Saturday, July 24, 2021
Homeबिचारनिजामती सेवाको राष्ट्रिय नीति आवश्यक

निजामती सेवाको राष्ट्रिय नीति आवश्यक

,

निजामती सेवाका लागि राष्ट्रिय नीति बन्न नसक्दा बदलिएको परिस्थितिअनुसार निजामती प्रशासन प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन । नेपालमा निजामती सेवाको सुरुवात २००८ सालमा भई विभिन्न चरणमा निजामती सेवालाई कानुनी तथा संरचनागत रूपमा सुधार गरिँदै आइएको छ ।

यतिखेर मुलुकको शासकीय संरचना नै परिवर्तन भई मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीअनुसार अघि बढिरहेको छ । यस्तो अवस्थामा स्थायी सरकारको रूपमा रहेको निजामती सेवामा पनि आमूल सुधार र परिवर्तन जरुरी छ । तर, निजामती सेवाको दीर्घकालीन दृष्टिकोण, रणनीतिक सोच, उद्देश्य र व्यवस्थापकीय पद्धतिका सम्बन्धमा मार्गदर्शन गर्ने राष्ट्रिय नीति हाल सम्म बन्न नसक्नु दुःखद हो ।

अहिले पनि कर्मचारी प्रशासन सञ्चालनमा समस्या देखापर्दा सेवा प्रवाह प्रभावकारी बन्न सकेको छैन भने सुशासनसमेत कायम हुन सकिरहेको छैन । देशमा निजामति कर्मचारी सापेक्ष स्थायी सरकारी संयन्त्र हो । यसलाई स्थायी सरकारका रूपमा पनि लिइन्छ ।

जननिर्वाचित सरकार आवधिक हुने र त्यसमा पनि राजनीतिक किचलोका कारण असमयमै सरकार ढल्ने तथा निर्माण हुन जाने भएकाले निरन्तर र स्थायी रूपमा राज्यसत्ताको काम कर्तव्य कर्मचारी संयन्त्रबाट नै हुुन्छ । तर यही संयन्त्र सन्चालनका लागि आवश्यक राष्ट्रिय नीति निर्माण नहुँदा देशमा कार्मचारी व्यवस्थापनमा ठूलो समस्या आइपरको छ । यसअघि सरकारले निजामती सेवाको राष्ट्रिय नीति बनाउने उद्देश्यका साथ मस्यौदासमेत तयार पारेको थियो तर त्यसले मूर्त रूप पाउन भने सकेन ।

सरकारले झन्डै तीन वर्षअघि नै यो मस्यौदा तयार गरेको थियो । तर, अहिले त्यो मस्यौदा कुन अवस्थामा छ भन्नेबारे सरोकारवाला निकाय नै बेखबर बनेका छन् । निजामती सेवा र प्रशासनको सुधार र विकास गर्ने महŒवपूर्ण भूमिकामा रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती सेवाको राष्ट्रिय नीतिलाई मूर्त रूप दिन विशेष पहल थाल्नुपर्छ ।

अहिले देश पुरानो अवस्थामा छैन । मुलुक लोकतान्त्रिक गणतन्त्रमा परिणत भइसकेको छ । हाल कायम गरिएको संघीय संरचनाअनुसार कर्मचारी प्रशासनलाई संघीय मान्यताअनुसार परिचालन, निर्देशन र व्यवस्थापन गर्न जरुरी छ । यसै मान्यताअनुसार नयाँ निजामती सेवाको जरुरी छ । हाल देशमा रहेका तीनै तहका सरकार र त्यहाँ कार्यरत कर्मचारी आआफ्ना मान्यतामा र एकअर्कामा समन्वयन गरेर परिचालन गर्नुपर्ने आवश्यकता रहन्छ । त्यसैका लागि निजामती सेवाको राष्ट्रिय नीतिको आवश्यकता भएको हो ।

ठीक यसै बेलामा मसौदाका रूपमा तयार पारिएको निजामति सेवासम्बन्धी राष्ट्रिय नीतिलाई अलपत्र पार्नु उपयुक्त होइन । अब यसको गम्भीरतापूर्वक खोजीनिती आवश्यक छ । देशलाई स्थायी रूपमा हाँक्ने कर्मचारी प्रशासनलाई नै नीति, विधि र प्रक्रियामा रहने व्यवस्था कायम गर्न नसके अन्य सेवा र कामको के नै पो अपेक्षा गर्न सकिन्छ र ? त्यसैले पनि यसबारे सरकार र ठूला राजनीतिक दलहरू बढी सचेत रहनु जरुरी छ ।

निजामती सेवालाई सक्षम, व्यावसायिक, निष्ठावान् र जनमुखी बनाउन पनि तत्काल राष्ट्रिय नीतिको तर्जुमालाई अघि बढाउनुपर्छ । त्यसो गर्न सकिएमा मात्रै संघीय प्रादेशिक र स्थानीय सेवा सञ्चालनका सम्बन्धमा एकरूपता कायम गर्न आधारभूत मार्गदर्शन हुनेछ भने जनमुखी समावेशी र नतिजामुखी प्रशासनको विकास गरी सेवाग्राहीप्रति प्रतिबद्ध सार्वजनिक सेवाको विकासद्वारा सुशासनको प्रत्याभूति हुन सक्ने विश्वास गर्न सकिन्छ ।

Loading comments...

आजको समाचार

चेल्सीले हाजार्ड फर्काउन प्रयास गर्ने

लन्डन । इंग्लिस क्लब चेल्सीले आफ्नो पूर्व बेल्जियन फरवार्ड इडेन हाजार्डलाई क्लबमा फर्काउन प्रयास थालेको छ । हाजार्ड २०१९ मा ८८ मिलियन पाउन्डमा स्पेनिस...

बझाङमा घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु

  बझाङ । घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ११ की ३० बर्षिया महेश्वरी देवि...

शिल्पा सेठ्ठीका श्रीमान राज कुन्द्रासँग ७० पोर्न फिल्म

मुम्बई । बलिउड फिल्म निर्माता तथा अभिनेत्री शिल्पा सेठ्ठीका श्रीमान राज कुन्द्राको समूहले ठूलो मात्रामा पोर्न फिल्म बनाएर पोर्न फिल्मको व्यवसाय सञ्चालन गरेको प्रहरीले...

एमाले नेता भीम रावलले राजीनामा फिर्ता लिए

  काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा.भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् । शुक्रबार सभामुखलाई भेटेर पार्टी र जनताको आग्रह मानेर राजीनामा...

भोलीदेखी लामो दुरीका सार्वजनिक यातायात सञ्चालन हुने

  काठमाडौं । भोलिदेखि मध्यम र लामो दूरीको सार्वजनिक यातायात संचालन हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी निषेधाज्ञालाई थप खुकुलो पार्दै लामो...

साताका लोकप्रिय समाचार

दुईहजार ९७७ सङ्क्रमित थपिए, १८ जनाकाे मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर २,९७७ सङ्क्रमित थपिएका छन् भने एक हजार ६७८ जना सङ्क्रमणमुक्त भएका छन् । जम्मा १३ हजार ६९८ लाई...

मन्त्रालयको भागबन्डा सहमतिनजिक, नेपाल पक्ष पनि सरकारमा

काठमाडौं । शेरबहादुर देउवा देशको प्रधानमन्त्री भएको आठ दिन पूरा भएको छ । यहीबीचमा प्रधानमन्त्री देउवाले संविधानतः ३० दिनभित्र लिइसक्नुपर्ने विश्वासको मत पनि लिइसकेका...

फेरी भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  काठमाडाैं ।  मनसुनी वायुको प्रभावले शनिबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । मनसुनी न्यून चापीय रेखा...

अन्जुको स्वरमा ‘छटपटी’

काठमाडौँ । लोकप्रिय गायिका अन्जु पन्तको सुमधुर स्वरमा समावेश 'छटपटी' बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। इजराएलमा बसेर आफ्नो संगीत यात्रालाई अघि बढाइरहेका...

ट्रेन्डिङ

तीज गीतको नाममा र गाईजात्रे र प्यारोडी आए : मञ्जु पौडेल

२०६३ मा विरहको तीज...गायनसँगै गायिका मञ्जु पौडेलले तीज गिती यात्रा सुरु भएको थियो । यही गीतबाट पौडेलले आफ्नो गायन यात्रालाई अघि बढाएकी हुन् ।...

काठमाडौंका सडकमा २ हजार आधुनिक बत्ती

काठमाडौं । काठमाडौंका मुख्य सडकमा २ हजार आधुनिक बत्ती जडान कार्य अघि बढाइने भएको छ । पहिलो चरणमा अन्तर्राष्ट्रिय विमानस्थलदेखि नयाँ बानेश्वर, त्रिपुरेश्वर, कालीमाटी, कलंकीलगायतका...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?