विरोध प्रदर्शनमा सहभागी बन्न सभापति देउवाको अपिल

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले भोलि शनिबार आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी हुन पार्टी सभापति शेरबहादुर देउवाले अपिल गरेका छन् । कांग्रेसले भोलि माघ ३ गते ७ सय ५३ स्थानीय तहमा विरोध प्रदर्शनको कार्यक्रम तय गरेको छ ।

सभापति देउवाले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘माघ ३ गते शनिबार पार्टीले आयोजना गरेको विरोध प्रदर्शन सक्रिय सहभागिता साथ प्रभावकारी रुपले सफल बनाउन म सबैमा हार्दिक अपील गर्दछु ।’

प्रतिनिधिसभा विघटन गरिएको विरोधमा नेपाली कांग्रेस देशव्यापी प्रदर्शन गरिरहेको छ । पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो ।

प्रतिनिधिसभा विघटनलाई हामीले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेका छौं । संविधानमा भएको ब्यवस्था प्रतिकूल, जनभावना विपरितको कार्यविरुद्ध नेपाली कांग्रेस एकमतका साथ उभिएको छ । पार्टीको सबै तहका साथीहरूसँगै समस्त लोकतन्त्रवादीमा विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपील गर्दछु, विज्ञप्तिमा भनिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 203 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउन सहमति

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखराको मेयरमा कांग्रेसका २ बागी उम्मेदवार फिर्ता, एकजनाको कायमै