इलामको सन्दकपुरमा हिमपात, जनजीवन प्रभावित

इलाम । इलाम जिल्लाकै उच्च क्षेत्र मानिने पर्यटकीय क्षेत्र इलामको सन्दकपुर क्षेत्रमा हिउँ परेको छ । दुई दिनदेखि परेको पानीसँगै हिउँ पनि परेको हो । सन्दकपुर गाउँपालिकाको ४ नम्वर वडा सन्दकपुर, ५ नम्वर वडाको जौवारी, माईजोगमाई गाउँपालिकाको थुम्केमा, लगायतका जिल्लाका माथिल्लो भू भागमा हिउँ परेको छ ।

स्थानमा बाक्लो रुपमा हिमपात भएको हो । सन्दकपुर गाउँपालिका दुई माईमझुवासम्म हिउँ परेको स्थानीयले बताएका छन् । हिउँ परेसँगै जिल्लामा चिसो बढेको छ । चिसोका कारण स्थानियलाई दैनिक गर्दै आएका काम गर्न असजह भएको स्थानीय दिनेश ढकालले बताए । उनले भने, ‘केटाकेटी, वृद्धवृद्धा र सूत्केरी लाई चिसोका कारण समस्या भएको छ ।’ लेकाली क्षेत्रमा हिउँ परेपछि गाईबस्तुलाई घाँस काट्न र लाउन कठिनाई भएको किसानहरुको भनाई छ । चिसोका कारण घर बाट बाहिर निस्कनका लागि समस्या भएकाले गाईवस्तुलाई घाँसपातमा पनि समस्या भएको उनको भनाई छ । अहिँले हिउँ परे सँगै इलाममा तेस्रो पटक हिउँ परेको हो ।

सन्दकपुर र आसपासमा परेको हिउँको प्रभावले सदरमुकामलगायत जिल्लाभर नै जाडो बढेको छ । सन्दकपुर क्षेत्रमा हिमपात भएसँगै हिउँ खेल्ने पर्यटक सो क्षेत्रमा जान थालेका छन् । विशेषगरी भारतबाट बढी पर्यटक सो क्षेत्रमा आउने गर्दछन् । सन्दकपुर भारतसँग सीमा जोडिएको क्षेत्र हो । यहाँ नेपाल तर्फबाट भन्दा बढी भारत, बङ्गलादेशलगायत तेस्रो मुलुकबाट समेत पर्यटकको चहलपहल हुने गरेको छ ।

उच्च पहाडी क्षेत्रमा हिमपात परेको छ भने जिल्लाका अन्य स्थानमा पानी परेको छ । पानी परेपछि जाडो बढेको छ । तर खेती किसानी गर्नेलाई भने पानीले राहत भएको किसानको भनाई छ । सन्दकपुर ३६ सय ३६ फिट उचाईमा रहेको सन्दकपुर भारतसँग सिमा जोडिएको क्षेत्र हो । हिउँका कारण पर्यटकलाई खाना खुवाउन र बसाउन समस्या भएको व्यवसाहीको भनाई छ ।

तपाइको प्रतिक्रिया
(Visited 458 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
हेटौंडामा राप्रपाका दीपकले लम्ब्याए मतान्तर