मधेशी समुदायका महिला सैन्य सेवामा आकर्षित (फोटोफिचर)

जनकपुरधाम । नेपाली सेनामा भर्नाका लागि बाराको जीतपुरस्थित ब्यारेकमा अहिले भीड लागेको छ । त्यो भीडमा अधिकांश मधेशीहरु समुदायका देखिन्छन् । मधेशी समुदायका युवाहरु पहिला प्राविधिकतर्फ मात्रै सेनामा देखिन्थे, अहिले जवानतर्फ पनि आकर्षित हुन थालेको त्यो भीडले पुष्टि गरेको छ ।

भर्नाका प्राप्त हुने निवेदनमध्ये ७० प्रतिशत मधेशी समुदायका युवायुवती रहेको श्री नम्बर २८ बाहिनी गण जीतपुरका गणपति अनुपजंग थापाले बताए । सो गणको द्वारमा निवेदन केही दिनदेखि लिने गरिएको थियो ।

हामी पनि देशको सेवा सैनिकका रुपमा गर्न चाहन्छु, रौतहटको पिररिया बौधीमाई नगरपालिका– ६ का सन्तोषकुमार यादवले बताए । उनले सेनामा छनौटका लागि केही महिनादेखि तयारी पनि गरिरहेका छन् । शरीर स्वस्थ्या भएका र एथलेटिकलाई प्राथमिकता दिइने गरिएको आफूलाई थाहा भएकाले विहान घण्टौं तयारी गर्ने गरेको उनले बताए ।

गरौडा नगरपालिकाका रामअधार कुमार दास निकै उत्साहित भएर निवेदन दिएको बताए । आर्थिक स्थिति कमजोर भएकाले सेनामा काम गरेपछि आर्थिक अवस्थामा सुधार हुने आफूलाई विश्वास रहेको उनले बताए ।

युवाहरु मात्रै नभइ सयौं मधेशी समुदायका महिलाले पनि सेनामा जागिरका लागि निवेदन दिएका छन् । कलैया नगरपालिका २४ बनरवाकी सरिता कुमारीले देशको सेवा गर्नका लागि आफू सेना बबन्न निवेदन दिएको बताइन । सेनामा काम गर्नेलाई निकै सम्मानका साथ हेरिने गरेको कुरो सिनेमाबाट प्रभावित भएर निवेदन दिन आएको उनले राजधानीलाई बताइन । कतिले विद्यालय समयदेखि नै सेना बन्ने आकांक्षा बोकेको बताएका थिए ।

केही दिन अघि सोही गणमा भएको सैनिक छनौट प्रतियोगितामा १३ महिला र १ सय ६६ पुरुष गरी १ सय ७९ जना छनौट भएका थिए । छनौट भएकाको श्री नम्बर २८ बाहिनी गणमा तालिम चलिरहेको छ । छनौट प्रतियोगितामा गाउँमा दौड गराउनेका साथै सेनाद्वारा सञ्चालित विद्यालय विद्यालय कार्यक्रमका कारण पनि मधेशी युवाहरु सेनाको जागिरतर्फ आकर्षित हुन थालेको श्री नम्बर २८ बाहिनी गणका गणपति थापाले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 275 times, 1 visits today)

epaper

ताजा समाचार

दिपक भट्टको कम्पनीमा श्रीमतीको सेयर रहेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक ठाकुरद्वारा स्वीकार