विद्युत् प्राधिकरण संवेदनशील बन

राजधानी उपत्यकालगायत देशभर विद्युत् आपूर्तिमा गडबडी हुनेक्रम रोकिएको छैन । लगातार समस्या देखिन थालेपछि समस्या निरूपण तथा निदानका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय आफैंले विद्युत् प्राधिकरणलाई सचेत बनाएपछि विद्युत् आपूर्ति नियमित हुनेमा केही आशा पलाएको छ । विद्युत् प्राधिकरणबाट कुलमान घिसिङ बिदाइ भएसँगै अब देशमा विद्युत् आपूर्तिमा पहिलेकै समस्या दोहरिने हो कि भन्ने भय आम जनतामा भइरहँदा पछिल्ला समयमा बिजुली बन्द हुनेक्रम एकाएक बढेको छ ।

अहिलेको प्राधिकरणको नेतृत्व यस विषयमा खासै संवेदनशील हुन नसकेको हो कि जस्तो देखिन्छ । बिजुली अवरुद्ध हुने विषय सरकारको लोकप्रियतासँग समेत जोडिने भएकाले प्रधानमन्त्रीले नै यो विषयलाई गहन रूपमा लिन जरुरी छ । सम्भवतः प्रधानमन्त्रीले गहन रूपमा नै लिएकाले पनि हुन सक्छ, प्रधानमन्त्री कार्यालयले प्राधिकरणको नेतृत्वसँग यस विषयमा व्यापक जानकारी माग गरेर कुनै बदमासी भएको पाइए कडा कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।

विद्युत् चुहावटका कारण यसो हुन गयो वा जानीबुझी विद्युत् कतै प्रवाह गरिएको छ, यसको ’boutमा न्यापूर्ण छानबिन जरुरी छ । कुलमानको बिदाइसँगै तत्कालीन ऊर्जामन्त्रीहरू टोपबहादुर रायमाझी, जनार्दन शर्मा र वर्षमान पुन एकापसमा यसको श्रेय आफूले लिन निकै रस्साकस्सी गरिरहेका भए पनि फेरि ऊर्जा मन्त्रालय सम्हालिरहेका ऊर्जामन्त्री रायमाझीले यो साच्चै आफ्नै पालामा भएको थियो भनेर व्यवहारतः देखाउने बेला आएको छ । उनले विद्युत् आपूर्ति नियमित नहुने, क्षणक्षणमा जाने र आउने तथा विद्युतीय काम कारबाहीमा समस्या पु¥याइरहने के कारणले गर्दा भएको हो सोको खोजी गरी समयमै यसको समाधान गर्नु जरुरी भएको छ । त्यसमा पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्वयंले तत्परता देखाएर नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकसहितको टिमलाई भेटी समस्या निदानका ’boutमा ढिलाइ नगर्न निर्देशन दिएपछि केही आशा गर्ने ठाउँ पलाएको हो । जब कि यो कामको अगुवाइ ऊर्जामन्त्री आफंैले गर्न सक्नुपथ्र्यो ।

नेपालमा, एकातिर, विद्युत् खपत बढाउने, विद्युतै बेचेर देश विकास गर्ने, विद्युत्मा लगानी गर्न आह्वान गर्ने, विदेशी संस्था तथा सरकारसँग विद्युत् किन्ने सम्झौता पनि गर्ने तर अर्कोतिर स्वदेशमै विद्युत् अपुग र अनियमित हुने कुरा परस्पर विरोधासपूर्ण रहँदै आएका छन् । यसलाई लिएर प्रधानमन्त्री कार्यालयले कडा निर्देशन दिनु मनासिब देखिन्छ । विद्युत् आपूर्तिमा नियतवश सिर्जना गरिएका समस्या र बदमासीमाथि कारबाही गरिने भनी चेतावनीसमेत दिएपछि कर्मचारी वृत्तमा यसको रोकथामका लागि केही क्रियाशीलता आउने विश्वास गर्न सकिन्छ ।

यसका लागि विद्युत् प्राधिकरणले उपभोक्तालाई सही र तथ्यपूर्ण सूचना दिई बिजुली प्रवाहलाई सुव्यवस्थित बनाउँदै लैजानुपर्ने बाटो तय गर्नुपर्नेछ । नेपाली जनजीवन क्रमशः विद्युतीकरणको बाटोमा अघि बढिसकेको छ । धेरै काम विद्युतीय गतिविधिका रूपमा तय भइसकेका छन् । गाउँमा कृषि उद्यम तथा अन्य उद्यम पनि खुल्न थालेका छन् । विद्यार्थीको पढाइ पछिल्लो समयमा अनलाइनबाट हुन थालेकाले बिजुली आपूर्ति अनिवार्य बनिसकेको छ । गाउँघरमा समेत ग्याँस चुल्हो बाल्ने र बिजुलीको उज्यालोमा काम गर्ने वातावरण बनिसकेको छ । बिजुली नहुँदा बेरोजगार रहने र कामविहीन अवस्था सिर्जना हुँदै गएको छ ।

यी समस्या समाधानका लागि प्राधिकरणले उपभोक्तालाई गुणस्तरीय, भरपर्दो एवं पर्याप्त विद्युत् उपलब्ध गराउन जरुरी छ । उपभोक्ताले विद्युत् गइरहने समस्या मात्र होइन, विद्युत् हुँदा गर्न सकिने सिर्जनात्मक कामका ’boutमा पनि सोच्ने वातावरण निर्माण गर्न जरुरी छ । यसले मात्र देशमा गरिने भनिएको विकास र समृद्धिको बाटोलाई थप फराक बनाउन सक्छ । प्राधिकरणले प्रणाली सुधार, स्मार्ट मिटर जडान, भूमिगत वितरण लाइन प्रसार, चुहावटमा कडाइ, कर्मचारीको लापर्बाहीमाथि निगरानी, अनुगमन र निरीक्षण आदि कार्यलाई नियमित र अनिवार्य बनाउनुपर्छ । विद्युत् प्राधिकरणले निर्देशन पर्खने र घाम ताप्ने भन्दा पनि आफैंलाई सचेत र सतर्क बनाउनु जरुरी छ ।

तपाइको प्रतिक्रिया
(Visited 150 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखरा–१८ मा फेरि मतगणना गर्न अदालतको आदेश