मोटरसाइकलले अटोलाई ठक्कर दिँदा एकको मृत्यु, ५ जना घाइते

तुलसीपुर । मोटरसाइकलको ठक्करबाट अटो रिक्सा अनियन्त्रित भएर पल्टिदा दाङको तुलसीपुरमा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । मृत्यु हुनेमा अटो चालक तुलसीपुर उपमहागनरपालिका–४ रक्षाचौर निबासी वर्ष २३ का मदन वली रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए । घटनामापरी घाईते भएका वलीको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा दिउँसो साढे १२ बजे मृत्यु भएको हो ।

त्यसैगरी गम्भिर घाइते तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौर निवासी २२ बर्षका केशव केसी र बाँके राप्ती गाउँपालिका–३ निबासी १७ बर्षकी एन्जिला शाहीलाई राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ ।
सोही घटनामापरी घाइते भएका मोटरसाइकल चालक सल्यान बाँगचौर नगरपालिका– १ थारमारे निवासी १९ बर्षका प्रदिप चलाउने, सोहि मोटरसाइकलमा पछाडी सवार सोहि ठाँउका १७ बर्षका राजेस बस्नेत र अटोमा सवार शान्तीनगर गाउपालिका –५ रगैँचा निबासी १६ बर्षकी रेखा बस्नेत उपचार पछि घर फर्किएका छन् ।

साततलेबाट तुलसीपुर तर्फ आउँदै गरेको रा १ ह २५६७ नम्बरको अटोलाई सोहि दिशाबाट आउँदै गरेको रा ६ प ४९०२ नम्बरको मोटरसाइकलले बिहान साढे ११ बजे तुलसीपुर–सल्यान सडकखण्डको लाहुरेचौरमा उछिन्नेक्रममा ठक्कर दिँदा अटो सडकबाट १५ मिटर तल खसेको प्रहरीले जनाएको छ । ‘सुनेको अनुसार पछाडीबाट आएको मोटरसाईकलले ठक्कर दिदा अटो अनियन्त्रित भएर सडकबाट करिब १५ मिटर तल खस्यो,’ प्रनाउ सिंहले भने, ‘मोटरसाइकल भित्तापट्टी नालामा पल्टियो । अनुसन्धान हुँदैछ ।’

घरको पिल्लरमा ठोक्किदा बालक गम्भिर घाइते
तुलसीपुुरमा आफ्नै घरको पिल्लरमा ठोक्किदा एक बालका गम्भिर घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुरमा उपमहानगरपालिका–१२ कपडादेवी निबासी राहुल घर्तीका ६ बर्षका छोरा हिकमत घर्ती रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरमा प्रहरी निरीक्षक झलक प्रसाद शर्माले जानकारी दिए । स्कुलबाट घरमा दौडेर आउँदै गरेका बालक दिउँसो साढे चार बजे लडेर पिल्लरमा ठोक्किदा उक्त घटना भएको हो । निधारमा चोट लागेर बेहोस भएका बालकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 365 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम