लोक तथा दोहोरी गायक बम बहादुर कार्की सहितको टोली कतारमा

दोहा । गरिब तथा जेहेन्दार विद्यार्थीहरूका लागि छात्रवृत्ति सहयोगार्थ गुल्मी सेवा समाज कतारले आयोजना गरेको आठौँ वनभोज तथा सांस्कृतिक कार्यक्रममा साङ्गीतिक प्रस्तुति दिनको लागि समाजको निमन्त्रणामा कलाकारहरू आज बिहान कतार आइपुगेका छन् ।

कतार आइपुगेका कलाकारहरूमा वरिष्ठ लोक तथा दोहोरी गायक बम बहादुर कार्की, दीपक परियार र गायिका सरिता कार्की रहेका छन् । कलाकारहरूलाई हमाद अन्तर्राष्ट्रिय एयरपोर्टमा समाजका अध्यक्ष झबिन्द्र आचार्य, उपाध्यक्ष एवं कार्यक्रम संयोजक कुमार अविरल, लगायतले स्वागत गरेका थिए । कार्यक्रम सहानिया स्थित अलदुसारी चिडियाखानामा भोलि (शुक्रवार) सपन्न हुँदै छ ।

आफ्ना साङ्गीतिक प्रस्तुतिहरूले भरपुर मनोरञ्जन प्रदान गर्न आफूहरू उत्साहित रहेको बताउँदै कतारवासी नेपालीहरूलाई कार्यक्रममा उपस्थित भइदिन पनि कलाकारहरूले आग्रह गरे । कतारमा रहेका नेपालीहरू एवम् विशेष गरी गुल्मेलीहरूलाई उक्त कार्यक्रममा उपस्थित हुन् सह सचिव दर्शन सुनुवारले आग्रह गरेका छन् ।

कार्यक्रमबाट आर्जन हुने मु(नाफालाई समाजले सञ्चालन गरेको छात्रवृत्ति अभियानमा समावेश गराई जिल्लाका सबै नगरपालिका तथा गाउँपालिकामा रहेका विद्यालयहरूमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरूका लागि वितरण गर्दै आएको छात्रवृत्ति वितरण कार्यक्रमलाई निरन्तरता दिइने समाजका अध्यक्ष झविन्द्र आचार्यले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 414 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
लुम्बिनीका सबै स्थानिय तहमा संयुक्त संयन्त्र बनाउने गठबन्धनको निर्णय (निर्णयसहित)