बाेकाे हरामद्वारा विद्यालयबाट अपहरित ३४४ विद्यार्थी मुक्त

सिन्ह्वा । नाइजेरियाको उत्तरी राज्य कितसिनाबाट करिब एक हप्ता अगाडी बन्दुकधारीहरुले विद्यालयमा आक्रमण गरी बेपत्ता पारिएका ३४४ विद्यार्थी मुक्त भएका सो राज्यका गभर्नर अमिनु मासारीले बताएका छन् । यस घटनामा यहाँको आतङ्ककारी समूह बोको हरामको हात रहेको छ ।

अपहरण मुक्त भएका प्रायःविद्यार्थीहरू पुरूष भएका मसारीले नाइजेरियाली टेलिभिजन एनटिएनलाई जानकारी दिए । हाल ती विद्यार्थिहरु कितसिना राज्यतर्फ फर्किर्दै गरेका र उनीहरुलाई स्वास्थ्य उपचार गराई परिवारजनको जिम्मा लगाइने मसारीले बताए ।

कितसिना राज्यको कंकरा इलाकामा रहेको सरकारी विज्ञान माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई गत डिसेम्बर ११ का दिनमा विद्यालयमा आक्रमण बन्दुकधारी समूहले अपहरण गरेका थिए । स्थानीय सञ्चार माध्यमकाअनुसार ती विद्यार्थिहरुलाई छिमेकी पर्ने राज्यको एक विशाल जंगलमा लगिएको थियो ।

बन्दुकधारीले गरेको सो हमलामा परी यहाँका ३४४ जना बालबालिका हराएका थिए । बोको हराम नामक यहाँको आतङ्ककारी संगठनले बुधबार ती बालबालिका आफूले अपहरण गरी लगेको र अहिले पनि उनीहरु आफूसँगै रहेका बताएको थियो ।

सो राज्यका गभर्नर मासारीले सो बालबालिका अपहरण परेको सूचना प्राप्त भएपछि खोजी जारी राखिएको बताएका थिए । बोको हराम संगठनका नेता अबुबाकर सेकाउले बुधबार एक अडियो सन्देश पठाएर ती विद्यालयमा आफूले अपहरण गरेको भन्दै विद्यालयका ३४४ जना बालकालिका आफूहरुसँग रहेको बताएका थिए ।

सो विद्यालयमा ८३९ जना विद्यार्थी अध्ययनरत रहेको थिए । नाइजेरियाको बोको हराम आतङ्ककारी समूहले विद्यालयबाट विद्यार्थीलाई अपहरण गरेर लैजाने र आफ्नो सैन्य समूहमा भर्ती गर्ने गर्दछन् ।

तपाइको प्रतिक्रिया
(Visited 308 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

विश्वासको मत लिन किन हतार गर्दै छन् गण्डकी मुख्यमन्त्री अधिकारी ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
यी हुन् राप्रपाले जितेका स्थान, कुन-कुन पालिकामा अग्रता ? (सूचीसहित)