एकपटक एउटा स्याल कुखुरा खोज्दै गाउँमा आइपुग्छ । उसले त्यहाँ एउटा मात्रै होइन कुखुराको बथानै देख्छ । एउटा मात्रै लैजाऊँ भने त आजकै मात्र भोक मेटिन्छ । त्यसपछि उसले सबै कुखुरालाई एकैचोटि फसाउने शकुनी जुक्तिका ’boutमा सोच्न थाल्छ । उसले सबै कुखुराहरूलाई होइन केही कुखुराहरूलाई मात्रै आकाशतिर देखाएर आकाशै खस्न लागेको कुरामा विश्वस्त तुल्याउँछ । तब सबै कुखुराहरूलाई आपूmले बचाउन सक्ने भनेर एक–एकलाई खबर गरेर जम्मा पार्ने षड्यन्त्रमा फसाएपछि एउटा अचम्मको हुइम पैmलिन्छ । यसैलाई भनिन्छ– ‘स्यालको हुइँया’ । अनि, कसैले पनि यो सबै स्यालको जाल हो भनेर सोच्दैनन् । सबै उसैका पछि लाग्छन् । अन्ततः सबै कुखुरालाई आफ्नो ओडारमा लैजान त्यो स्याल साँच्चै नै सफल हुन्छ । त्यसपछि त आफ्नै मर्जीअनुरूप सिकार गर्न पाउने नै भयो । आखिर भ्रमको डोरीमा बाँधिएका हामी विपन्न मुलुकका नागरिकलाई यथार्थमा भन्दा बाध्यताका कारण भावनामाथि खेलबाड गरेर जालभित्र फसाइने रहेछ । यो कुरालाई वर्तमान राजनीतिमा घटित परिघटनाले पुष्टि गरिरहेको छ । यसकारण गणेशमान सिंहले भनेझैं हामी नेपाली जनता पनि भेडा नै छौँ ।
स्वार्थको अंकगणितमा तलमाथि हुँदा अहङ्कारको राजनीतिक लिप्साले जनता नै सिकार हुँदा रहेछौँ । एकै जेटका दुई पाइलटको सपना देखाएर जोडिएको कुम एकाएक दुर्घटित हुँदा पनि बहुमतकै मृगतृष्णा राखिरहनु कति विश्वासिलो विचार हो कुन्नि त्यो समयले बताउला ! किन चाउरिस मरिच आफ्नै पीरले भनेजस्तै मात्र हो । नेपाल कम्युनिस्ट पार्टीको दुई कित्ताको विभाजनमा आन्तरिक कलह र भागवण्डाको मोलमोलाइको चक्करबाहेक अरू केही पनि होइन । दुई तिहाइको घिउ पचेन अन्नतः संसद विघटन नै गरेपछि त आखिर विपक्षीले खोइरो खन्नै परेन । घरभित्रैका जुधेपछि त विपक्षीलाई सजिलै हुन्छ ।
विचारको लडाइँमा लडिरहेका प्रचण्डले बोकेको सिद्धान्त हिजो कांग्रेससँग गएर गाँसिँदा, पछि नेकपा बनेर भाषण गरिरहँदा र आज माधव नेपाललाई लिएर आपूm मोडिँदासम्ममा लगभग विकलाङ्ग देखिन्छ । यो विचार र विकासको लडाइँ नभएर केवल पदलोलुपतामा कुरा नमिलेर अर्कालाई लाञ्छना पस्कने चटके राजनीति मात्रै हो । अर्कातिर प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पद आफैंले सम्हाल्ने परिपाटीभित्र देखिएको लोभ, दम्भी एकात्मकता नै अन्ततः फुटको जग बन्न पुग्यो । आखिर विभाजनको तुष पदीय लोलुपता नै हो । हिजोको माओवादी टुक्रिनुमा पनि प्रचण्डको व्यक्तिवादी राजनीति नै हाबी भएर शक्ति हस्तान्तरण गर्ने सोचको अभाव हुनुमा थुरिएको हो ।
आजको अस्थिर र असन्तुलित घटनाले देखाएको चित्र लगभग प्रस्ट पनि छ । अर्कोतिर जनतामा अन्योलको अवस्था पनि स्पष्टै छ । हुन त यो अदालती निर्णय कि सडकको निर्णय कुन उत्तम हो भन्नुपर्ने बेला पनि त हो । सडकमा, चियाचौतारीमा बसेर चुट्ने गफसँगै तलका मान्छेले पैरवी गर्न थाले । बोलचाल बन्द गर्न छोडे । माथिको हल्लाले वायुवेगमा झड्का दिइसक्दा तलका भारेभुरे कार्यकर्तासमेत खेमाको दाम्लोमा बाँधिएर बोक्रे बहसमा लिप्त भएका छन् । यस्तो पनि लाग्छ– तिनै मानिस केन्द्रीय स्तरका नेतृत्व हुन् क्यार । बडो विचित्रको वैमनस्यता आज नेपाली समाजमा कालकुट बनेर फिँजिएको देख्दा जनता हामी कति अचम्मका हौं भन्ने पनि लाग्छ ।
एकै जेटका दुई पाइलटको सपना देखाएर जोडिएको कुम एकाएक दुर्घटित हुँदा पनि बहुमतकै मृगतृष्णा राखिरहनु कति विश्वासिलो विचार हो कुन्नि त्यो समयले बताउला
अमेरिकामा दोहो¥याएर राष्ट्रपतिका लागि लडाइँ भएको खासै देख्नुपर्दैन । अस्ट्रेलिया, क्यानडा, माली लगायतका मुलुकमा सत्तालिप्सामा टाँस्सिरहने अर्थात् नेतृत्व हस्तान्तरण गर्न नचाहने परिपाटी पटक्कै देखिँदैन तब त्यहाँ प्रजातान्त्रिक विकासको प्रतिस्पर्धा बलियो देखिन्छ । समृद्धिको परिकल्पनालाई ठालुपनको ओहोदाले बाँधेर राख्ने नेपाली पार्टीका प्रचलनले पुस्तान्तरण गर्ने सोचमा ध्वाँसो लगाएको छ । राष्ट्रोन्नतिको मियो कतिखेर भाँच्चिन्छ भन्नेसम्मको हेक्का नहुने नेताले जनतालाई कसरी माया गर्ला ?
नेता हुनलाई स्वार्थी बने पनि हुने, तिकडमबाजी शिल्पको पारखी भए हुने अर्थात् पढालेखा नभए पनि हुने अनि तिनैले पढालेखालाई हैकम जमाउने परिपाटीमा हाम्रो मुलुक विचार बोकेर अघि बढेको छैन । यहाँ राजनीतिले शिक्षा र शिक्षितलाई पञ्जामा राखेको छ । मुलुक अस्थिरतातर्पm धकेलिनमा स्वार्थले ढाडस दिएको छ, यो पुरानो परम्पराकै निरन्तरता हो । जसले आफ्नै पार्टीभित्र एकता कायम राख्दैन उसले जनतालाई कसरी एकताबद्ध गराएर समृद्धितर्पm डो¥याउला ? चाहे ओलीको अधिनायकवाद होओस् या प्रचण्ड–नेपालले घेराबन्दीमा पारेर ओलीको खोइरो खनेका हुनन् आखिर नेकपाले एउटा ठूलो सुअवसरलाई मात्रै गुमाएन देशलाई दशकौंपछि धकेल्यो । फलतः अस्थिर समाजको मुस्लोभित्र जनतालाई फेरि जाकिदियो ।
यदि नेताले राष्ट्रिय स्वार्थलाई बोकेको भए सडकमा गएर कोरोनाको भ्याक्सिन चाहियो भन्न सक्थ्यो, अद्यावधिक नक्साको आधिकारिक पक्षमा चर्चा गथ्र्यो या त नेपालको आर्थिक सुधार र रोजगारको कुरामा एकताबद्ध भएर मार्ग खोज्थ्यो । आखिर प्रतिशोध साँध्न, बदला लिन या त छिर्के हान्नैमा आफ्नो समय खर्चिने नकारात्मक बाटोमा हिँड्ने नेतृत्वले पुनः सँगैठन विस्तार र स्वार्थ बाँडफाँडको नीतिलाई मूल सूत्र बनाउने पक्का छ । तब जबजका कुरा, समाजवादका कुरा, सामाजिक न्यायको चर्चा सबै छायामा पर्दै जाने नैराश्यको बाटो कायमै रहन्छ ।
नेकपा मिलेताकाको कुरा हो– केही नेताले भन्ने गर्थे, हाम्रो पार्टीले पचासौँ वर्ष राज गर्छ । कसैले भन्थे– ‘कम्युनिस्ट ध्रुवीकरणलाई नेपाली जनताको अकाट्य उपलब्धि मान्नुपर्छ । अब अधिनायकवादको अन्त्य भयो, समाजवादले मुहार फेर्छ’ इत्यादि । वाद र सिद्धान्तका भाषणले आज दोषारोपणको कोटसभा गरिरहेको छ । दुई खेमामा विभाजित दुई वर्गको आरोप–प्रत्यारोपमा पद, प्रतिष्ठा र पैसाको गोलघर बाहेक अन्य कुनै परिवेश देखिँदैन । हिजो देखाएको विकासवादी सपना, अवसरका जादुगरी पोका आखिर अहिले एकाएक धुमिल भए । कोही आगो हुँदा कोही पानी हुन सकेनन् । हिजो प्रचण्डले एकढिक्का पार्न नसकेको माओवादी चिरा परे जसरी आखिर उही प्रचण्डकै केन्द्रीयतामा अर्को चिरा परिछाड्यो ।
आखिर विभाजनको तुष पदीय लोलुपता नै हो । हिजोको माओवादी टुक्रिनुमा पनि प्रचण्डको व्यक्तिवादी राजनीति नै हाबी भएर शक्ति हस्तान्तरण गर्ने सोचको अभाव हुनुमा थुरिएको हो ।
फेरि त्यहाँ पनि ठूला नेतृत्वको वरीयताको होड उसै गरी रहिरहने पक्का छ । अर्का ओली पक्षीय ध्रुवमा पनि विभिन्न किसिमले दाग नलागेका मान्छे कति होलान् त भन्ने प्रश्न तेर्सिन्छ । एकपटक पार्टी प्रमुख र सरकार प्रमुख भएकाहरूले कसले कसलाई टेर्ने ? यो गतिरोधको बाटोलाई सम्हालेर लैजान नदिने प्रतिशोधको जरो जति बलियो छ त्यति विकासमुखी एजेन्डा दुवै खेमासँग अस्पष्ट छ ।
अर्कोतिर प्रतिपक्षी पार्टी नेपाली काङ्ग्रेसलाई अहिले चुनावको कुरा हुँदा लट्रि पर्ने सम्भाव्यता अवश्य खडा भएको छ तर त्यहाँ पनि खेमावादको शकुनी सोचले दशा उस्तै छ । जनतामा यी तीनतिरैको नेतृत्वप्रति दिल खोलेर समर्थन गर्ने विश्वासको वातावरण छैन । यीबाहेक अन्यप्रति मोडिन खोज्दा त्यहाँ पनि सबलता छैन । जनताको मनोभावलाई छाम्दा अहिले असमञ्जसको अवस्था छ । यस मानेमा असल नेतृत्व को हो भन्ने अन्योलको भूमरीभित्र नेपाली राजनीति निकै अस्थिर छ ।
यसर्थ नेपालको अर्थराजनीति र नवउदारवादको पाटो चटक्कै भुलेर गुटभित्र साँघुरिएको वर्तमान कम्युनिस्ट धारमा भावनात्मक एकताको सङ्कट कायमै रहने देखिन्छ । सँगैठन विस्तार गर्दै मौरीका राना छुट्टिए जसरी फेरि छुट्टिँदै हिँड्ने शक्तिको होडले भोलिका दिनमा अधिवेशनको कोकोहोलोमा हाउगुजी गीत गाइरहने सम्भाव्यतालाई मात्रै समर्थन गर्न सकिन्न । मूलतः प्रचण्ड–नेपाल खेमाभित्र स्थिर सोच र विचारको दर्शन कायम रहनेमा शङ्कै देखिन्छ । कोदो र तोरीको मेलले निस्कने परिणाममा तेल र पिना कस्तो हुन्छ भन्ने कुरा त भोलिको दिनले देखाउँछ । यतिखेर ओली पक्षलाई जनताको समर्थनभन्दा बढी त विरोध नै छ ।
तर, चुनावी घोषणाले आफ्नै खुट्टामा आपैmँ बन्चरो हानेको तर्क चोकचोकमा सुनिन्छन् । यसर्थ जनताले दिएको अभिमतले स्थिर सरकार कसरी बनाउला र कसरी बहुमतको विरासतलाई फर्काउला भन्ने ’boutमा सायदै स्वयम् नेतृत्व पनि अन्योलमा रहेको देखिन्छ । जनताले अस्थिर सरकारकै लागि भोट दिन कष्ट गर्नुपर्ने बाध्यतालाई सही ठान्दैनन् । यसर्थ फुटेका टुक्रे नेतृत्वले बोक्ने दुवै नेतृत्वले बोक्ने चुनावी नारामा जनअभिमतको विश्वास कमजोर देखिन्छ ।
अस्थिरताको विपक्षमा जनताले साथ दिएर आगामी अपशकुनलाई बोध गर्दै सकारात्मक भविष्यप्रति सचेत रहनुपर्ने समय सिर्जना भएको छ । यतिखेर आवेशमा आएर समर्थन र विरोध गर्नुभन्दा धैर्य गरेर निर्णय गर्नु बढी व्यावहारिक देखिन्छ ।






