प्रधानमन्त्री ओलीले प्रचण्डलाई फोन गरेर सीताको स्वास्थ्यलाभको कामना गरे

काठमाडौं । पार्टी विभाजनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग टेलिफोनमा कुराकानी गरेका छन् ।

बुधबार साँझ ओलीले प्रचण्डलाई टेलिफोन गरेर प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्यको ’boutमा जानकारी लिएका हुन् । प्रधानमन्त्रीले आफ्नो तर्फबाट स्वास्थ्य लाभको कामना गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्रीले प्रचण्डसंग टेलिफोन संवाद गरे लगत्तै नेकपा महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल र स्थायी कमिटी सदस्य सुवास नेम्वाङ सीता दाहालको स्वास्थ्यस्थिति ’bout जानकारी लिन ललितपुरस्थित मेडिसिटी अस्पताल पुगेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 206 times, 1 visits today)

epaper

ताजा समाचार

सम्पत्ति छानबिन आयोगले सुरु गर्‍यो काम