बालबिबाह गर्ने दुई जोडी अविभावकसहित ६ जना पक्राउ

उदयपुर । उदयपुरमा बालबिबाहको आरोपमा केटा केटी र अविभावकसहित ४ जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको छ । २३ बर्षिय युवा र १७ बर्षीया बालिकाबीच बिबाहको आरोपमा केटा केटी र दुवैको अबिभावकलाई प्रहरीले पक्राउ गरेको हो ।

त्रियुगा नगरपालिका– ३ भुल्केका पुष्प कोईरालाको २३ बर्षीय छोरा अश्विन कोईराला र ताप्ली गाउँपालिका– ५ आदमाराका खेचरबहादुर खड्काकी १७ बर्षीया छोरी गोमा खड्काले मंसिर १९ गते राधा खड्काको घरमा छिमेकीले नथाहा पाउने गरी सुटुक्क बिबाह गरेको लिखित जाहेरीको आधारमा बिबाह गर्ने केटा केटी र अविभावकसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

१७ बर्षीया बालिकासँग छिमेकीमा थाहै नदि बिबाह गरेको र बिहेका लागि बेहुला बेहुलीको कपडा कटारी बजारमा किनेर सुटुक्क टिका टालो गरी भगाएको जाहेरीमा उल्लेख गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका ४ जनालाई नै थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिम बहादुर दाहालले जानकारी दिए ।

त्यसैगरी आफु खुसी बाल बिवाह गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय उदयपुरले एक जोडीलाई पक्राउ गरेको छ । उदयपुरगढी गाउँपालिका–ं ६ भुमरेको लिलबहादुर खड्काको १८ बर्षीय छोरा दुर्गाबहादुर खड्का र त्रियुगा नगरपालिका– १६ सुकौरा काभ्रेभन्ज्याङका टंकबहादुर कार्कीको १७ बर्षीया छोरी खेली कार्कीबीच दुवैको आपसी मिलेमतोमा मंसिर ३० गते बालबिबाह भएको लिखित जाहेरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

उदयपुरगढी गाउँपालिकाको ६ नं वडा काभ्रेपानी मन्दिरमा मंसिर ३० गते परिवारलाई समेत थाहा नदि आफु खुसी सिन्दुर पोते गरेको जाहेरीमा उल्लेख गरिएको प्रहरीले जनाएको छ । बिहे पश्चात उनीहरु नेपालटारस्थित दुर्गाबहादुर खड्काको दिदी सुनितामा बस्दै आएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 106 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सरकारका सचिव र विभागीय प्रमुखलाई अख्तियारको ‘वार्निङ’

कुरी-कुरी