पश्चिमी वायुको प्रभावः आंशिकदेखि सामान्य बदली

काठमाडौँ । पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुको प्रभावले प्रदेश नं १, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली हुने छ ।

पश्चिमी वायु कमजोर अवस्थामा रहेकाले वर्षा हुने सम्भावना भने नरहेको मौसमविद् प्रतिभा मानन्धरले बताए । अबका केही दिन देशका अधिकांश भूभागमा बिहान हुस्सु तथा तुवाँलो लाग्ने र मध्याह्नदेखि घाम लाग्ने बताइएको छ । हाल गण्डकी, लुम्बिनी, वाग्मती, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिक बदली छ ।

राति वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ६ डिग्री र अधिकतम तापक्रम १९ दशमलव ८ डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ३ दशमलव ४ डिग्री र सबैभन्दा धेरै भैरहवाको न्यूनतम तापक्रम ९ दशमलव शून्य डिग्री सेल्सियस छ ।

तपाइको प्रतिक्रिया
(Visited 288 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राजदूत अनुमोदन अन्योलमा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दुल्लु नगरपालिकामा प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेका उम्मेदवार विजयी