इन्डोनेसियामा बाढी, पहिरोबाट १० हजार विस्थापित

जकार्ता । इन्डोनेसियाको पश्चिम जाभा प्रान्तको कारावाङ जिल्लामा आएको बाढी, पहिरोबाट १० हजारभन्दा बढी मानिस विस्थापित भएका छन् ।

राष्ट्रिय विपद् व्यवस्थापन संस्थाका प्रवक्ता आगस विबाओका अनुसार यस प्राकृतिक प्रकोपबाट तीन वटा विद्यालय भवन र एउटा मस्जिद क्षतिग्रस्त भएको छ । उनले ८०० हेक्टरभन्दा बढी क्षेत्रमा लगाइएको धानबाली डुवानमा परेको जानकारी दिए ।

उनले जिल्लाका अति प्रभावित करिब ४८ हजार मानिसलाई उद्धार गरी सुरक्षित स्थानमा पु-याइएको छ । पीडित व्यक्तिका लागि अस्थायी बन्दोबस्त गरिएको र आपतकालीन राहत सहायता प्रदान गरिएको छ । प्रवक्ता विबाओले जिल्लामा १४ दिने आपतकाल घोषणा गरिएको पनि जानकारी दिए ।

प्रवक्ता विबाओले उद्धार र राहतका लागि इन्डोनेसियाली सेना र प्रहरीका साथै अन्य उद्धारकर्मी परिचालन गरिएको बताए ।

इन्डोनेसियाको जलवायू विज्ञान विभागका अधिकृत फाचरी राडजाबले पश्चिमी जाभा द्वीप सहित मुलुकका विभिन्न स्थानमा भारी वर्षा भइरहेको बताए । विभागले बुधबार पनि ठूलो वर्षा हुने चेतावनी दिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 285 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

श्रेणीविहीन कर्मचारीहरुको जागिरको ग्यारेन्टी गर्नुपर्ने प्रभु साहको माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनुषाको नगराइन नगरपालिकामा कांग्रेसका यादव निर्वाचित