नाइजेरियामा सिपाहीले गरे आफ्नै चार सहकर्मीको हत्या

लेगोस । नाइजेरियाली सेनाका एक जना सिपाहीले बुधबार आफ्नै चार जना सहकर्मीको हत्या गरी आफूले आत्महत्या गरेका छन् ।

नाइजेरियाली सेनाले जारी गरेको विज्ञप्तिमा हिंसाग्रस्त बोर्नो प्रान्तमा सेवारत उनले चलाएको बन्दुकबाट अरु दुई जना घाइते भएको उल्लेख छ । सैनिक प्रवक्ता सागिर मुसाले घाइतेहरुको बोर्नोको राजधानी माइदीगुरी सैनिक अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्थामा सामान्य रहेको बताए ।

उक्त घटनाका ’boutमा सेनाले छानबिन शुरु गरेको पनि प्रवक्ता मुसाले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 195 times, 1 visits today)

epaper

ताजा समाचार

वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरैमा एनओसी पाउन सक्ने