Thursday, May 6, 2021
Home Editor-Picks वीरमा पुगेका बिरामीको गुनासोः हामीलाई झुलाउँछन्, वास्तै गर्दैनन् !

वीरमा पुगेका बिरामीको गुनासोः हामीलाई झुलाउँछन्, वास्तै गर्दैनन् !

— पीसीआर टेस्टको २०२०, बिरामीमाथि ख्यालठट्टा

,

मिति : २०७७ पुस ८ गते (बुधबार)
समय : बिहान ७ बजे
स्थान : वीर अस्पताल

देशकै जेठो सरकारी अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गत रहेको वीर अस्पतालमा बिहानै पुग्दा कोही बिरामी चिकित्सकको पर्खाइमा थिए, कोही रिपोर्टको पर्खाइमा । ओपीडी टिकट लिएर बिरामीका आफन्तहरू बसिरहेका थिए । बिरामीका आफन्तले कानेखुसी गर्दै भनिरहेका थिए, ‘खोइ डाक्टर पनि आएका छैनन्, यहाँ त पैसा धेरै लिँदो रहेछन् पीसीआर टेस्ट गरेको पनि । ब्लड चाहिएको ब्लड पनि रहेनछ । कसरी खोज्ने होला ?’

गोरखाका ४२ वर्षीया राम तिवारीलाई प्रेसर बढेपछि उनका आफन्तले वीर अस्पताल पु-याए । उनको सीटीस्क्यान गर्न चिकित्सकले सुझाव दिए । रामका आफन्त श्याम तिवारीले भने, ‘ईसीजी त भयो सीटीस्क्यान गर्नुपर्ने । तर ९ बजे मात्रै खुल्छ रे ? बिरामी छटपटाइरहेको छ । के गर्नु हाम्रो केही लाग्दैन ? कसैले सुन्दैन ।’

काठमाडौं बल्खु बस्दै आएकी ३१ वर्षीया रुविना महर्जनलाई पीसीआर टेस्ट गराउनुपर्ने थियो । उनी बिहान ७ः३० मै अस्पताल पुगिन् । परीक्षण शुल्क भन्दै वीर अस्पतालले २ हजार २० रुपैयाँको बिल थम्यायो । उनले भनिन्, ‘के गर्नु पीसीआर टेस्ट गर्नैप-यो । मैले त निःशुल्क होला भन्ने सुनेको पैसा लिए ।’

कपिलवस्तु गोरुसिङे घर भएकी रीता तिमल्सिनालाई एमआरआई गरेबापत वीर अस्पतालमा ८ हजार ५ सय तिर्नुप¥यो । उनले भनिन्, ‘यहाँ त झुलाउँछन् । रिपोर्ट पनि ढिलो अनि यति धेरै महँगो । हेर्नुस् त सरकारी र निजीमा के फरक भयो त ? बरु निजी अस्पतालमै चेकजाँच गराउनुपर्ला ।’

सरकारी अस्पतालले बिरामीमैत्री सेवाप्रवाह नगर्दा बिरामीहरू मर्कामा परेका छन् । वीर अस्पतालमा उपचारसम्बन्धी उपकरण दुरुस्त नहुने, बिरामीको चापको कारण सामान्य उपचारका लागि तीन-चार घण्टा कुर्नुपर्ने, एमआरआई तथा सीटीस्क्यानका सेवा समयमै उपलब्ध नहुँदा रिामी मारमा पार्दै आएका छन् । उपकरण र आवश्यक चिकित्सकको अभावमा न्युरो, हाडजोर्नी जस्ता शल्यक्रियाका लागि बिरामीले महिनांै कुर्नुपर्ने बाध्यता छ ।

सरकारले बिरामीलाई सहज र सरल तरिकाले सेवाप्रवाह गर्ने भन्दै आए पनि कार्यान्वयनमा आउन सकेको छैन । स्वास्थ्य मन्त्रालयका अधिकारीले सरकारी अस्पतालहरूले गुणस्तर सुधार गर्न आवश्यक रहेको बताउँदै आएका छन् ।

केही समयअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनमा सरकारी अस्पतालमा ओपीडी सेवा लिन जानेहरूको संख्या घटेको पाइएको थियो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सरकारी अस्पतालहरूले सेवाग्राहीप्रति विश्वास बढाउन सक्नुपर्ने बताए ।

(Visited 107 times, 1 visits today)
Loading comments...

आजको समाचार

अस्पतालले भर्ना लिन नमान्दा युवाको मृत्यु

जनकपुरधाम । धनुषामा एक युवाले उपचार नपाएरै मृत्युवरण गरेका छन् । धनुषाको मिथिला नगरपालिका घर भई ससुराली बटेश्वरमा करिब एक सातादेखि बस्दै आएका ४०...

माओवादीले सरकारकाे समर्थन फिर्ता लिएकाे पत्र संसद सचिवालयमा बुझायाे

काठमाडाैं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समर्थन फिर्ताको पत्र बुधबार बिहान संसद सचिवालयमा...

उपत्यकामा निषेधाज्ञा झनै कडाइ

काठमाडौं । उपत्यकाका तीन जिल्लामा गत १६ वैशाखबाट जारी निषेधाज्ञा झनै कडाइसहित एक साता थप गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला...

राष्ट्रियसभा उपनिर्वाचनमा बादल एमालेकै नेपाल समूहका डा. देवकाटासँग भिड्नुपर्ने, देवकोटालाई कांग्रेस, माओवादी र जसपाको साथ

काठमाडौं । आगामी ६ जेठमा हुने राष्ट्रियसभाको रिक्त एक सिटका लागि एमालेका दुई नेताबीच भिडन्त हुने भएको छ । केपी शर्मा ओली नेतृत्वको नेकपा...

वडा सदस्यको शब बोकेर घर फर्कदै गरेको जिप दुर्घटना हुँदा ६ को मृत्यु

बैतडीको पञ्चेश्वरमा मङ्गलबार भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । पञ्चेश्वर गाउँपालिका–६ का ५० वर्षीय खेमसिंह भण्डारीको मृत्यु भएसँगै मृतकको...

साताका लोकप्रिय समाचार

कोरोना संक्रमणबाट बच्ने उपाय यस्ता छन्

काठमाडौं । कोरोना भाइरस जस्ता संक्रमणबाट बच्न जीवनशैली प्राकृतिक बनाउनुपर्ने विज्ञको जोड छ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल सांस्कृतिक पत्रकार समाजद्वारा सोमबार...

राष्ट्रपतिद्वारा तेजाब र संवैधानिक परिषद्सहित सात अध्यादेश जारी

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ लगायत सात अध्यादेश जारी गरेकी छिन् । राष्ट्रपति भण्डारीले नेपालको...

सरकारलाई कांग्रेसका ११ सुझाव

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको लापर्बाहीका कारण तथा विगतको गल्तीबाट पाठ नसिक्दा कोरोना संक्रमणको अवस्था बढ्दो गतिमा पुगेको भन्दै रोकथाम तथा...

विधानसभाको निर्वाचन भारतका पाँच राज्यमा मतगणना जारी, बङ्गालमा त्रिणमुलको अग्रता

नयाँ दिल्ली । भारतको एक केन्द्र शासित प्रदेश समेत पाँच राज्यमा हालै सम्पन्न विधानसभाको निर्वाचनको मतगणना आज बिहानैदेखि जारी छ । चुनावको प्रारम्भिक विवरण...

चालू आवमा आर्थिक वृद्धिदर ३.९८ प्रतिशत रहने

प्रतिव्यक्ति आय बढ्ने अर्थतन्त्र ४२ खर्ब ६६ अर्बको पुग्ने काठमाडौं । केन्द्रीय तथ्यांक विभागले चालू आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को वृद्धिदर ३.९८ प्रतिशत...

ट्रेन्डिङ

रियल म्याड्रिड शीर्षस्थानमा

म्याड्रिड । रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा उसले अल्फ्रेडो डी स्टेफानो मैदानमा मालोर्कालाई २–० ले पराजित...

कांग्रेस तत्काल न बोल्ने, न खुल्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विकसित राजनीतिक घटनाक्रम नियाल्ने तर तत्काल केही नबोल्ने र नखुल्ने रणनीति लिएको छ । नया सरकार गठन सम्बन्धमा...

अवैध ३ लाख भारु सहित एकजना फक्राउ

जनकपुरधाम, ४ चैत ।  अवैध ३ लाख  भारु सहित एक भारतीय नागरिकलाई जनकपुरधाम एयरपोर्टवाट प्रहरीले पक्राउ गरेको छ । श्री एयरलाईन्सबाट काठमाण्डौ जान लागेको...

चन्द समूहका जिल्ला सेक्रेटरी पक्राउ

बनेपा । नेत्रविक्रम चन्द समूहका सिन्धुपाल्चोक जिल्ला सेक्रेटरी भुवनसिंह तामाङलाई प्रहरीले पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय धुलिखेलको गस्ती टोलीले धुलिखेल नगरपालिका–७ सरस्वती...

कमलामाईले सलह जम्मा गर्नेलाई प्रतिकेजी ३० रुपैंया दिने

सिन्धुली । जिल्लाको कमलामाई नगरपालिका सिन्धुलीले सलह जम्मा गरी ल्याउने व्यक्तिलाई प्रतिकिलो ३० रुपैयाँ दिने भएको छ । नगरपालिकाका १४ वटा वडा कार्यालयहरुले उक्त...

पन्ध्र दिन अघी घरबाटै बेपत्ता पारिएका दम्पती अझै भेटिएनन्

जलेश्वर । ओछ्यानमै सुतिरहेको अवस्थामा अज्ञात समूहद्वारा १५ दिन अघि बेपत्ता पारिएका पिपरा गाउँपालिका– ५ सहोडवाका वृद्ध दम्पती अझै फेला परेका छैनन् । जिल्ला...

दैलेखका ३५ वर्षीय पुरुषमा काेराेना संक्रमण पुष्टि

सुर्खेत ।   दैलेख आठबिस नगरपालिकाको क्वारेनटाइनमा रहेका ३५ वर्षिय पुरुषमा कोरोना संक्रमण भेटिएको  छ । प्रादेशिक अस्पताल सुर्खेतका निर्देशक डाक्टर डम्वर खड्काले ति पुरुषलाइ...

राजस्थानविरुद्ध हैदरावाद विजयी

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा सनराइजर हैदरावाद विजयी भयो । उसले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गरेको हो ।...

निप्पोनको ‘सवारीसाधन पेन्ट’ बजारमा

काठमाडौं ।  निप्पोन पेन्टले नेपालको सवारी साधन खरिदपछिको बजारमा आफ्ना रङहरू उपलब्ध गराउने योजना ल्याएको छ । बजार प्रवेश शुभारम्भका अवसरमा कम्पनीको ग्रुप अटोमेटिभ...

सैलुङ इन्टरप्राइजेजलाई तत्काल कालोसूचीमा राख्न समस्या

काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेडले ठेक्का हातमा पारी मल आयात अलपत्र पार्ने सैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपललाई तत्काल कालोसूचीमा नराख्ने भएको छ ।...

प्रदेश २ को निती तथा कार्यक्रम पारित

जनकपुरधाम । प्रदेश २ सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश प्रमुख तिलक परियारले प्रदेशसभामा प्रस्तुत गरेको सरकारको...

सार्वजनिक खर्चमा व्यापक कटौती, बैठक भत्ता र विदेश भ्रमणमा रोक

काठमाडौं । सरकारले सार्वजनिक निकायको खर्चमा व्यापक कटौती गर्दै नयाँ मापदण्ड कार्यान्वयनमा ल्याएको छ । अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले सो मापदण्ड स्वीकृत गरी सोमबारदेखि...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)