नदी नियन्त्रण आयोजनाको प्रमुख श्रीवास्तवसहित पाँच जना विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाग्मती तथा लालबकैया नदी नियन्त्रण आयोजनाको प्रमुखसहित पाँच जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले वागमती तथा लालबकैया नदी नियन्त्रण आयोजनाका प्रमुख राजकुमार श्रीवास्तवसहित ५ जनाविरुद्ध ३ करोड ६५ लाख ९ हजार ४५ रुपैयाँ बिगो कायम गरी भष्ट्राचारको मुद्दा दायर गरेको हो ।

आयोजना प्रमुख राजकुमार श्रीवास्तव र इन्जिनियर पाण्डवप्रसाद देवले आयोजनाको ठेक्काको काम समयमा काम गर्न नसकेका र स्टण्ड प्रयोग गरेर निर्माणमा प्रयोग भएको ग्याविन तारको गुणस्तर परीक्षण गरी स्पेशिफिकेशन बमोजिमको गुणस्तर यकिन गरेर मात्र ग्यावियन तार प्रयोग गराउनुपर्नेमा प्रथम रनिङ्ग बिलदेखि सातौं रनिङ बिलसम्मका सातवटा बिलहरुको भुक्तानी गर्दा कुनै परीक्षण नै नगरी गुणस्तरहीन ग्याविन तारलाई स्वीकृत दिएको पाइएको छ ।

उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ग) बमोजिमको कसुर प्रमाणित हुन आएको हुँदा निजहरु राजकुमार श्रीवास्तव र पाण्डव प्रसाद देवलाई सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम बिगो ३ करोड ६५ लाख ९ हजार ४५ रुपैयाँ बिगो कायम गरी भष्ट्राचारको मुद्दा दायर गरेको छ ।

आयोगले निर्धारित शर्त र सम्झौताविपरीत कम गुणस्तरको क्तगम निर्माण गरी कम गुणस्तरको ग्यावियन तारबाट निर्मित क्तगम हरुलाई गुणस्तरयुक्त भनी भुक्तानी लिने महादेव खिम्तीरमैनाचुली जे.भी. का मुख्य पार्टनर महादेव खिम्ती निर्माण सेवा प्रा.लि. का मेनेजिङ्ग डाइरेक्टर रवि सिंह र महादेव खिम्तीरमैनाचुली जे.भी. का साझेदार मैनाचुली निर्माण सेवा प्रा.लि.का मेनेजिङ्ग डाइरेक्टर मदनकुमार अधिकारीलाई समेत तीन करोड पैसठ्ठी लाख नौ हजार चार सय छपन्न रुपैयाँ चौतीस पैसा कायम गरेर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 261 times, 1 visits today)

epaper

ताजा समाचार

राति १० बजेसम्म मात्रै बल्ने धनगढीका सडक बत्ती