Tuesday, March 9, 2021
Home समाज चिसो आङमा जब न्यानो पर्याे...

चिसो आङमा जब न्यानो पर्याे…

महादेवटार, भीमफेदी (मकवानपुर) । सुकराम तामाङ कक्षा ४ मा पढ्छन् । आज अलि बढी नै दंग देखिएका उनले चित्र बनाएबापत पुरस्कारमा ‘चकलेट’ पाएका छन् । गलामा सयपत्री फूलको माला छ । आकाशे रङको ऊनी टोपी र गाढा निलो स्वेटरमा खुलेका छन्, सुुकराम ।

‘रमाइलो लागिरहेको छ,’ चित्र कोरेर चकलेट पाएका सुकरामका साथी सचिन वाइबा र विशाल थिङ पनि दंग सुनिए, ‘चित्र बनाएर अहिलेसम्म हामीले पुरस्कार पाएका थिएनौं, आज पायौं ।’

बडेमान डब्लुडाँडा फेदको श्रीनटारम्भेश्वर प्राथमिक विद्यालय प्रांगणको माहोल अन्य दिनभन्दा फरक लाग्छ । ५२ घरधुरीबाट आएका गाउ“भरका अभिभावक भेला भएका छन् । एकैनासका केटाकेटीका अनुहारमा बेग्लै चमक छाएको छ । एउटैखाले पोसाकमा उस्तै देखिइरहेका उनीहरूका चहकले अभिभावकसमेत हर्षविभोर लाग्छन् ।

मकवानपुर भीमफेदी गाउँपालिकाअन्तर्गत ईपा पञ्चकन्या–२ महादेवटार ललितपुर सीमामा पर्छ । सवारीमार्फत झन्डै तीन घण्टा दू्रीमा पर्ने नटारम्भेश्वर प्रावि पुग्न चापागाउँबाट ३७ किलोमिटर यात्रा गर्नुपर्छ ।

विशाल डाँडामुनिको विद्यालयमा दुई बजेपछि घाम लाग्दैन । त्यसपछि चिसो हुने भएकाले विद्यार्थीलाई गाह्रो हुने कठायतले सुनाए । उनका अनुसार पहिले ६५ जनासम्म विद्यार्थी थिए, अहिले ४२ जनामा सीमित छ । शैक्षिक सामग्री र दिउँसो खाजा व्यवस्था गर्नसके विद्यार्थी बढ्ने कठायतको विश्वास छ

विद्यालय स्थापना भएको ३३ वर्ष लाग्यो । तरै पनि अवस्था दयनीय छ । पुस–माघमा यहाँका विद्यार्थी सर्ट, पाइन्ट र चप्पल लगाएर विद्यायल आउ“छन् । न्यानो लुगा अभाव झल्दै उनीहरू डेढ घण्टा हि“डेर पढ्न आउन बाध्य छन् । ‘हामीले आफ्नो खल्तीबाटै पनि सहयोग ग-यौं,’ सामाजिक संस्था ‘सहयात्रा’का बालमुकुन्द (बिएम) आचार्य भन्छन्, ‘पछिल्लो समय हामीले रोजेको विद्यालयको अवस्था एकदमै नाजुक पायौं, यही बाध्यता मध्यनजर गर्दै सहयोगको हात अघि बढाएका हौं ।’
सम्मृद्धि फाइनान्स, सहयात्रा र योङ पिकासोको संयुक्त टोलीले १ देखि कक्षा ५ सम्मका ४२ विद्यार्थीलाई स्कूल स्वेटर, ऊनी टोपी र मोजा सहयोग गरेको हो ।

सहयात्राका निवर्तमान अध्यक्षसमेत रहेका आचार्यअनुसार अति विपन्न वर्गलक्षित सहयोग अभियान प्रारम्भिक चरणमा दक्षिण ललितपुरकेन्द्रित बनाइएको छ । कालान्तरमा देशका अन्य भागमा विस्तार गरि“दै लगिने उनी बताउ“छन् । ‘सहयोगी हात अलिअलि बढ्दै छन्,’ आचार्य भन्छन्, ‘सामाजिक कार्य भएकाले पनि सहयोगका लागि इच्छुक मनहरू देखापर्न थालेका छन् ।’

योङ पिकासोका निर्देशक अजय देशार समय सापेक्षित सहयोग प्रक्रिया अघि बढाइने बताउ“छन् । जाडोमा न्यानो लुगा र अन्य समय त्यसैअनुसार अभियान चालिने योजना उनले बताए ।

‘यसअघि हामीले दक्षिण ललितपुर देउराली आधारभूत विद्यालयमा न्यानो ज्याकेट वितरण ग-यौं,’ कला प्रशिक्षकसमेत रहेका देशार भन्छन्, ‘विद्यालय छान्नुअघि व्यापक सोधखोज गर्छौं, त्यसपछि मात्रै प्रक्रिया अघि बढ्छ । वास्तविक विपन्न वर्गमै राहत पुगोस् भन्ने हाम्रो उद्देश्य छ ।’ उनका अनुसार माविभन्दा आधारभूत विद्यालय सहयोगको ‘टार्गेट’ हो ।

११ चैत २०७६ को लकडाउनपछि बन्द श्रीनटारम्भेश्वर प्राथमिक विद्यालय आमा समूहको पहलमा गत १७ असोजबाट खुलेको प्रधानाध्यापक भीमसेन कठायत बताउँछन् । अति विपन्न वर्गका विद्यार्थी अध्ययनरत रहेको बताउ“दै उनले कोरोना महामारीबीच अध्यापन गराइरहेको उल्लेख गरे ।

‘सानै सहयोगले पनि ठुलो राहत दिलाउने रहेछ, यो जाडोमा पाएको न्यानो लुगाले विद्यार्थीलाई हौसला दिएको छ,’ प्रधानाध्यापक कठायत भन्छन्, ‘कतिपय विद्यार्थी खानै नखाई एकडेढ घण्टा हि“डेर आउ“छन्, विद्यालयमै खाजा व्यवस्था गर्नसके उनीहरूलाई टिकाउन सकिन्थ्यो ।’

विशाल डाँडामुनिको विद्यालयमा दुई बजेपछि घाम लाग्दैन । त्यसपछि चिसो हुने भएकाले विद्यार्थीलाई गाह्रो हुने कठायतले सुनाए । उनका अनुसार पहिले ६५ जनासम्म विद्यार्थी थिए, अहिले ४२ जनामा सीमित छ । शैक्षिक सामग्री र दिउँसो खाजा व्यवस्था गर्नसके विद्यार्थी बढ्ने कठायतको विश्वास छ ।

‘कक्षा ५ मा पाँचै जना विद्यार्थी छन्, मसहित चार शिक्षकमात्रै हो,’ प्रधानाध्यापक कठायत बाध्यता सुनाउ“छन्, ‘तीन शिक्षकका दरले ६ वटा कक्षासम्म हेर्नुपर्छ, जसका कारण बहुकक्षा सञ्चालन गर्नुपर्ने बाध्यता छ ।’
कक्षा ५ उत्तीर्णपछि कतिपय अभिभावक सन्तान पढाउनसक्ने आर्थिक हैसियतका छैनन् । केही हुनेले प्राविपछि मावि पढाउन अन्यत्र पठाउने गरे पनि धेरैको अवस्था त्यस्तो छैन ।

‘रोजगारी नै समस्या हो, यसले गर्दा पनि विद्यार्थी बढ्न सकेको छैन,’ आफ्नो छोरीसमेत सोही विद्यालयमा पढाइरहेका प्रधानाध्यापक कठायतले थपे, ‘अभिभावक रोजगारीका लागि अन्यत्र गएपछि केटाकेटी पनि स“गै लिएर जान्छन्, यसकारण पनि विद्यार्थी बढ्न नसकेको हो ।’

शिक्षक र एक कर्मचारीसहित ६ जनाको दरबन्दी रहेको श्रीनटारम्भेश्वर प्राथमिक विद्यालयको मुख्य समस्या खानेपानी हो । १२ वैशाख २०७२ को भूकम्पले भवन जीर्ण बनाएपछि युएस एडले नयाँ भवन बनाइदियो । अहिले सोही भवनमा पढाइ जारी छ । ‘स्थानीयस्तरमा आर्थिक अवस्था एकदमै नाजुक छ, ६ महिना खाना पुग्छ, त्यसपछि सोच्नुपर्छ,’ कठायत भन्छन्, ‘यो भेग शिक्षामा धेरै नै पछाडि परेको छ । पढ्नभन्दा खानैको समस्या छ ।’

तत्काल माविमा फड्को मार्ने कुनै सम्भावना नै नरहेको बताउने प्रधानाध्यापक कठायत विद्यार्थी संख्या नपुग्ने भएकै कारण माविमा जानै नसक्ने दाबी गर्छन् । ‘भएकै विद्यार्थी टिकाउन समस्या छ,’ उनले भने, ‘दैनिक खाजा व्यवस्थासम्म गर्न सकेको खण्डमा टिकाउनस“गै संख्या बढाउने सकिनेमा शंका छैन ।’

भीमफेदी गाउँपालिकाले विद्यालय परिसर घेर्न तीन लाख रुपैया“ बजेट छुट्याएको छ । तर, त्यो अपुग हुने कठायत गुनासो गर्छन् । ‘त्यति बजेटले यत्रो कम्पाउन्ड घेर्न के पुग्ला र ?’ उनी भन्छन्, ‘त्यही पनि सन्तोष मान्नुपर्ने अवस्था छ, त्यति भए पनि त गाउ“पालिकाले छुट्याइदियो ।’

(Visited 106 times, 1 visits today)
Loading comments...

आजको समाचार

एसईई परीक्षा जेठ १३ गतेदेखि २४ गतेसम्म

काठमाडौं । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आगामी १३ जेठदेखि २४ जेठसम्म हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले सो निर्णय...

महिलाको मन

ओम बानियाँ महिला र पुरुषको शारीरिक बनोट तथा रूप भिन्नभिन्न हुन्छ । शारीरिक बनोट तथा रूपले मात्र होइन, मानसिक र भावनात्मक रूपमा पनि महिला र...

२१ वर्षिय युवकको घाटी रेटी हत्या

बारा ।  बाराको निजगढ ९ बजारस्थित एक घरमा करिब २१ वर्षिय युवकको घाटी रेटी हत्या भएको छ । काले भन्ने रोहितको गएराती घरमै घाटी रेटी...

धुम्बाराहीमा नेकपाको बोर्ड झिकेर नेकपा (एमाले) राखियो

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि पहिलेकै अवस्थामा फर्किन थालेका...

व्यवहार परिवर्तनले जागरुक बन्दै पिछडिएका समुदाय

सप्तरी, राजविराज । मनमा सिक्ने लगन र इच्छाशक्ति प्रवल भए गरे जे पनि सम्भव हुन्छ भन्ने उदाहरण बनेका छन सप्तरीको तिरहुत गाँउपालिका र कंचनरुप...

साताका लोकप्रिय समाचार

सर्वोच्चको फैसलासँगै एमाले र माओवादी केन्द्र पुनः अस्तित्वमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषि कट्टेलको नाममा रहने सर्वोच्च अदालतको फैसलासँगै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पुनः अस्तित्वमा आएका छन् ।...

महिलाको मन

ओम बानियाँ महिला र पुरुषको शारीरिक बनोट तथा रूप भिन्नभिन्न हुन्छ । शारीरिक बनोट तथा रूपले मात्र होइन, मानसिक र भावनात्मक रूपमा पनि महिला र...

कोरियामा काम गर्ने नेपालीलाई कम्पनी परिवर्तन गर्न सहज हुँदै

सिओल । दक्षिण कोरियामा रोजगारदाताले आवासको राम्रो प्रबन्ध गर्न नसके प्रवासी श्रमिकले कार्यस्थल परिवर्तन गरी आफ्नो इच्छाअनुसारको कम्पनीमा जान पाउने भएका छन् । रोजगारदाताले फिनिल...

महासचिव नेत्रविक्रम चन्द नवलपुरबाट काठमाडौं प्रस्थान

नवलपरासी । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको दलदलेबाट उनी आज शुक्रबार बिहान...

२१ वर्षिय युवकको घाटी रेटी हत्या

बारा ।  बाराको निजगढ ९ बजारस्थित एक घरमा करिब २१ वर्षिय युवकको घाटी रेटी हत्या भएको छ । काले भन्ने रोहितको गएराती घरमै घाटी रेटी...

ट्रेन्डिङ

विदेशमा अलपत्र नेपाली ल्याउन बजेट विनियोजन

काठमाडाै‌ । सरकारले विदेशमा अलपत्र नेपाली फर्काउन आवश्यक बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक...

आफू मरेर यात्रुलाई बचाउने पाइलटद्वयका शालिक चार वर्षदेखि थन्किए

बाँके । एयर काष्ठमण्डपका चालक दिनेश न्यौपानेले जहाज दुर्घटनाको सङ्केत पाउँदै गर्दा यात्रुलाई अन्तिम सन्देश दिँदै भनेका थिए, ‘नआत्तिनुहोस् हामी मरेर पनि तपाईहरुलाई बचाउँछौँ...

सुरक्षाको माग राख्दै सप्तकोशीका पानी जहाज थन्किए

केही स्थानीयको दादागिरीबाट आजित मोरङ । सुरक्षाको माग राख्दै सुनसरी बराहक्षेत्रको चतरादेखि भोजपुरको हतुवागढी ९ हसनपुरसम्म सञ्चालन हुँदै आएका पानी जहाज...

सांसद साहद्धारा स्वास्थ्य समाग्री प्रदान

बारा । कोभिड १९ रोकथाम तथा नियन्त्रण गर्नको लागि अटोमेटिक हैण्डवास तथा स्वास्थ्य समाग्री हस्तान्तरण गरिएको छ । निर्वाचन क्षेत्र नम्वर ३ का प्रदेश सभा...

कोरोना अपडेटः अमेरिकामा औषधिको परीक्षणले आशा जगायो, विश्वभर संक्रमित ३२ लाख पुगे

वासिङ्टन । अमेरिकी वैज्ञानिकहरुले महामारीका रुपमा विश्वभर फैलिएको कोरोनाभाइरस रोकथामका लागि पछिल्लो पटक प्रयोगमा ल्याइएको औषधि निकै प्रभावकारी रहेको बताएका छन् । विश्वभर संक्रमितको संख्या...

इन्टरनेट सामग्री फिल्टरिङ गरिँदै

काठमाडौं । सरकारले एक अर्ब लगानीमा इन्टरनेटमा आउने सामग्री (कन्टेन्ट) फिल्टरिङ गर्ने सिस्टम राख्ने भएको छ । समाजमा नकारात्मक असर परेको भन्दै सरकारले त्यस्ता...

आगामी तीन दिन वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन...

रहेनन् गुल्मीका नेकपा नेता बोम खड्का

गुल्मी । नेपाल कम्युनिष्ट पार्टी नेकपा ५ नम्बर प्रदेश कमिटीका सचिवालय सदस्य बोम खड्काको निधन भएको छ । मंगलबार राति १ बजेतिर घरमा चक्कर...

थप १२०२ जनामा कोरोना संक्रमण पुष्टि, ८५२ जना डिस्चार्ज

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १२०२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरसबाट...

देश, जनता र सेनाको लागि भीमेश्वरको पुजा आर्चना

दोलखा ३ चैत । देश, जनता र सेनाको भलोको लागि नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले दोलखाको सुप्रशिद्ध भीमेश्वर मन्दिरमा पुजा प्रार्थना गरेका छन् । हेलिकप्टरबाट...

डा. केसीले उपचार लिन मानेनन्, स्वास्थ्य स्थिती जटिल

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै जुम्ला पुगेर अनसनमा बसेका डा. गोविन्द केसीले उपचार लिन मानेका छैनन् । उपचार लिन नमानेपछि उनको स्वास्थ्य...

आजबाट देशै ‘लकडाउन’

काठमाडौं । कोरोना संक्रमण (कोभिड १९) पोजेटिभ बिरामी फेला परेलगत्तै सरकारले मंगलबार (आज)देखि लागू हुने गरी एक साता अर्थात् १८ चैतसम्मका लागि पूरै देश...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

धेरै पढिएका

छुटाउनुभयो कि?

(Visited 111 times, 1 visits today)