मन्त्रिपरिषद बैठक आठ बजे, नयाँ मन्त्रीको आजै सपथग्रहण हुने

काठमाडौं । आज बेलुका ६ बजे बस्ने भनिएको मन्त्रिपरिषद बैठक आठ बजे बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बिस्तार गरेपछि नयाँ मन्त्रीहरु सहित मन्त्रिपरिषद बैठक बस्ने भएको हो ।

मन्त्रीहरुको नाम फाइनल हुन् केही समय लाग्ने भएकाले मन्त्रिपरिषद बैठक दुई घन्टा सारिएको बालुवाटार स्रोतले बताएको छ ।

पूर्व मओवादीतर्फका टोपवहादुर रायमाझी, मणि थापा,दावा लामा लगायत केही नेता मन्त्रीमा थपिने सम्भावना रहेको छ भने दाहाल नेपाल समुहमा रहेका केही नेतालाई आफ्नो समुहमा ल्याएर मन्त्री बनाउने प्रधानमन्त्री ओलीको योजना रहेको छ ।

नयाँमन्त्रीको सपथ आजै हुने जानकारी राष्ट्रपति कार्यालय शितलनिवासलाई गराईसकेको छ भने शितल निवासमा सपथग्रहणको तयारी हुँदैछ ।

तपाइको प्रतिक्रिया
(Visited 468 times, 1 visits today)

epaper

ताजा समाचार

आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने