भ्रष्टाचार बढेको भन्दै राजदेवी नगरपालिका अगाडि सर्वदलीय धर्ना

गौर । रौतहटको राजदेवी नगरपालिकाका नगरप्रमुख धीरेन्द्र कुमार सिंहले भ्रष्टाचार र अनियमितता गरेको भन्दै नेता तथा स्थानीयले नगरपालिकाको कार्यालय अगाडि धर्ना दिएका छन् ।

शुक्रबार सयौंको संख्यामा नगरपालिकामा पुगेका स्थानीय तथा नेताहरुले कार्यालय अगाडि धर्ना दिदै गत आर्थिक वर्षमा नगरपालिकामा भएका काम र खर्चको विवरण माग गरेका हुन् । साथै संघीय सरकारको नीतिबमोजिम निर्माण हुन लागेको १५ शय्या अस्पतालका लागि छनोट भएको मुडवलवा स्वास्थ्य चौकी बन्न नदिन नगरप्रमुख धीरेन्द्र कुमार सिंह र कार्यपालिका सदस्य अनिल कुमार सिंहले षड्यन्त्र गरेको स्थानीयले आरोप लगाउदै नाराबाजी गरेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टीका युवा नेता निवेश कुमारले नगरपालिकाले सबै हिसाबकिताब नदिएसम्म आन्दोलन नरोकिने बताए । उपमेयर लगायतका केही जनप्रतिनिधिहरुलाई बाईपास गरी अन्यसंग आर्थिक चलखेल गरेर विभिन्न निर्णय गरी नगरपालिकालाई भ्रष्टाचारको अड्डा बनाएको उनको भनाई छ ।

मुडवलवामा बन्ने १५ बेडको अस्पताल छनोट गराउन पहल गरेका नेता कुमारले अस्पताल बनाउने जग्गा छनोटको नाममा विवाद सृजना गरी नगरप्रमुखले नागरिक लडाउने र रकम फ्रीज गराउने दुस्प्रयास गरेको आरोप लगाए । नगरप्रमुखले बहुमतको बलमा अस्पताल’bout विवादित निर्णय गरेपछि स्थानीयले नाराबाजी गरेपछि तनाव समेत सृजना भएको थियो । आइतबार नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्ने तयारी रहेको बताइएको छ ।

तत्कालीन नेकपा माओवादी केन्द्रबाट नगरप्रमुख पदका उम्मेदवार रहेका नेकपा नेता राजेश साह, नेकपा नेता राजकिशोर यादव, नेकपा एमालेबाट नगरप्रमुख पदका उम्मेदवार रहेका नेकपा नेता भिखारी प्रसाद यादव, जसपाका रामेश्वर यादवलगायतका नेता तथा स्थानीय धर्नामा उत्रिएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 567 times, 1 visits today)

epaper

ताजा समाचार

अब मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य