थप ४८१ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ४८१ जनामा कोरोना पुष्टि भएको छ ।योसँगै हालसम्म सङ्क्रमित हुनेको सङ्ख्या दुई लाख ५८ हजार १८१ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७३१ कोरोना सङ्क्रमित निको भएका छन् । योसँगै कोरोनाबाट निको हुनेको सङ्ख्या दुई लाख ४९ हजार ८६३ पुगेको छ । गत २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप ६ जनाको मृत्युसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या एक हजार ८२५ पुगेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 184 times, 1 visits today)

epaper

ताजा समाचार

वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा खत्री