नेपालगन्ज । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले राष्ट्रिय एकता नै राज्यको शक्ति एब सुरक्षाको प्रमुख आधार भएको बताएका छन् । नेपालगन्जको राँझामा रहेको नम्बरं ४ बाहिनीमा आयोजित भुपु सैनिक सम्मेलनलाई सम्बोधन गर्दै प्रधानसेनापति थापाले सो कुरा बताउँदै नेपाली सेना नेपालीहरुको आस्था र भरोसाको केन्द्रबिन्दु भएको दाबी गरे ।
प्रधानसेनापति थापाले राष्ट्रिय सुरक्षा र एकता कायम गर्न नेपाली सेना सधैं अग्रसर रहेको बताउँदै सम्पूर्ण नेपालीहरूबीच एकता बनाइ राख्न नेपाली सेनाबाट अनवरत रुपमा प्रयास हुँदै आएको र भविश्यमा पनि हुने विश्वास ब्यक्त गरे ।
प्रधानसेनापति थापाले राष्ट्रियता एकता र पहिचानका बिषयहरु ओझेलमा पर्दा राष्ट्रिय सुरक्षा, विकास, सम्बृद्धिमा बाधा पुग्न सक्ने बताउँदै त्यसतर्फ सबै नेपाली सचेत हुनु पर्ने स्पष्ट पार्दै नेपाली सेनाले ईतिहासको संरक्षणको क्षेत्रमा पनि जिम्मेवारी बहन गर्न सुरु गरेको बताए ।
नेपाली सेना ऐतिहासिक धरोहरको संरक्षण र प्रवर्धन गरी इतिहास जोगाउने कार्यमा अग्रसर हुँदै आएको जानकारी दिदै भने–‘ नेपाल एकिकरणको बेला पृथ्वीनारायण शाह हिडेको पदमार्ग, सिन्धुली गढी र पाल्पा दरवार जस्ता ऐतिहसिक महत्व बोकेका स्थानको संरक्षण र भावि पुस्तालाई त्यसको महत्वको ’boutमा जानकारी गराउन हामीले पहल गरेका छौ ।’
प्रधानसेनापति थापाले नेपाली नागरिकहरुलाई एकीकरण अभियानको भौतिक अनुभुति प्रदान गर्दै राष्ट्रियता र एकता अभिबृद्धि गर्ने अभिप्रायले पहलमा एकीकरण पदमार्ग निर्माण भइरहेका बताए ।
राष्ट्रिय स्वाधीनता र अखण्डता कायम राख्न भुपू सैनिकले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै प्रधानसेनापति थापाले अवकाश प्राप्त सैनिकको आर्थिक सुधारका लागि नेपाली सेनाले विभिन्न लोक कल्याणकारी कार्यक्रम संचालन गर्दै आएको बताए ।
सम्मेलनमा भूपू सैनिकलाई लक्षित गरी स्वास्थ्य उपचार सेवा, लघुवित्त कार्यक्रमका ऋणीलाई चेक हस्तान्तरण, सर्वोत्कृष्ट र उत्कृष्ट व्यवसायीलाई पुरस्कार, ज्येष्ठ सैनिकलाई सम्मान र एकल तथा अशक्तलाई सहायक सामग्री हस्तान्तरण गरिएको छ ।
भुपू सम्मेलनमा बाके बर्दिया र हुम्ला जिल्लामा प्रचलित झाँकीहरू प्रस्तुत गर्नुका साथै भुपू सैनिक तथा बहालवाला सैनिकहरूले कबाज प्रर्दशन गरेका थिए ।
सेनाबाट अवकाश पाएपछि विदेश जाने परम्परालाई रोक्न पनि सेनाले सहुलिय दरमा ऋण दिएर स्वदेश मै विभिन्न व्यवसाय सञ्चालनका लागि समेत सेनाले प्रोत्साहन गर्दै आएको छ ।
सैनिक कल्याणकारी कोषमा अहिले ४१ अर्ब रुपैया छ । यसबाट आठ लाख भूतपूर्व सैनिकलाई लक्षित गरी शिक्षा, स्वास्थ्य, स्वरोजगारका कार्यक्रम सञ्चालन भइरहेको छ ।
सो कार्यक्रममा बाँके, बर्दिया र हुम्लाका २ हजार बढी भुपु सैनिक तथा उनीहरुका सन्तति सहभागि रहेको कार्यक्रममा प्रधानसेनापति थापाले उनीहरुको अवस्था तथा समस्याको ’boutमा चासो लिएका थिए ।