आन्तरिक श्रोतबाट मौलापुर नगरपालिकाले गर्यो २५ शिक्षक भर्ना

गौर । शिक्षक अभावले विद्यालय संचालन गर्न समस्या भएपछि मौलापुर नगरपालिकाले आफ्नै श्रोतबाट तलबभता दिने गरी विभिन्न तहका २५ जना शिक्षकको भर्ना गरेको छ ।

केन्द्रले दरबन्दी र आवश्यकता अनुसार शिक्षक नपठाउदा मौलापुरका अधिकांश विद्यालय उपलब्ध थोरै जनशक्तिबाट पठनपाठन गराइरहेको थियो । केन्द्रलाई बारम्बार अनुरोध गर्दा पनि शिक्षक नपठाएपछि नगरपालिकाले आफै आँट गरेको हो ।

आवश्यकता बमोजिम नगरपालिकाले अंग्रेजी र नेपाली दुबै माध्यमका प्राथमिक, निम्नमाध्यमिक तथा माध्यमिक तहका गरी कुल २५ जना शिक्षक नियुक्त गरेको छ । नगरपालिकाद्वारा बुधबार २५ जना नयाँ शिक्षकहरुलाई नियुक्ति प्रदान गरिएको हो ।

नवनियुक्त शिक्षकहरूलाई शुभकामना दिदै मौलापुर नगरपालिकाकी प्रमुख रीनाकुमारी साहले शिक्षकको अभावकै कारण पठनपाठनमा देखिएको समस्या समाधान हुने विश्वास व्यक्त गरिन् । उनले राष्ट्रिय साक्षरता अभियानलाई सघाउन र नगरभरीका विद्यार्थीलाई शिक्षाको सहज पहुँच पुर्याउँन नगरको आफ्नै श्रोतबाट शिक्षक भर्ना गरेको बताइन् ।

तपाइको प्रतिक्रिया
(Visited 978 times, 1 visits today)

epaper

ताजा समाचार

कलैया नगरप्रहरीको ज्यादती