Wednesday, June 23, 2021
Home विदेश भारतमा कोरोना खोपको तयारी, शुरुमा ३० करोडलाई खोप दिइने

भारतमा कोरोना खोपको तयारी, शुरुमा ३० करोडलाई खोप दिइने

,

नयाँदिल्ली ।भारतले कोरोनाभाइरस विरुद्धको खोप यही शनिबारदेखि आम सर्वसाधारणलाई प्रदान गर्न थाल्ने जनाएको छ । सुरक्षा चिन्ता, कमजोर पूर्वाधार र आम जनतामा रहेको सन्देहबीच झण्डै एक अर्ब ३० करोड जनतालाई खोप दिने कार्य निकै जटिल हुनेछ । त्यहीकारण पहिलो प्राथमिकतामा राखेर सरकारले जुलाईसम्ममा करिब ३० करोड मानिसलाई खोप दिने तयारी शुरु गरेको छ । भारत विश्वमै सबैभन्दा बढी जनसंख्या भएको दोस्रो मुलुक हो ।

भारतमा भन्दा चीनको जनसंख्या बढी छ । खोपका लागि ७०० जिल्लामा करिब एक लाख ५० हजार कर्मचारी परिचालन गरिएको छ । उनीहरुले तालिम समेतका आवश्यक जानकारी दिइएको छ । भारतले आपतकालीन प्रयोगका लागि भन्दै पहिलो चरणमा तीन करोड स्वास्थ्यकर्मी तथा ५० वर्ष वा सोभन्दा बढी उमेरका व्यक्ति तथा स्वास्थ्य जोखिममा रहेका २७ करोड व्यक्तिलाई खोप दिने तयारी गरेको छ ।

अधिकारीहरुले पोलियो र अर्बुद रोगसम्बन्धी बालबालिकालाई नियमित खोप दिइरहेकाले कोभिड–१९ विरुद्धको खोप लगाउन त्यति समस्या नहुने बताएका छन् । राष्ट्रिय खोप इन्स्टिच्यूटका सत्यजित राठले बालबालिकालाई खोप लगाउनुभन्दा कोभिड–१९ विरुद्धको खोप लगाउनु निकै जटिल र चुनौतीपूर्ण रहेको बताउनुभयो । भारतले प्रयोगमा ल्याउन लागेका खोपहरुमा अस्ट्राजेनिकाले स्थानीय साझेदारी सेरम इन्स्टिच्यूटसँग मिलेर तयार पारेको कोभिसिल्ड र भारत बायोटेकले विकास गरेको कोभ्याक्सिन रहेका छन् ।

यी दुबै खोपलाई चिसो ठाउँमा राख्नुपर्ने हुन्छ । सरकारले २९ हजार चिस्यान विन्दुहरु, २४० वटा कुलर, ७० वटा फ्रिजर, ४५ हजार रेफ्रिजेरेटर, ४१ हजार डिपफ्रिज र ३०० वटा सोलार रेफ्रिजेरेटरको व्यवस्था गरेको छ । कोरोनाभाइरसको संक्रमणबाट एक लाख ५० हजारभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ । कोरोनाभाइरसका कारण भारत विश्वमै आर्थिक रुपमा सबैभन्दा बढी प्रभावित भएको छ, र लाखौं मानिसले आफ्नो रोजगारी गुमाएका छन् ।

हालै भारतका १८ हजार व्यक्तिमा गरिएको सर्वेक्षणमा झण्डै ६९ प्रतिशतले कोभिड–१९ को खोप लिन आफूहरुलाई हतारो नभएको बताएका थिए । सेरम इन्स्टिच्यूटले भारतमा आफूले उत्पादन गरेको खोप व्यक्ति र संस्थालाई पनि बेच्ने गरी अनुमति पाएको छ । सेरमको खोप भारतमा भारु १००० तोकिएको छ ।

(Visited 119 times, 1 visits today)
Loading comments...

आजको समाचार

निषेधाज्ञामा १३ हजार हवाई यात्रु र २३ लाख केजी बढीको कार्गो सेवा

काठमाडौं । नयाँ भेरियन्टसहित तीव्र तीव्रमा फैलिएको कोरोना महामारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञाको समय गत जेठ महिनामा मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १३ हजार...

अब पाँच सदस्यीय मन्त्रिपरिषद्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कामचलाउ सरकार पाँच सदस्यमा परिणत भएको छ । प्रधानमन्त्री ओलीले पछिल्लोपटक विस्तार गरेको मन्त्रिपरिषद् सर्वोच्च अदालतले अन्तरिम...

घर आउँदै गरेकी किशोरीलाई लछारपछार पारी बलात्कार गर्ने पक्राउ

  दल्लु ।  जबर्जस्ती बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बलात्कार गरेको आरोपमा गुराँस गाउँपालिका–३ का ३६ वर्षीय भद्रबहादुर बुढालाई...

अशक्त बालबालिकाको हेरविचार सरकारले गर्नेछ : प्रधानमन्त्री

  काठमाडाैं ।   प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अशक्त र परित्यक्त बालबालिकाको हेरविचारसहित आवश्यक सबै प्रबन्ध गर्ने बताएका छन् । नेपाल बाल संगठनको केन्द्रीय सभाको...

२४२१ मा काेराेना संक्रमण पुष्टि ५२ जनाकाे मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा २४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७४६१ पीसीआर परीक्षणमा १५११ र...

साताका लोकप्रिय समाचार

अब ‘स्मार्ट लकडाउन’ गर्ने सीसीएमसीको निर्णय

काठमाडौं । कोभिड १९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले संक्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्ति सहित ‘स्मार्ट लकडाउन’ तर्फ जाने...

छाँगोमा अड्किएका २२ जनालाई डोरीले तानेर उद्दार

  दोलखा । चीनको स्वाशासित क्षेत्र तिब्बतसंग जोडिएको दोलखाको बिगु गाउँपालिका १ लप्ची क्षेत्रबाट लामाबगर फर्किदै गरेका २२ जना नागरिकलाई आज नेपाली सेना र प्रहरीले...

आरआरआरमा आलियाले पाइन् अहिलेसम्मकै धेरै पारिश्रमिक

  मुम्बई । ‘बाहुबली’ फेम निर्देशक एसएस राजामौलीको ‘आरआरआर’ आम दर्शकका लागि चासोको विषय बनेको छ । कोरोना संक्रमणले फिल्मको सुटिङमै अवरोध भएपछि फिल्म कहिले...

तीस हजार युवालाई रोजगारी !

  इटहरी । ग्रामीण उद्यम तथा विप्रेषण आयोजना ‘समृद्धि’ ले चार वर्षको अवधिमा तीस हजार युवालाई स्वरोजगार बनाउन हाल सीप प्रदान गरिरहेको छ । वाणिज्य तथा...

देउवालाई रोक्न दौडधुप

  काठमाडौं । नेपाली कांग्रेसभित्र १४औं महाधिवेशनको सरगर्मी सुरु भएको छ । महाधिवेशनको मिति अनुमोदन भएपछि नेताहरूले भेटघाट र दौडधुपलाई तीव्रता दिएका छन् । सभापति शेरबहादुर...

ट्रेन्डिङ

साझा सेवाले सञ्चालनमा ल्यायो इन्धन बोक्ने ५ थान ट्याङ्कर

काठमाडौँ । साझा सेवा (सहकारी संस्था) ले इन्धन ढुवानी सेवाका लागि पाँच थान ट्याङ्कर आजदेखि सञ्चालनमा ल्याएको छ । सरकारी तथा सामाजिक सङ्घसंस्था मात्र...

बाढीपहिरोको कहर : एकै दिन २३ को मृत्यु, ३६ बेपत्ता र २६ जना घाइते

काठमाडौं । गत बिहीबारदेखि सक्रिय मनसुनका कारण आएको बाढीपहिरोका कारण देशभरका विभिन्न जिल्लामा कम्तीमा २३ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका...

कोरोनाविरुद्ध लड्न एकजुट होऔं

देशमा कोरोना संक्रमण बढ्दै गइरहेका बखत सत्ताधारी दलमा राजनीतिक खिचातानी चुलिन जाँदा आमजनतामा त्यसले कत्ति पनि सकारात्मक सन्देश दिएको छैन । महामारीविरुद्ध लड्नुको सट्टा...

पर्यावरण संरक्षणकर्ता दिलिपको न्याय माग्दै सर्लाहीमा विरोध प्रदर्शन

सर्लाही । पर्यावरण अभियन्ता दिलिप महतोकोे न्यायको माग गर्दै पूर्वपश्चिम राजमार्गको लालबन्दीमा शनिवार प्रदर्शन गरिएको छ । चुरे तथा वनजंगल संरक्षण...

निजामती सेवा विधेयक सर्वमान्य बनाऊ

प्रतिनिधिसभाको पुनस्र्थापना भएपछि निरन्तर चलिरहेको अधिवेशनमा सोमबार पेस भएको संघीय निजामती सेवा विधेयक विवादमा परेको छ । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले संसद्मा पेस...

दाङको एउटै वडामा भेटिए ४४ जना कोरोना संक्रमित

तुलसीपुर । दाङको बंगालीचुली गाउँपालिकामा एकै दिन २ बर्षीया बालिकासहित ४४ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा...

कलैयामा प्रहरी जवानलाई कोरोना संक्रमण

बारा । जिल्ला प्रहरी कार्यलय कलैयामा कार्यरत एक जना प्रहरी जवानमा कोरोन संक्रमण देखिएको छ । जिल्ला प्रहरी कार्यलयको मुद्धा फाटमा कार्यरत प्रहरीको कोरोना चेकजाँच...

युवा संघ बाँकेले असहाय काेराेना संक्रमितलाई सहयाेग गर्ने

बाँके । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपाल बाँकेले कोभिड–१९ संक्रमण भई अस्पतालमा उपचारका लागि भर्ना भएका विरामीहरुमध्ये विपन्न तथा असहायहरुका लागि...

काेराेनाकाे असर : ७५ प्रतिशत लघु तथा घरेलु उद्योग बन्द

काठमाडौँ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ का कारण ७५ प्रतिशत लघु तथा घरेलु उद्योग पूर्ण रुपमा बन्द भएका पाइएको छ । उद्योग,...

भोजपुरमा तीन प्रहरीमा कोरोना पुष्टि

भोजपुर । भोजपुरमा तीन जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ । पिसिआर रिपोर्ट पोजेटिभ हुनेमा सप्तरीका २० वर्षीय पुरुष, मोरङका २६ वर्षीय पुरुष र...

पूर्वाधार विकासको नाममा जनताले सरकारलाई बुझाए ४८ अर्ब ३४ करोड

काठमाडौँ । सरकारले पाँच वर्षमा उपभोक्ताबाट पूर्वाधार विकास नाममा ४८ अर्ब ३४ करोड रुपैयाँ असुल गरेको छ । सरकारले पेट्रोलियम पदार्थ आयात गर्दा पूर्वाधार...

साफ फुटबल बंगलादेशमा हुने

साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता आगामी वर्ष बङ्गलादेशमा हुने भएको छ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) को कार्यकारी समितिको सोमबार सम्पन्न भर्चुअल बैठकले साफ...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)