काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा बुधबार केन्द्रीय सदस्य गगन थापाले संसद विघटनविरुद्ध कांग्रेसमा सडकमा जानुपर्ने बताएका छन् ।
पार्टी पदाधिकारी बैठकले असंवैधानिक र अलोकतान्त्रिक भनीसकेपछि कांग्रेस सडक संघर्षमा जानुपर्ने उनको भनाई थियो । ‘कांग्रेसले सर्वोच्च अदालतले के भन्छ भनेर कुरेर बस्ने सुहाउदैन ।’ थापाले भने । कांग्रेसले सडकमा जान ढिला गर्न नहुने भन्दै भने ‘हामी सडकमा गएनौं भने अरु कोही जान्छ ।’
संसद पुनस्थापना नभई प्रतिगमन नसच्चिने भन्दै असंवैधानिक तरिकाबाट हुने चुनावमा कांग्रेस सहभागी हुने नहुने थापाको भनाई थियो । साथै उनले संवैधानिक परिषदले विभिन्न निकायमा गरेका सिफारिसलाई पनि कांग्रेसले मान्न नहुने बताए ।
तपाइको प्रतिक्रिया
(Visited 216 times, 1 visits today)






