सर्लाहीमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

सांकेतिक तस्वीर

सर्लाही । सर्लाहीमा सवारी दुर्घटना हुदाँ एक किशोरको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा बलरा नगरपालिका वडा नं. १ सेढवा टोल बस्ने १७ वर्षीय अंकित कुमार सिंह रहेको छ ।

गए राति साढे ७ बजे बलरा न.पा.१ स्थित सेढवा मोहनपुर भित्री सडक खण्डको रौतहट र सर्लाहीको सिमानामा हथयौलबाट सेढवा तर्फ गईरहेको ना ३ त ४०९० नं. को ट्याक्टर र विपरित दिशाबाट आईरहेको बिआर ३० जेड ७१४८ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक सिंह र सोहि मोटरसाइकल पछाडी सवार सेढवा नै बस्ने. १७ वर्षिय राजिव सहनी घाइते थियो ।

गम्भिर घाइते भएका सिंह लाई उपचारको लागी जिल्ला अस्पताल गौर ल्याउने क्रममा सिंहको बाटोमा नै मृत्यु भएको र मोटरसाइकल पछाडी सवार राजिव सहनी गौरमै उपचार भैरहेको प्रहरीले जनाएको छ । मृतक सिंहको शव अहिले जिल्ला अस्पताल गौर मा ल्याई राखिएको छ । त्यस्तै ट्याक्टर चालक फरार रहेको छ भने ट्याक्टर घट्नास्थलमा नै रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रबक्ता तथा सुचना अधिकृत मदन कुँवरले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 497 times, 1 visits today)

epaper

ताजा समाचार

हेटौंडाबाट काठमाडौं जाने रात्रिकालीन सवारी सञ्चालनमा रोक