वासिङ्टन हिंसापछि अमेरिकामा बन्दुक बनाउने कम्पनिको सेयर मुल्य ह्वात्तै बढ्यो

एजेन्सी । अमेरिकी स्टक मार्केटमा बुधबार विषेश भयो । विषेश हुनुको कारण थियो, अमेरिकी संसद परिसरमा आक्रमण । उक्त आक्रमण भएको दिन बन्दुक बनाउने कम्पनिको शेयरमा अत्याधिक वृद्धि भयो । बन्दुक बनाउने कम्पनिको एकै दिन १८ प्रतिशतले सेयर बढ्यो । राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थितले अमेरिकी ससंस परिसरमा आक्रमण गरेको दिन सेयर बजार बढेको हो । उक्त घटनामा पाँच जनाको मृत्यु भएको छ ।

सन २०२० मा अमेरिकामा ८४ लाख नागरिकले पहिलो पटक बन्दुक खरिद गरेका थिए । एक अध्ययन अनुसार सन २०२० मा बन्दुक किन्ने मध्ये धेरै अश्वेत छन्

स्मिथ एण्ड वेसन ब्राण्ड र स्ट्रम रगर अमेरिकामा बन्दुक बनाउने मुख्य कम्पनि हुन् । विस्टा आउटडोरले बन्दुकमा लाग्ने गोली बनाउछ । तीनै कम्पनि अमेरिकी सेयर बजारमा सुचीकृत छन् । स्मिथ एण्ड वेसनको १८ प्रतिशत, विस्टा आउटडोरको १५ र स्ट्रम रगरको १२ प्रतिशतले सेयर मुल्य बढेको थियो । एक महिनाको अवधिमा विस्टाको सेयर मुल्य ५०, स्मिथको ३७ र स्ट्रम रगरको २८ प्रतिशतले मुल्य बृद्धि भएको छ ।

गएको वर्ष अमेरिकामा बन्दुक बिक्रीको संख्याले रेकर्ड ब्रेक गरेको छ । हाते बन्दुक र राइफल समेत गरेर २.१ करोड बन्दुक बिक्री भएको विभिन्न समाचार संस्थाले उल्लेख गरेको छ । सन २०१९ को तुलनामा यो बन्दुक बिक्री ६० प्रतिशतले बढी हो । सन २०१६ मा १.६ करोड बन्दुक बिक्री भएको थियो ।

प्रतिव्यक्ति बन्दुक बोक्नेमा अमेरिकी नागरिक सबै भन्दा अगाडि छन् । १०० जनामा १२० वटा बन्दुक भएको विभिन्न अध्ययनले देखाएको छ । सन २०२० मा अमेरिकामा ८४ लाख नागरिकले पहिलो पटक बन्दुक खरिद गरेका थिए । एक अध्ययन अनुसार सन २०२० मा बन्दुक किन्ने मध्ये धेरै अश्वेत छन् । अमेरिकामा हरेक वर्ष राष्ट्रपतिको चुनाव हुने वर्ष धेरै मात्रामा बन्दुकको कारोबार हुने गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 157 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रत्ननगर नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी