काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूह आज नागरिक समूहका अगुवाहरुसँग छलफल गर्दैछ । आन्दोलनमा उत्रिएको उक्त समूहले प्रतिनिधिसभा विघटनको विरोधमा बृहत अन्तरक्रियालाई निरन्तरता दिएको हो । हिजो विभिन्न राजनीतिक दलसँग राजधानीको इन्द्रेणी फुडल्यान्डमा अन्तरक्रिया गरेको थियो ।
दाहाल-नेपाल समूहले आज अपराह्न २ बजेपछि नागरिक समुहसँग अन्तरक्रिया आयोजना गरेको हो । प्रतिनिधिसभा विघटनपछि पनि मुलुकमा गम्भीर राजनीतिक षड्यन्त्र भैरहेको भन्दै नागरिक समाजको राय लिन लागिएको सो दलका नेताले बताएका छन् ।
प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा विचाराधीन भएपछि दाहाल नेपाल समूहले दोस्रो चरणको आन्दोलन कार्यक्रम घोषणा गरिसकेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 232 times, 1 visits today)






