ओली सरकारले कुनै पनि बेला प्रदेश र पालिका खारेज गर्न सक्छ : गगन थापा

सर्लाही । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पूर्व मन्त्री गगनकुमार थापालले केपी ओली नेतृत्वको सरकारले कुनै पनि बेला प्रदेश र पालिका खारेज गर्न सक्ने बताएका छन् ।

बुधबार सर्लाहीको लालबन्दीमा नेपाली कांग्रेसले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको असम्वैधानिक कदम ठिक छ भनिरहदा प्रदेश र पालिका भंग गर्न सक्ने भएकाले सजक हुनुपर्ने बताए । ओली नेतृत्वको सरकारले १० वर्ष लगाएर बनाएको संविधानलाई अपहरण गरेकाले अदालतले संविधानको संरक्षण गर्ने उनको भनाई थियो ।

प्रधानमन्त्री ओलीले चालेको गतल कमदलाई सच्याएर अदालतले ठिक ठाउँमा ल्याउने र जनताबाट स्थापित प्रतिनिधि सभा पुर्नस्थापनाको पक्षमा अदालतले निर्णय गर्ने उनको भनाइ थियो । ‘प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायालय र न्यायाधीशहरुलाई धम्काएर प्रभावमा पार्ने काम मात्र गरेका छैनन्, अन्य क्षेत्रका व्यक्तिहरुलाई पनि धम्कयाउने काम गरेका छन्’ प्रधानमन्त्रीसंग उनको पार्टीका जोकर कार्यकर्ता र विवेक नभएको व्यक्ति मात्र डराउने भन्दै थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई संविधानको भावना अनुसार चल्न सुझाव दिए ।

तपाइको प्रतिक्रिया
(Visited 111 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार