अर्थ नभएको प्रष्ट्याए ।

यो पनि पढ्नुहोस   भोलिबाट केपी ओलीको पक्षमा ९२ सांसद पुग्छन्, अबको प्रधानमन्त्री पनि उहाँ नै हो : महेश बस्नेत

उखु किसान सङ्घर्ष समिति सर्लाही र उद्योग मन्त्रालयबीच २०७६ पुस १८ गते किसानको बक्यौता भुक्तानी गर्नेसम्बन्धी पाँच बुँदे सम्झौता भएको थियो । सरकारले तोकेबमोजिमको मूल्यअनुसार २०७६ माघ ७ गतेभित्र चिनी उद्योग किसानलाई सम्पूर्ण भुक्तानी गर्ने सहमति भएको थियो । सरकार, उद्योगी र किसानबीच सहमति भएको १० महिना बितिसक्दा पनि अझै किसानले बक्यौता भुक्तानी पाएका छैनन् ।

यता उद्योग मन्त्रालयले भने उखु किसानले उठाएका विषय सम्बोधन गर्न आतुर रहेको भए पनि किसान छलफलका लागिसमेत तयार नदेखिएको जनाएको छ । मन्त्रालयका सहसचिव डा नारायण रेग्मीले उखु किसानलाई समस्या समाधानका लागि छलफलमा पटकपटक बोलाइएको बताए । ‘हामीले वार्ताका लागि उहाँहरु (उखु किसान) लाई बोलाएका छौँ’, उनले भने, ‘किसान छलफलका लागि आउनुुभएको छैन ।’ रासस

(Visited 76 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

सहज छैन प्रधानमन्त्री ओलीलाई हटाउन

काठमाडौं । नेकपाका अध्यक्ष तथा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विद्यमान अवस्थामा संसद्बाटै प्रधानमन्त्रीबाट हटाउन कानुनी तथा संवैधानिक रूपमै असहज हुने...

भ्याक्सिन्ड पर्यटक र एक्सपिरियन्स्ड पर्यटन

कोभिड–१९ महामारीले थलिएको पर्यटन क्षेत्र विस्तारै भ्याक्सिन्ड पर्यटनको नाममा तंग्रिन खोज्दै छ । कोरोना महामारी नियन्त्रण गर्न विश्वभर भ्याक्सिन लगाउने कार्य तीव्र गतिमा बढिरहेको...

२०७८ सालको चाडपर्व : विजयादशमी असोज २९, भाइटीका कात्तिक १८ गते

काठमाडौं । विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख...

नेपाली काँग्रेस पदाधिकारीहरुको बैठक आज बस्दै

काठमाडौं । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारीको बैठक आज बस्दैछ । बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा दिउँसो तीन बजे...

पशुपतिनाथको मन्दिरमा १ सय ८ केजी सुनको जलहरी राखियो

काठमाडौं । भगवान पशुपतिनाथ मन्दिरमा सुनको जलहरी (सुवर्ण पीठिका) राखिएको छ । बुधबार पशुपतिनाथ मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा १०८ केजी सुनको जलहरी राखिएको...

ट्रेन्डिङ

सांसद किनबेच राेक्न प्रतिनिधिसभा विघटन : प्रधानमन्त्री

काठमाडाैं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद् किनबेचको खेल पुनः हुन थालेको जनाउँदै त्यसैले आफू प्रतिनिधिसभा विघटन गरी ताजा निर्वाचन जान लागेको बताएका छन्...

दाहाल–नेपाल समूहद्वारा निर्वाचन आयोगमा दलको आधिकारिकता दाबी पेश

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले नेकपा आधिकारिकता दाबी गर्दै मंगलबार निर्वाचन आयोगमा निवेदन दिएका छन् । दाहाल–नेपाल नेतृत्वको नेकपाका अध्यक्षद्वय दाहाल र...

कोरोनाबाट जोगिन अक्षय कुमार निजी जेटबाट सुटिङमा

मुम्बई । बलिउड अभिनेता अक्षय कुमारले अब फिल्मको सुटिङमा विगतको भन्दा अझ सावधानी अपनाउने बताएका छन् । अभिनेता अमिताभ बच्चन, अभिषेक बच्चन, अभिनेत्री ऐश्वर्य...

मन्त्री साहले भने, ‘कोरोनाको खोप सुरक्षित छ, निर्धक्क भएर लगाउनुस्’

सप्तरी । सप्तरीमा बुधबारदेखि कोरोना बिरुद्धको खोप लगाउने अभियान सुरु भएको छ । प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले स्थानिय गजेन्द्र नारायण...

महरा थुनामुक्त भएकोबारे संसदलाई जानकारी, निलम्बन फुकुवा

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा सांसद कृष्णबहादुर महरा काठमाडौँ जिल्ला अदालतको फैसलाबाट थुनामुक्त भएको जानकारी गराइएको छ ।
यो पनि पढ्नुहोस   नवलपरासीमा दुई वटा ट्रक ठोक्किँदा दुबै चालकको मृत्यु
आजको बैठकमा...

गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा । गण्डकी प्रदेशको तनहुँ, स्याङ्जा, बागलुङ, बागलुङ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गरी ४ जिल्लामा थप २५ जनामा कोरोना संक्रमण देखा परेको छ...

कोरोनाबाट थप १४ जनाको मृत्यु, मृतकको संख्या ३३६ पुग्यो

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रणबाट १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान...

राजुलाई स्वर्ण

काठमाडौं । नेपालले फ्लोरिडा ओपन अन्तर्राष्ट्रिय अनलाइन पुम्से च्याम्पियनसिपमा एक स्वर्णसहित कुल तीन पदक जितेको छ । ओङ्स तेक्वान्दो एकेडेमीको आयोजनामा सम्पन्न च्याम्पियनसिपमा नेपालले...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

प्रधानमन्त्रीको राजिनामा माग्नु अनैतिक : मन्त्री साह

काठमाडौ। नेपाल कम्युनिष्ट पार्टीका नेता तथा शहरी विकास मन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग्नु नै अनैतिक भएको बताएका छन् । एक टेलिभिजन...

ताप्लेजुङको दोभान बजारमा आगलागी, ४० बढी घर जले, नियन्त्रण प्रयास जारी

काठमाडौं । ताप्लेजुङको दोभान बजारमा आज आगलागी हुँदा कम्तीमा चालीस घर जलेका छन् । बिहान करिब ९ बजेदेखि सुरु भएको आगलागी नियन्त्रणका लागि प्रयास...

नवलपरासीमा दुई वटा ट्रक ठोक्किँदा दुबै चालकको मृत्यु

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कौलीमा गए राति दुईवटा ट्रक ठोक्किँदा दुइ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो...

भर्खरै

बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्ध दिइने

काठमाडौं । झापा जिल्लाको बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्धन दिने तयारी भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । उनले आज बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर हस्पिटलको उद्घाटन...

रोटरी र संचार जगतबीच सहकार्य आवश्यक

ललितपुर । समाजसेवाको पर्याय मात्र होइन, रोटरी क्लबले व्यक्तित्व र नेतृत्व विकासका लागि धेरै महत्वपूर्ण भूमिका खेलेको रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानका डिस्ट्रक गभर्नर राजीव...

टिकटक बनाउन आएकी बहिनी बलात्कार गर्ने दाजु पक्राउ

लमजुङ । नाताले बहिनी पर्ने १२ वर्षीया किशोरीलाई जवर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले १९ बर्षीय युवालाई पक्राउ गरेको छ । बलात्कृत किशोरीको स्वास्थ्य परीक्षणका...

भोलिबाट केपी ओलीको पक्षमा ९२ सांसद पुग्छन्, अबको प्रधानमन्त्री पनि उहाँ नै हो : महेश बस्नेत

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका प्रभावशाली नेता तथा सांसद महेश बस्नेतले आफूहरुको पक्षमा भोलिबाट ९२ जना सांसद पुग्ने दाबी गरेका छन्...

धेरै पढिएका

सूक्ष्म पोषकतत्व आयोडिनको अपरिहार्यता

आयोडिन जीवनभर एक चम्चा भए पुग्ने तर एकैपटक नभई प्रत्येक दिन थोरै–थोरै सियोको टुप्पो जति १५० माइक्रोग्राम खाए पुग्छ । मनाङ, मुस्ताङ कर्णालीमा चियामा...

राउत क्षत्री सेवा समाज नेपालको १३ औ साधरणसभा सम्पन्न

काठमाडौं । राउत क्षेत्री सेवा समाज नेपालको १३औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । समाजका अध्यक्ष ई. भगवान बहादुर राउतको अध्यक्षता तथा पूर्ब सांसद...

नवलपरासीमा दुई वटा ट्रक ठोक्किँदा दुबै चालकको मृत्यु

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कौलीमा गए राति दुईवटा ट्रक ठोक्किँदा दुइ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका...

लेस्टर सिटी उपाधि दौडबाट बाहिर

काठमाडौं । इग्लिस क्लब लेस्टर सिटी युरोपा लिगको अन्तिम ३२ बाटै बाहिरिएको छ । शुक्रबार बिहान सम्पन्न दोस्रो लेगमा लेस्टर सिटी स्लोभिया प्रहासँग २-०ले...

छुटाउनुभयो कि?

(Visited 110 times, 1 visits today)