मेयरले ब्याटिङ र नागिरक समाजका अध्यक्षले बलिङ गरेपछि सुरू भयाे क्रिकेट

सप्तरी, राजविराज । डबल राउण्ड रोबिन टि ट्वान्टी क्रिकेट प्रतियोगिता सोमबारदेखी सप्तरी सदरमुकाम राजविराजमा सुरु भएको छ ।

प्रतियोगिताको दोश्रो संस्करणको राजरंगशालामा एक समारोहबीच राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले ब्याटिङ तथा नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीले बलिङ गरि उद्घाटन गरेका छन् ।

क्रिकेट विकास प्रतिष्ठान राजविराजद्वारा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा आयोजक क्रिकेट विकास प्रतिषठनले शिब्स इन्टरनेशनल बोर्डिङ स्कुल राजविराजलाई ६३ रनले हराएको छ ।

टस जितेर ब्याटिङ रोजेको प्रतिष्ठानले निर्धारित २० ओभरको खेलमा ५ विकेटको क्षतिमा १ सय ४५ रन जोडेको थियो ।
१ सय ४६ रनको बिजयी लक्ष्य लिएर जवाफि ब्याटिङ गरेको शिब्सले १४ ओभरमै सबै विकेट गुमाई ८२ रन मात्र जोड्न सक्यो । उक्त खेलको म्यान अफ द म्याच बिजयी टिमका रबिन्द्र यादव घोषित भए ।

यसअघि प्रतिष्ठानका अध्यक्ष ईं इन्द्रनारायण देवको अध्यक्षताम आयोजित उद्घाटन समारोहमा राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, प्रेस स्वतन्त्रा सेनानी बैजनाथ झा, क्रिकेट संघका सचिव चन्दन यादव, खेलकुद पत्रकार मञ्चका अध्यक्ष मनोज माझी, समाजसेवी मिरा देव लगायतले प्रतियोगिता सफलताको शुभकामना दिए ।

तपाइको प्रतिक्रिया
(Visited 230 times, 1 visits today)

epaper

ताजा समाचार

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान