काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ७२२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार जनाको परीक्षण गर्दा ७२२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ५५ हजार २३६ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा ९६६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै हालसम्म उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या दुई लाख ४५ हजार ७०९ पुगेको छ । हालसम्म नेपालमा ७ हजार ७२९ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३६५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण नेपालमा ३ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७९८ पुगेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 428 times, 1 visits today)






