Thursday, April 22, 2021
Home प्रदेश प्रदेश २ प्रदेश २ को सरकारलाई नै स्थायीत्व दिनु आवश्यक छ : कमल थापा

प्रदेश २ को सरकारलाई नै स्थायीत्व दिनु आवश्यक छ : कमल थापा

,

जनकपुरधाम । प्रदेश २ मा सरकार परिवर्तनको हल्ला चलि रहेको समयमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रदेश सरकारलाई स्थायीत्व प्रदान गर्नु आवश्यक रहेको बताए । स्थायी सरकारले नै विकास गर्न सक्ने भएकोले प्रदेश दुईमा रहेको सरकारलाई नै स्थायीत्व दिनु आवश्यक रहेको बताए ।

नेकपा प्रदेश दुईमा पनि सरकार बनाउन लागेको हल्लातर्फ इंगित गर्दै उनले प्रदेश सरकारले दुई वर्षको अवधीमा खासै केही काम गर्न नसकेपनि यही सरकारलाई ५ वर्ष काम गर्ने अवसर दिनुपर्ने धाराणा राखे । जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘दुई वर्षमा नेकपाको सरकारले कुनै राम्रो काम गर्न नसकेको भन्दै ५ वर्षभित्र यो सरकारले काम गर्न सकेन भने जनताले आफैं यी दलहरुको विकल्प खोज्ने छ ’। जनताले विश्वासका साथ मत दिएको सरकारले उदाहरणीय काम गर्न नसकेको भन्दै उनले देशमा बरु भ्रष्टाचार, धर्म परिवर्तन लगायतका समस्याहरु बढ्दै गईरहेको प्रति चिन्ता व्यक्त गरे ।

उनले संघिय सरकार र स्थानीय सरकार आफैमा शक्तिशाली सरकारहरु रहेकोले बिचमा प्रदेश सरकारको अवश्यकता नरहेको बताए । उनले भने, ‘देशमा संघिय सरकार र ७ सय ५३ स्थानीय सरकारहरु छन्, बिचमा प्रदेशको आवश्यकता नै छैन, यसलाई देशले पनि धान्न सक्दैन ।’ जनकपुरधाममा निर्वाचन अभिमुखिकरण बैठकमा आएका अध्यक्ष थापाले वर्तमान संविधानमा सुधारको आवश्यकता रहेको भन्दै यस संविधानलाई सर्व स्विकार्य बनाउन सुधार गर्नु पर्ने आवश्यकता रहेको बताए ।

मधेशवादी दलहरुको मागहरुलाई कुनै न कुनै रुपमा संवोधन गर्नु पर्ने आवश्यकता रहेको भन्दै राप्रपाले उठाउँदै आएको हिन्दु राष्ट्र पूर्नस्थापनको निम्ति संविधानमा संसोधनको आवश्यकता रहेको बताए । धर्म निर्पेक्षताको आडमा संगठित र योजनावद्ध रुपमा धर्म परिवर्तन गराउने काम भईरहेको भन्दै उनले भने, ‘यो धर्म परिवर्तनबाट सनातन हिन्दु राष्ट्रको पहिचान समाप्त भएर विदेशी धर्म र संस्कृति बढने सम्भावना बढेको छ । यसले सामाजिक सदभाव र एकता खल्बल्याउँछ र अन्त्यमा देशलाई धार्मिक द्धन्धमा फसाउँछ ।’

पूर्ण धार्मिक स्वतन्त्रा सहितको स्नातन हिन्दु राष्ट्रको विषयहरु समावेश गरी संविधान संसोधन गर्ने जन समुदायको माग रहेपनि व्यक्तिविशेषको लागि स्वार्थ पुरा गर्न अनावश्यक र अनुपयुक्त विषयको लागि संविधान संसोधन गर्नु लगत रहेको बताए । त्यस्तै देशभर एमसीसी सम्झौता बिरुद्ध आवाज उठिरहेको समयमा थापाले सो सम्झौताको पक्षमा आफू रहेको बताए । उनले एमसीसी सम्झौतामा केही संशोधन गरिए नेपाल र नेपाली जनताको हितमै यो सम्झौता रहेको स्पष्ट पारे। यद्यपि यो सम्झौताको नाउँमा एमसीसीलाई देशको कानूनभन्दा माथि राख्नु सह्य नहुने उनको भनाई थियो ।

(Visited 99 times, 1 visits today)
Loading comments...

आजको समाचार

धनकुटामा बस दुर्घटना हुँदा ६ जना घाइते

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित चारखोले गोलाइमा बिहिबार दिउँसो यात्रुबाहक बस दुर्घटना हुँदा छ जना घाइते भएका छन् । विराटनगरबाट धनकुटाको जितपुर जाँदै...

पार्टी एकता जोगाउन खनाल-नेपालसहित १५ नेताको सयुक्त अपिल

काठमाडाैं ।  नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित १५ नेताले पार्टी एकता जोगाउने काममा योगदान गर्न सबैमा आह्वान गरेका छन् । नेपाल...

पाकिस्तानको सेरेना होटलमा बम विस्फोट, चार जनाकाे मृत्यु

एजेन्सी । पाकिस्तानी क्वेटा शहरस्थिति एउटा होटलमा बुधबार राती भएको बम विस्फोट परी कम्तीमा चारजना मारिएका छन् भने अन्य एक दर्जन घाइते भएका देशका...

अछाममा कोरोना सङ्क्रमितको मृत्यु

अछाम । अछामको साँफेबगर नगरपालिका–६ भागेश्वरका ६५ वर्षीय एक पुरुषको कारोना भाइरसबाट आज बिहान मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका...

अख्तियारले अब ‘स्टिङ अप्रेसन’ गर्न नपाउने

काठमाडौं । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्दै आएको ‘स्टिङ अप्रेसन’लाई अवैध ठहर गरेको छ । सर्वोच्चको फैसलाले विशेष अदालत र सर्वोच्च अदालतमा...

साताका लोकप्रिय समाचार

प्रतिजैविक सहनशील जीवाणुको बिगबिगी

पृष्ठभूमि जीवाणु ढुसी तथा एकटोमाइसेट तथा सूक्ष्म जीवाणुबाट उत्पादित तत्वलाई एन्टिबायोटिक प्रतिजैविक भनिन्छ । जसले जीवाणु तथा ढुसीजन्य मानिस तथा पशुपक्षीका रोगका कारक तत्वलाई मार्ने...

संगै हिँडेका साथीकाे शब भेटिएपछि भागेर भारत पुगेका युवालाई उनकै बुबाले प्रहरीमा बुझाए

दैलेख । साथीको हत्या आरोप लागेका एकजना युवकलाई उनकै बुबाले भारत फकाएर जिल्ला प्रहरी कार्यालय दैलेखमा बुझाएका छन् । गुराँस गाउँपालिका–६ जोरेबाँझका २१ वर्षीय...

सभामुखविरुद्धको द्वन्दकालीन मुद्दा संवैधानिक इजलासमा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको द्वन्द्वकालीन मुद्दाको पेसी सर्वोच्च अदालतको संवैधानिक इजलासमा चढेको छ । प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबरा अध्यक्ष रहेको इजलासमा न्यायाधीशहरू...

गजेन्द्र नारायणको सम्झनामा

सप्तरी राजविराज । हालै सम्मपन्न पत्रकार महासंघको निर्वाचनमा निर्वाचित पदाधिकारीहरुको सम्मान संगै मधेशी अधिकारका लागी संगठित अभियानको नेतृत्व गरेका नेता गजेन्द्र नारायण सिहको सम्झना...

आयल निगमले फेरि बढायो पेट्रोलिम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर...

ट्रेन्डिङ

प्रधानमन्त्री कार्यालयको प्रवक्तामा शर्मा

काठमाडाैं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कायार्यालयले वरिष्ठ सहसचिव किरणराज शर्मालाई प्रवक्ताको जिम्मेवारी दिएको छ । शर्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकै शासकीय सुधार महाशाखा प्रमुखको रूपमा...

गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

गुल्मी । गुल्मीमा ट्याक्टर दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ५ की ३१ बर्षीया पार्वती...

उपराष्ट्रपति र सभामुखद्धारा प्रदेश प्रमुखको सपथ बहिस्कार

काठमाडौं । राष्ट्रपति कार्यालयमा शुक्रवार आयोजित प्रदेश २ का प्रदेश प्रमुख राजेश झाको सपथ समारोह उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्निप्रसाद सापकोटाले बहिस्कार गरेका...

डिजिटल भेलाबाट चलचित्र पत्रकारिता दिवस

काठमाडौं । हरेक ७ जेठलाई चलचित्र पत्रकार संघले आफ्नो वार्षिक उत्सव तथा चलचित्र पत्रकारिता दिवसको रूपमा मनाउँदै आएको छ । यो दिवस यसपटक डिजिटल...

बजार पुँजीकरण २१ खर्ब १८ अर्ब पुग्यो

काठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा १४ अर्ब बढीको कारोबार भएको छ । परिसूचकमा खासै उत्साह नदेखिएको बजारमा अल्पकालीन लगानीकर्ता सक्रिय हुँदा...

पोखरा महानगरको बजेट ६ अर्ब १९ करोड

पोखरा । पोखरा महानगरपालिकाले आगामी आव २०७७/०७८ को लागि ६ अर्ब १९ करोड ७१ लाख ७८ हजार रुपैयाँ अनुमानित बजेट प्रस्तुत गरेको छ । साताैं...

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध

मुग्लिन । पहिरोका कारण नरायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । यस सडकखण्डअन्तर्गत शनिबार साँझ चितवनको इच्छाकामना–६ स्थित चोरखोलामा सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध...

नागरिकता विधेयकविरुद्ध सप्तरीमा विशाल प्रदर्शन

सप्तरी । नागरिकता संसोधन विधेयक विरुद्ध मंगलबार जनता समाजवादी पार्टी सप्तरीले विशाल विरोध प्रदर्शन गरेको छ । पार्टीका केन्द्रिय पदाधिकारी, प्रदेश मन्त्री र सो...

प्रतिनिधिसभा विघटन मुद्दा हेर्दाहेर्दैमा, अर्को सुनुवाइ भोलि

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमाथि आज भएको बहस नसकिएकाले हेर्दाहेर्दैमा राखी सोमबार पुनः सुनुवाइ हुने भएको छ । रिट निवेदकको माग र...

युवा नेता महराको भीरबाट लडेर मृत्यु

बैतडी । बैतडीका नेकपा युवानेता अरुण महराको भीरबाट लडेर मत्यू भएको छ । अनेरास्वबियुका पुर्वजिल्ला उपाध्यक्ष तथा जगन्नाथ बहुमुखी क्याम्पसका पुर्व स्वबियु सभापतिसमेत रहेका...

‘चिसो मान्छे’को छायांकन सडकमै सकियोे

काठमाडौं । दीपेन्द्र के. खनालले आफ्नो नयाँ चलचित्र ‘चिसो मान्छे’को छायांकन ललितपुरबाट सुरु गरेर बझाङ पुगी सम्पन्न गरेका छन् । चलचित्रको छायांकन सकेर फिल्मको...

निशानको नयाँ शोरुम सँगै म्याग्नाइट बजारमा

इटहरी । निशान गाडीको नेपालका लागि आधिकारीक बिक्रेता पायोनियर मोटो कोर्प प्रालिले इटहरीमा श्रीजा मोर्टस शोरुम सञ्चालनमा ल्याएको छ । मोर्टस शोरुमको सञ्चालन संगै...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)