एपीएफ र लुम्बिनी सेमिफाइनलमा

दाङ । विभागीय टोली नेपाल एपीएफ क्लब र लुम्बिनी प्रदेश एक खेल अगावै सगरमाथा सिमेन्ट प्रधानमन्त्री राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिताको समूह ‘ए’बाट सेमिफाइनलमा प्रवेश गरेका छन् । सुरुवाती दुई खेलमा हार बेहोरेका कर्णाली र प्रदेश २ भने प्रतियोगिताको समूह चरणबाटै बाहिरिएका छन् । समूह ‘ए’को अन्तिम खेलमा सोमबार प्रदेश २ र कर्णाली तथा लुम्बिनी र एपीएफबीच हुनेछ ।

लुम्बिनी र एपीएफको खेलले समूह विजेता र उप विजेता निर्धारण हुनेछ । एपीएफले पहिलो खेलमा कर्णालीलाई २ सय ४ रनको फराकिलो अन्तरले तथा लुम्विनीले प्रदेश २ लाई ९ विकेटले हराएको थियो ।

आइतबार लमहीको देउखुरी मैदानमा भएको खेलमा एपीएफले प्रदेश २ लाई ८ विकेटले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । एपीएफको जितसँगै लुम्बिनी प्रदेश पनि एक खेलअगावै सेमिफाइनलमा स्थान बनाउन सफल भयो । जितको लागि ७३ रनको सामान्य लक्ष्य पछ्याएको एपीएफले १३ ओभर १ बलमा २ विकेट गुमाउँदै पूरा गरे । एपीएफकी ओपनर ज्योती पान्डेले सर्वाधिक ३० रनको योगदान दिइन् ।

सरिता मगर ६ र इन्दु बर्मा १ रनमा अविजित रहिन् । कप्तान सीता रानामगर १८ रनमा आउट भइन् । कविता गौतम र सरस्वती कुमारी चौधरीले १–१ विकेट लिइन् । त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको प्रदेश २ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ७२ रन जोडेको थियो । ओपनर अनुराधा चौधरीले सर्वाधिक १८ रनको योगदान दिइन् । ओपनर शोभा आले र अनुराधा चौधरीले ७ ओभरमा २७ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएपनि उनीहरूको साझेदारी टुटेपछि प्रदेश २ को इनिङ्स धर्मराएको थियो ।

आले १३ रनमा क्याच आउट भइन् । एक ओभरपछि मेलिना रायमाझी शून्यमा बोल्ड आउट भइन् । १२औं ओभरको अन्तिम बलमा कविता गौतमसँग तालमेल नमिल्दा अनुराधा चौधरी रन आउटको शिकार भइन् । कप्तान सरस्वती कुमारी चौधरीले खाता खोल्न सकेनन् । बिमला मगर ६, गोमा आले ३ र सरा प्रविन २ रनमा आउट भइन् । एपीएफकी सीता राना मगरले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिइन् । रेखा रावल, करुण भण्डारी, ईश्वरी विष्ट र राजमती ऐरीले १–१ विकेट लिए ।

यस्तै आइतबार भएको पहिलो खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ९ विकेटले हराउँदै लगातार दोस्रो जित दर्ता गरेको थियो । ३५ रनको सामान्य लक्ष्य लुम्बिनीले ३ ओभर १ बलमा १ विकेट गुमार भेट्टायो । लुम्बिनीकी गिता गोसाई ४ रनमा आउट हुँदा नेरी थापा ९ र सरस्वती घर्तिमगर ३ रनमा अविजित रहिन् ।

कर्णालीकी अन्जु गुरुङले एक विकेट लिएकी थिइन् । त्यसअघि देउखुरीमा टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित १३ ओभरमा ६ विकेट गुमाउँदै ३४ रन बनाएको थियो । कर्णालीकी दीक्षा पुरीले सर्वाधिक ८ रनको योगदान दिइन् । अन्शु शाक्य ७ रनमा अविजित रहिन् ।

ओपनर मोनिका राना, तृसना विश्वकर्मा र कप्तान लक्ष्मी रिमालले समान २–२ रन जोडिन् । अन्जु गुरुङ १ रनको योगदान दिइन् । कर्णालीले १० रन अतिरिक्त पाएको थियो । कप्तान नेरी थापाले २ तथा सुस्मिता भुसाल, सरिता जिसी र गीता गोसाईले समान १–१ विकेट लिए ।

तपाइको प्रतिक्रिया
(Visited 387 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दशरथचन्द नगरपालिका ११को वडाअध्यक्षमा एमालेका पन्त विजयी, ३ वडाको मतपरिणाम सार्वजनिक