थप ४०९ जनामा कोरोना संक्रमण, ४९५ जना निको

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ४०९ जनामा कोरोना (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ६ हजार ७०६ जनाको स्वास्थ्य परीक्षण गर्दा ४०९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ६३ हजार १९३ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ४९५ निको भएका छन् । यो सँगै निको हुनेको सङ्ख्या दुई लाख ५६ हजार १६१ रहेको मन्त्रालयले जनाएको छ । अहिले देशभर ५ हजार १३३ सक्रिय सङ्क्रमित छन् ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ८९९ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप ६ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 193 times, 1 visits today)

epaper

ताजा समाचार

ग्यास अभाव हुन नदिन सरकारको पहल : आयात, भण्डारण र बजार वितरणलाई पूर्ण क्षमतामा सञ्चालन गर्न निगमको निर्देशन