वन्यजन्तुलाई खाना र पोखरी

सरिता दाहाल

हेटौंडा उपमहानगर–१ की सकुन्तला थापा उमेरले ५१ वर्ष पार भइन् । तर, उनको सक्रिय देख्दा उमेर आँकलन गर्न गाह्रै पर्छ । दुई दशकयता घरनजिकैको सामुदायिक वन उनका लागि दिनचर्या नै बनेको छ । वन संरक्षणमा आफूसँगै अरुलाई पनि प्रेरित गर्नु उनको धर्म हो ।

हेटौंडा सुन्दर सामुदायिक वन उपभोक्ता समिति उपाध्यक्ष सकुन्तलालाई डेढ दशकयता वन संरक्षण अभियानले भित्रैबाट छोएको छ । यसका लागि लगातार पाँच कार्यकाल समितिमा छिन्, उनी । महिलाका धेरैजसो सवाल वनसँगै जोगिएकाले संरक्षणमा पनि महिला नै अघि बढ्नुपर्ने उनको मान्यता छ ।

घाँस, दाउरा तथा सोतरका लागि वन प्रवेश गर्ने पुरुषभन्दा बढी महिला हुन्छन् । विरुवा जोगाउन महिलालाई नै जागरुक बनाइयो भने हुर्कन्छ र वन बाक्लिन्छ उनको सोच हो । ‘वन बाक्लिनु पानीका मुहान सुरक्षित हुनु हो, जनघनत्व बढ्दो छ, बढ्दो सहरीकरणले पानी अभाव बढिरहेको छ,’ भन्छिन्, ‘वन तथा पानीको मुहान बचाउन समयमै ध्यान नदिए भावी पुस्ताले ठूलो मूल्य चुकाउनुपर्छ ।’

उनका अनुसार घाँस, पात, काठ दाउरामात्रै समस्या हैनन् । ‘वन मासिँदा हाम्रो जीवन नै कसरी रहला ?’ सकुन्तला प्रश्न गर्छिन्, ‘वन त हाम्रो जीवन र संरक्षण सबैको दायिŒवसँगै कर्तव्य हो ।’



यही सामुदायिक वन सचिव पदमा रहेर नेतृत्व गरिरहेकी छन्, तनुजाकुमारी ढकाल । वनको काम भनेपछि रातभर नसुतेरै खटेको अनुभव छ, उनीसँग । वनमा डढेलो लागेपछि साँझ आगो निभाउन पसेका उनीहरू निद्रा मारेर बिहानसम्मै आगोसँगै पौंठेजोरी गरी डढेलो निभाएर फर्केका घटना धेरै छन् ।

‘पटकपटक यस्ता घटना भएका छन्, आङमा लगाएको लुगा कति डढे, ज्यानमा कति चोट लागे, आगो निभाउनतिर लागेपछि केही सोच आउन्न,’ तनुजाकुमारी भन्छिन्, ‘आगो निभाउनैपर्छ भन्ने सोचमात्रै आउँछ, निभाउँदानिभाउँदा पानीले प्याक्क प्याक्क भइन्छ, पानी दिने मान्छे पनि पाइँदैन तर वनमा आगो देखेपछि मन मान्दैन, दौडिहाल्छौं ।’

३९ हेक्टर जमिनमा फैलिएको जंगलमा आगो लाग्दा लगातार खटेर निभाएरै फर्केको स्मरण छ, उनीहरूलाई । डढेलो नियन्त्रणका लागि सकुन्तला र तनुजाले २०६६ सालमा नेपालमै पहिलोपटक ‘फायर फाइटर’को तालिमसमेत लिए । जर्मन सरकारको सहयोगमा उनीहरूसँगै अग्नि नियन्त्रणका लागि तालिम लिएका २० जना अहिले बस्तीमा छैनन् ।

२५ जनाले तालिम लिएकोमा हाल पाँच जनामात्रै बाँकी छन् । पुरुषलाई तालिम दिइयो । उनीहरू नोकरी खोजीमा जिल्ला बाहिर पुगे । अहिले सुन्दर सामुदायिक वन साँच्चैको सुन्दर बनेको छ ।

सुन्दर सामुदायिक वनमात्रै हैन, ’roundका एकतारे, मनकामनालगायत वनमा डढेलो लाग्दा पनि उनीहरू आगो नियन्त्रणका लागि पुग्ने गरेका छन् । उनीहरूले जसरी घर सुन्दर ढंगले व्यवस्थापन गरेका छन्, वन पनि सुन्दर बनाएका छन् ।

तनुजाका अनुसार सामुदायिक वनमा झण्डै तीन सय उपभोक्ता छन् । सबै उपभोक्ता संरक्षणमा एकजुट भएकै कारण वन मकवानपुर जिल्लामै ‘उत्कृष्ट’ घोषणा भएको हो ।

‘महिलाको जिम्मेवारी घरमात्रै हैन, ’roundको वातावरणीय जीवन पनि हाम्रै जीवन हो,’ तनुजा भन्छिन्, ‘वातावारण हराभरा राख्नसके पो हामी स्वस्थ रहन सक्छौं ।’ धेरैजसो पुरुषले कामकाजी भएकाले पनि वन, वन्यजन्तु तथा पानीका मुहान सुरक्षा तथा संरक्षणमा महिलाको दाँजोमा कम समय दिने गरेका छन् । वनका समस्या’bout समितिमा जानकारी गराउने, समाधान गराउनेमा महिला नै अगाडि भएको उपभोक्ताको बुझाइ छ ।

कोरोना संक्रमणले देशव्यापी लकडाउन हुँदा सुन्दर सामुदायिक वन उपभोक्ता समिति उपभोक्ता घरघरमा थुनिएर बसेनन् । उनीहरूले यही समय वन सरसफाइमा खर्च गर्ने अवसरका रूपमा लिए । वनमा उम्रेका अनावश्यक झाँडी फँडानी गरे, वनबीच बनाइएको पानी पोखरी सरसफाइ गरे ।

वन्यजन्तु सुरक्षाका लागि समय खर्चिए । चैत, वैशाख, जेठको सुख्खा मौसममा पानी अभाव भएपछि बस्ती पसेर हैरान गर्ने वन्यजन्तुका लागि जंगलमै पानी पोखरी निर्माण गरिएको छ ।



जंगलमै फलफूल, जंगलमै पानी
‘वन्यजन्तु बस्तीमा आए भनेर रिस गर्ने हैन, उनीहरू पनि जीवन खोज्दै हामीकहाँ आएका हुन् । पानी तिर्खाले भौतारिँदै वा खानेकुरा अभावले छट्पटिँदै बस्तीमा आएका हुन्छन्,’ सकुन्तला भन्छिन्,

‘वन्यजन्तुलाई समस्या नहोस् भनेर जंगलमै पानीपोखरी बनाइदिएका छौं, केही वर्षमा उनीहरूका लागि फलफूल पनि जंगलमै फल्ने छ ।’

उनको बुझाईमा वन्यजन्तुका लागि आवश्यक पानी तथा फलफूल जंगलमै भएपछि बस्ती पस्दैनन् । उनीहरू बस्तीमा नपसेपछि मानवसँग द्वन्द्व नै हुँदैन । सुन्दर सामुदायिक वनले यो द्वन्द्व उठान नहोस् भनेरै वनमा विभिन्न प्रजातिको पाँच हजार थान फलफूलको विरुवा रोपेको छ । केरा, आँप, कटहर, लिचि, अम्ब, अनारजस्ता फलफूल रोपिएको हो ।

जनावरलाई पानी पिउन बनाइएको पोखरी’round र अन्यत्रसमेत फलफूल लगाइएको छ । बाटो बिराएर सडकमा आउनेबाहेक खाना र पानी खोजीमा भौतारिँदै बस्ती पस्ने समस्या विस्तारै हल हुने अपेक्षा गरिएको छ । केही वर्षयता जनावर तरकारबारी, फलफूल बगैंचामा पस्ने गरेपछि यस्तो विकल्प सुरु गरियो ।

केही वर्षअघि पानी हाहाकार हुने गरेको यही क्षेत्रमा अहिले सार्वजनिक धारामा निरन्तर पानी आउँछ । यही वनले मुहान संरक्षण गरेपछि हेटौंडा अस्पताल, हेटौंडाको भिमफेदी बसपार्क, चौकीटोलको तिरतिरे धारा, वृद्धाश्रम, सिद्धार्थ माध्यमिक विद्यालयजस्ता सार्वजनिकस्थल तथा मनकामना सामुदायिक वन क्षेत्रका स्थानीयसमेत लाभान्वित भएका छन्

भिरालो र चट्टानी वन भएकाले पानीमुहान संरक्षणमा धेरै समस्या भएको सुन्दर सामुदायिक वन उपभोक्ता समिति, वन्यजन्तु संरक्षण तथा व्यवस्थापन उपसमिति संयोजक किशोरचन्द्र ढकाल बताउँछन् । पानीमुहान संरक्षणकै लागि धेरै समस्या भएको उनी सुनाउँछन् । ‘मुहान नसुकोस्’ भनेरै विरुवा लगाउने वर्षको बेला आउने भेलबाढीले पुरिएमा सरसफाइ नियमित हुने गरेको छ ।

‘पानीको मुहान संरक्षण गर्न सबैभन्दा ठुलो चुनौती नै डढेलो हो,’ सचिव ढकाल भन्छन्, ‘मुहान भएको ठाउँमा डढेलो लागेपछि खत्तम नै हुन्छ, हामीले पानीको मुहान डढेलोबाट कुनै पनि हालतमा बचाउनुपर्छ ।’

मुहान सुरक्षाका लागि सुख्खा समय सुरु हुँदासाथ वरवर अग्निरेखा बनाउने, सुख्खा पातपत्कर रहन नदिने, डलेका सुकेका काठ दाउरा रहन नदिने गरिएको छ । ‘मुहान नै सुख्यो भने कसरी बाँच्ने भन्ने धारण सबैमा भयो भने, जो जसले भ्याउँछ, मुहानको अवस्था’bout चासो दिइन्छ,’ उनी भन्छन्, ‘सबैभन्दा ठुलो कुरा चेतना, जागरुकता नै हो ।’

पिउने पानीको मुहान संरक्षण कार्यलाई उच्च प्राथमिकतामा राख्दै आएको छ । केही वर्षअघि पानी हाहाकार हुने गरेको यही क्षेत्रमा अहिले सार्वजनिक धारामा निरन्तर पानी आउँछ । यही वनले मुहान संरक्षण गरेपछि हेटौंडा अस्पताल, हेटौंडाको भिमफेदी बसपार्क, चौकीटोलको तिरतिरे धारा, वृद्धाश्रम, सिद्धार्थ माध्यमिक विद्यालयजस्ता सार्वजनिकस्थल तथा मनकामना सामुदायिक वन क्षेत्रका स्थानीयसमेत लाभान्वित भएका छन् ।

मुहानमै ट्यांकी बनाउने सम्भावना नभएपछि केही ’round चेम्बर बनाएर पाइपमार्फत पानी जम्मा गर्ने र मुहान निरन्तर रखेदेख गर्ने गरिएको छ । ‘ट्यांकी बनाउने, पाइप पुर्ने काम गर्नै समस्या छ, एकातिर भिरालो जग्गा, गेगर नै गेगर छ, खन्न र पुर्न सकिने अवस्था छैन भने अर्कोतिर सबैभन्दा ठुलो कुरो बजेटकै समस्या छ,’ ढकाल भन्छन्, ‘स्थानीय सरकार आए पनि सामुदायिक वन बचाउनका लागि कुनै पहल भएको छैन ।’

उनका अनुसार सुख्खा मौसममा जनावारका लागि बनाइएको पोखरीमा पानी छिटोछिटो सुक्ने गरेको छ । यी पोखरीमा पानीमात्र अनुगमन गर्ने कार्यसमितिले नियमित गर्ने गरेको छ ।

सामुदायिक वनका पूर्वअध्यक्ष तथा वर्तमान सल्लाहकार बुद्धिप्रसाद पोडेलका अनुसार वन क्षेत्रभित्र विभिन्न चार स्थानमा जनावरका लागि पानी पिउने पोखरी निर्माण गरिएको छ । अवश्यकताअनुरुप यसलाई थप्दै लैजाने योजनासमेत रहेको पौडेल बताउँछन् । सामुदायिक वनले दुई स्थानमा मुहान संरक्षणअन्तर्गत कार्य गर्दै आएको छ ।

उपभोक्ताका रूपमा रहँदा वा पदीय जिम्मेवारीमा रहँदा स्थानीय महिलाले वन र वन्यजन्तु संरक्षण आफ्नै जिम्मेवारी ठानेका छन् । सामुदायिक वनमा हाल मृग, रतुवा मृग, मयुर, सालक, दुम्सी, बाँदरलगायत वन्यजन्तु प्रशस्तै छन् । वन्यजन्तुले जंगलनजिकै रहेको बस्तीमा दुःख दिन थालेपछि स्थानीय र सामुदायिक वन उपभोक्ता समितिको सक्रियतामा वन्यजन्तु संरक्षण तथा व्यवस्थापन गरिन थालिएको छ ।



समस्या र गुनासा पनि छन्
सामुदायिक वन, वन्यजन्तु तथा पानीमुहान संरक्षणार्थ लागेका अभियन्तासँग समस्या र गुनासा पनि छन् । राजमार्गमा गुड्ने सवारीका कारण वन्यजन्त घाइते हुनेक्रमले चिन्तित गराएको छ । सवारीमा ठोक्किएर चोट लागेका मृग समातेर वन कार्मचारीको रोहवरमा समिति पदाधिकारी तथा वन उपभोक्ताले बाख्रा पाल्ने खोरमा राखेर चोट निको भएपछि वन कर्मचारीकै रोहवरमा वनमा छोड्ने गरेको वन्यजन्तु संरक्षण तथा व्यवस्थापन समिति संयोजक किशोरचन्द्र ढकाल बताउँछन् ।

सामुदायिक वनसँग बजेट अभाव हुँदा घाइते जनावरको उपचारार्थ काम गर्न नपाएको ढकालको गुनासो छ । वनबाट एक्कासी राजमार्गमा आइपुग्ने जनावर सुरक्षार्थ स्थानीय सरकारले खासै चासो नदिएको उनले बताए । ‘छाडा कुकुरका कारण पनि वन्यजन्तु शिकार हुने गरेको पाइएको छ,’ उनी भन्छन्, ‘यसको रोकथामका लागि कतैबाट चासो देखाइएको छैन ।’

यता, वनभर ढलेपडेको काठ छन् तर मान्छे मर्दा घाटमा लैजाने दाउरा हुन्न । ढलेको रुख, दाउरा बटुल्न पाए, समितिको आम्दानी हुन्थ्यो, अर्कोतिर आगलागीबाट जोगिन केही राहत । तर, सरकारी नीतिका कारण यस्ता समस्यामा सहजीकरण हुन सकेको छैन ।

वन्यजन्तु संख्या बढ्दो छ । यसअनुरुप नै वन क्षेत्रभित्र पानी पोखरी थप निर्माण गर्नुपर्ने आवश्यकता बढेको देखिन्छ । समितिले थप पानीपोखरी बनाउने योजना बनाए पनि बजेट अभावले काम अघि बढाउन नसकिएको ढकाल बताउँछन् ।
वन बचाउन अहोरात्र खट्ने समिति पदाधिकारी तथा उपभोक्तालाई वनप्रदावर प्रयोगमा लागि भने झण्झटीलो काुननका कारण समस्या भएको उपभोक्ताको गुनासो छ । ‘हामीले वन, वन्यजन्तु, पानीका मुहान संरक्षण गरेका छौं,’ उनीहरू भन्छन्, ‘यसमा गर्व छ तर हामीले गरेको काममा सन्तोषको श्वास लिन पाएका छौनौं ।’



मकवानपुर जिल्लामा ४ सय २५ सामुदायिक वन छन् । जसमा नियमअनुसार प्रमुख पदमा ५० प्रतिशत महिला छन् ।
महिलाका क्षमता विकास नेतृत्व विकास तथा जीविकोपार्जनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुर अध्यक्ष साधुराम चौलागाईं बताउँछन् । वन समितिमा ५०-५० प्रतिशत नेतृत्व रहने कानुनी व्यवस्थाअनुसार महिला नेतृत्व भएपछि वन तथा वनजन्य स्रोत सम्पदा संरक्षणमा प्रगती भएको उनको विश्वास छ ।

तपाइको प्रतिक्रिया
(Visited 220 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कञ्चनपुरको शुक्लाफांटामा प्रमुख एमाले उपप्रमुख काङ्ग्रेस निर्वाचित