राज्यमन्त्री मानन्धर लामो समय गीत गाएर विश्व रेकर्ड कायम गर्दै

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले वल्ड बुक रेकर्ड कायम गर्न लगातार चार घण्टा गीत गाउने कार्यक्रमको आज काठमाडौंको बालाजुस्थित अष्ठनारायण हलमा शुभारम्भ गरे ।

नेपालका सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले विभिन्न ६२ वटा गीत लगातार गाएर वल्ड बुकमा रेकर्ड राख्ने कार्यक्रममा मन्त्री गुरुङले नेपालको एकजना राज्यमन्त्रीले लगातार चार घण्टा गीत गाउन आँट गरेर विश्वमा ख्याती कमाउने कार्यको सराहना गरे ।

कला र संस्कृतिमा संसारभर चर्चित नेपाललाई राज्यमन्त्री रामवीर मानन्धरले वल्र्ड बुकमा नाम लेखाएर थप चर्चामा ल्याउन गरेको कार्यप्रति खुसी व्यक्त गर्दै मन्त्री गुरुङले शुभकामना व्यक्त गरे ।

शुक्रवार दिनको १ बजेर ३६ मिनेट जाँदा राज्यमन्त्री मानन्धरले गीत गाउन सुरु गरेका थिए । । मन्त्रीस्तरका व्यक्तिले लामो समयसम्म गीत गाउने रेकर्ड सन्सारमै पहिलो हुनसक्ने भएकाले वल्र्ड बुक रेकर्डस कायम गर्न बेलायतबाट पाँच जना निर्णायकहरु आएको राज्यमन्त्री मानन्धरका स्वकीय सचिव जयप्रकाश श्रेष्ठले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 172 times, 1 visits today)

epaper

ताजा समाचार

स्पेसएक्स र टेस्ला गाभ्ने मस्कको प्रस्ताव