त्यसो त प्लाज्माथेरापी उपचार विधि सन् १८९० मा पहिलोपटक गरिएको भए पनि विश्व स्वास्थ्य संगठनले सन् २०१४ मा इबोलाको उपचारमा सिफारिस गरेको थियो । सन् २००९ को एच १ एन १, स्पेनिस फ्लुमा पनि प्लाज्मा थेरापी प्रयोग गरिएको थियो । तथापि, नेपालमा नौलो मानिँदै छ ।
त्रिवि शिक्षण अस्पतालमा उपचाररत कोरोना संक्रमित वीर र नोवेल अस्पतालका दुई चिकित्सकको अवस्था बिग्रिएर निमोनिया भई गम्भीर बनेकामा प्लाज्मा थेरापीपछि स्वास्थ्यमा उल्लेखीय सुधार भई सामान्य जीवनमा फर्किएका छन् । यसअघि पहिलोपटक विराट मेडिकल कलेजका संचालक डा. ज्ञानेन्द्रमानसिंह कार्कीलाई प्लाज्माथेरापीबाट उपचार गरी स्वस्थ बनाइएको थियो ।
प्लाज्माथेरापी
करिब १ सय २० वर्ष पहिले जर्मनीका वैज्ञानिक बेहरिनले टिटानस र डिप्थेरियाको उपचार प्लाज्मा थेरापी पद्धतिबाट गरेका थिए । उनले प्लाज्माको सक्रिय पदार्थलाई एन्टिबडीको नामसमेत दिएका थिए । कोभिडका लागि भने सबैभन्दा पहिले चीनमा यसको प्रयोगका ’boutमा खोजी भएको थियो । समयक्रमसंगै धनुष्टंकार, इन्फ्लुयन्जा, सार्स, स्वाइन फ्लु र इबोला संक्रमणविरुद्ध प्लाज्माथेरापीको प्रयोग भएका छन् । जर्मन भौतिकशास्त्री एमिल भोन बेहरिनले पत्ता लगाएको उपचार विधि– प्लाज्मा थेरापी हो । प्लाज्माथेरापी नौलो प्रविधि होइन, एक शताब्दी पहिले नै भ्यागुते रोगमा काम लाग्छ भनेर प्रमाणित गरेकाले इमिल भन बेहरिङले चिकित्साशास्त्रतर्फको पहिलो नोबेल पुरस्कार पाएका थिए ।
समयक्रमसँगै धनुष्टंकार, इन्फ्लुयन्जा, सार्स, स्वाइन फ्लु र इबोला संक्रमणविरुद्ध प्लाज्माथेरापीको प्रयोग भएका छन्
कोभिडमा श्वासप्रश्वासमा समस्या भई अंगमा क्षति पुग्न लागेको अवस्थामा अन्तिम उपचारका रूपमा दिने प्लाज्मा, संक्रमण भई निको भएको दुई सातादेख तीन महिनासम्म दुई साताको फरकमा ४ सय एमएल दिन सक्छन् । उक्त मात्राले तीनदेखि चार जना गम्भिर संक्रमितलाई एन्टिबडी पुग्ने गरी दिन सकिन्छ । प्लाज्मालाई माईनस २० डिग्री तापक्रममा ६ महिना र माइनस ४० डिग्री तापक्रमम १ बर्षसम्म भण्डारण र सञ्चय गरी प्रयोग गर्न पनि सकिन्छ ।
भारतलगायतका मुलुकमा थेरापीको उत्साहजनक परिणाम छ । कोभिड १९ विरुद्ध प्लाज्मा थेरापी प्रभावकारी उपचार सावित हुन सक्छ । रोगविरुद्ध बनेको एन्टिबडी नै उपचारमा भाइरस मार्न प्रयोग गर्ने हो ।
प्लाज्मा दान
कोभिडविरुद्धको एन्टिबडी टाइट्रर १ः६० भए कम, १ः२५० भए मध्यम र १ः२५० बढी भए उच्च मानिन्छ । कोरोनाविरुद्धको एन्टिबडी टाइटर ६४ भन्दा माथि, संक्रमण भएको २८ दिनपछि वा नेगेटिभ आएको १४ दिनदेखि ३ महिनासम्म प्लाज्मा दान गर्न सकिन्छ । नियन्त्रित उच्च रक्तचाप, सुगर, कम्तीमा ५५ किलो तौल, हेमोग्लोबिनको मात्रा १२.५ र १८ देखि ६० वर्षका व्यक्तिले प्लाज्मा दान गर्न सक्छन् । कोभिड–१९ पूर्ण रूपमा ठीक भएको अर्थात् अन्तिम २ पीसीआर रिर्पाेट नेगेटिभ आएका, १४ दिनपछि, दुई साताको ग्यापमा प्लाज्मा दान गर्न सक्छन् । यदि २८ दिनपछि प्लाज्मा दान गर्न चाहेमा एन्टिबडी परीक्षण अनिवार्य छ । संकलित प्लाज्मा १ वर्षसम्म प्रयोग गर्न सकिन्छ । आमा बनिसकेका र गर्भवतीले प्लाज्मा दान गर्न सक्दैनन् । यदि त्यसो गरिए टीआरएएलआई रक्तसञ्चारसँग सम्बन्धीत एक्युट लङ इन्जुरी भई कोभिड–१९ का बिरामीको फोक्सोमा असर गर्छ । गर्भाधारणपछि महिलाको भ्रुणमा पिताको अंशविरुद्ध एन्टिबडी बन्छ जसलाई ह्युमन ल्युकोसाइट एन्टिजेन एचएलए भनिन्छ । जति बच्चा बढी त्यति नै यस्ता एचएलएविरुद्धको एन्टिबडी बढी । त्यस्तै उच्च रक्तचाप, मधुमेह, मुटु, फोक्सो, कलेजो र मिर्गाैला रोगीको प्लाज्मा अनपयुक्त हुने भएकाले कोभिडको उपचारमा प्रयोग गरिँदैन ।
प्लाज्मा थेरापी १४ दिनमा बन्ने एन्टिबडी नबन्दै वा बन्न सक्ने अवस्था नभएकामा निको भएकाको प्लाज्मा अर्थात् एन्टिबडी दिएर उपचार गर्ने मान्यता हो
अक्सिजनको मात्रा ९३ प्रतिशत कम, आईसीयूमा भर्ना, पल्स र रेस्पिरेसन रेट ३० प्रतिमिनेट बढी वा सास फेर्न गाह्रो र अगंहरूमा क्षति पुगेको लक्षण तथा चिह्नहरू गरी पाँच मापदण्डका आधारमा प्लाज्मा थेरापी चलाइन्छ । प्लाज्माथेरापीको सफलता दुईदेखि चीन, नेदरल्यान्डमा ५० प्रतिशत र औषतमा २३ प्रतिशत सफल देखिएको छ भने नेपालमा ४ प्रतिशत ।
प्लाज्माथेरापीका कारण कसैकसैमा प्रतिक्रियाका कारण फोक्सोमा एक्कासि चोट पुग्न सक्छ । कोरोनामुक्त सुत्केरीको रगत अन्य संक्रमितलाई दिँदा यस्तो जोखिम बढी देखिएको छ । नेपालमा एन्टिबडी बने नबनेको र कति मात्रामा बनेको नहेरी धेरै स्थानमा अध्यारोमा तीर चलाइरहेको छ ।
खोज र अनुमति
अमेरिकाको एफडिएले जोखिमभन्दा फाइदा नै बढी भएकाले आपतकालीन अवस्थामा कोरोना संक्रमितको उपचार प्लाज्मा थेरापीबाट गर्ने अनुमति अगस्ट २३ मा प्रदान गरेको छ । राष्ट्रपति ट्रम्पले वास्तवमै चिनिया भाइरसविरुद्धको हाम्रो लडाइमा प्लाज्मा थेरापीले अनुमति पाउनु ऐतिहासिक बताएका थिए । प्लाज्माथेरापीबाट मृत्यु ३५ प्रतिशत कम गर्ने र निको भइसकेपछि प्लाज्मा दान गर्ने भएकाले दोहोरो फाइदा हुने राष्ट्रपतिले बताएका थिए ।
अमेरिकाको मेयो क्लिनिकका अनुसन्धानदाताहरूले कोभिड–१९ बाट निको भएका व्यक्तिको रक्त प्लाज्मा संक्रमितको उपचारमा निकै फलदायी रहेको जानकारी दिए पनि प्रमाणीक थिएन । प्लाज्मा दिइएकामा मृत्युदर ज्यादै न्यून छ । भाइरससँग लड्ने क्षमता अत्यन्त कमजोर भएर एन्टिबडीको सख्त जरुरी परेका बिरामीलाई प्लाज्माथेरापीले धेरै मद्दत गरेको छ भन्दै प्रमाण दिएको थियो । तथापि प्लाज्माथेरापीबाट प्रतिरोधात्मक शक्ति निष्क्रिय र अस्थायी हुने गरेकाले विश्व स्वास्थ्य संगठनले प्लाज्माथेरापीलाई आकस्मिक अवस्थाका लागि सिफारिस गरेको छ ।
एनएचआरसीको अनुसन्धान
कोभिड–१९ का बिरामीको प्लाज्माथेरापी विधिबाट उपचार गर्ने’bout अनुसन्धान गर्न कोरोना भाइरस संक्रमणबाट निको भएका बिरामीसँग रगत दान गर्न २०७७ असार ३० गते परिषद्ले आह्वान ग¥यो । राजधानीलगायत देशभरका १६ वटा अस्पतालको माध्यमबाट प्लाज्मा संकलन र उपचार प्रविधि सुरु गरेको हो । निको भएको तीन सातासम्म प्लाज्मा दिन सक्ने भएकाले सूची तयार पार्दे सामान्य रक्तदान जस्तै दान र रक्तसञ्चार जस्तै प्लाज्मा सञ्चार रगत चढाउने हो भन्ने सूचना सञ्चार गरेको परिषद्ले आजसम्म अनुसन्धानको अन्तिम परिणाम दिएको छैन । क्लिनिकल ट्रायलका रूपमा प्रयोग भएकाले परिषदको निक्र्योल पछि वैद्यता दिने कुरा थियो ।
प्लाज्मादानले सामाजिक ब्यवहारमा सुधार
कोरोना संक्रमित तथा अन्यमा त्रास फैलिदै गएकाले मनोवल बढाउन, हेप्ने, छिःछि र दुरदुर गर्ने प्रवृत्तिले समाजमा लुकेर बसेकालाई दुव्र्यवहार होइन, सम्मान गर्नुपर्छ भन्ने अभियानका साथ प्लाज्मा दान नै जीवनदान हो भन्दै नेपाल चिकित्सक संघले प्लाज्मा दान सुरु गरेको हो । प्लाज्मा दान गर्ने व्यक्तिलाई चिकित्सक संघले प्रशंसापत्रसहित दोसल्ला र मायाको चिनोले उच्च सम्मान गरेको पनि हो ।
कोभिडबाट निको भएकाको रगतले अरू संक्रमितलाई बचाउन सकिने थाहा पाएपछि छरछिमेकको हेराइ एकाएक बदलेर सोधखोज, हाइहेलो र समाजमा घुलमिल गर्न थालेका छन । अर्थात् प्लाज्मा दानले सामाजिक विभेद पनि हटाउन सहयोग गरेको छ । एकातिर लुकेर बसेका संक्रमितलाई समाजमा स्थापित गर्न सहज भएको छ भने अर्काेतिर बिरामीका लागि प्लाज्माथेरापी गराएर बा“च्ने दर बढाउन सहयोग गरेको छ ।स्वास्थ्यकर्मीबाट अघि आई सुरु भएको प्लाज्मादान र उपचार विधि कोभिड–१९ को उपचारको सबैभन्दा सस्तो उपचार विधि हो ।
अन्तमा, कोभिड उपचारमा एक आशाको किरण हो प्लाज्मा थेरापी । १४ दिनमा बन्ने एन्टिबडी नबन्दै वा बन्नसक्ने अवस्था नभएकामा निको भएकाको प्लाज्मा अर्थात् एन्टिबडी दिएर उपचार गर्ने मान्यता हो । तसर्थ रोकथामका लागि खोप र उपचारका लागि औषधि नबन्दासम्म प्लाज्माथेरापी कामचलाउ उपचार हो । रेम्डेसिभिरलाई पनि विश्व स्वास्थ्य संगठनले प्रयोगमा मान्यता नदिएपछि सहयोगी, दानी स्वभाव भएका नेपालका लागि प्लाज्माथेरापी कोभिडको उपचारलगायत अन्यमा वरदानसिद्ध हुन सक्छ ।