Monday, March 8, 2021
[adrotate group="1"]
[adrotate group="2"]
Home प्रदेश प्रदेश ३ प्रधानमन्त्रीका वकिल भन्छन् ‘बृहत पूर्ण इजलासमा जान जरुरी छैन’
[adrotate group="3"]

प्रधानमन्त्रीका वकिल भन्छन् ‘बृहत पूर्ण इजलासमा जान जरुरी छैन’

[adrotate group="30"]
[adrotate group="31"]

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संंवैधानिक इजलासमा आज पनि सुनुवाइ भएको छ । प्रतिवादी नेपाल सरकारका पक्षबाट वरिष्ठ अधिवक्ता विष्णु भट्टराईले कानूनको अन्तिम व्यवस्था तथा संविधानको व्याख्या संवैधानिक इजलासले गर्ने कानूनी व्यवस्था भएकाले अन्य इजलासमा लान नसकिने बताएका छन् ।

प्रधानमन्त्रीका तर्फबाट उनले नेपालको संविधानलाई मानेर जानुपर्ने भएकाले संविधानको व्यवस्थाको विषय बृहत् पूर्ण इजलासमा लैजान नमिल्ने स्पष्ट पारे ‘यस विषयमा यहाँ संवैधानिक व्याख्या नहुने भन्ने निष्कर्ष भएपछि मात्र बृहत् पूर्ण इजलासमा लान सकिन्छ’ उनले भने ।

वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीले नेपालको संविधानले गम्भीर संवैधानिक विषयमा संवैधानिक इजलासको व्यवस्था गरेको र विश्वका ६६ देशमा संवैधानिक अदालत रहेको तथा संविधानको व्याख्या गर्नकै लागि ती अदालत प्रयोग हुने गरेको बताए ।

अधिवक्ता रमेश बडालले नेपालको संविधान २०४७ मा गम्भीर संवैधानिक विषयका मुद्दा यो इजलासमा हेर्नुपर्छ भन्ने नभएको तर अहिले नेपालको संविधानमा संवैधानिक इजलासको व्यवस्था भएको जनाउँदै संविधानले गरेकोे व्यवस्था मान्नुपर्ने बताए । ‘सन्दर्भलाई हेर्नुपर्ने हुन्छ । पहिलाको कानूनी व्यवस्थालाई अहिले मान्नुपर्छ भन्ने होइन । संविधानसँगै बाझिएको अवस्थामा मात्र अन्य इजलासमा लान सकिन्छ । अहिले संवैधानिक इजलास यस विषयमा पन्छिन मिल्दैन’ उनले भने । अधिवक्ता विजय मिश्रले संवैधानिक इजलासले नै बृहत् इजलासको रूप धारण गरेको तर्क राखे ।

संवैधानिक इजलासको मुद्दा बृहत पूर्ण इजलास लैजाने कानुनी व्यवस्था छैन

नायब महान्यायाधिवक्ता पदम पाण्डेले अरू इजलासका मुद्दा संवैधानिक इजलासमा पठाउन सकिने तर संवैधानिक इजलासको मुद्दा अन्य इजलासमा पठाउने व्यवस्था नभएको जिकिर गर्दै संवैधानिक इजलासको मुद्दा बृहत् पूर्ण इजलासमा लैजाने कानूनी व्यवस्था नभएको बताए ।

प्रतिवादी सभामुखका तर्फबाट अधिवक्ता लवकुमार मैनालीले विषयको गाम्भीर्यअनुसार दूरगामी प्रभावलाई हेरेर सुनुवाइ गर्नुपर्नेमा जोड दिए । एमिकस क्युरीका तर्फबाट वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले संविधानले गम्भीर संवैधानिक विषयको मुद्दा संवैधानिक इजलासले हेर्ने व्यवस्था गरेको जनाए । अदालतको क्षेत्राधिकारबारे बहस जारी नै छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश सपना मल्ल प्रधान, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संंवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । उक्त विवाद संंवैधानिक इजलासमा सुनुवाइ गर्ने वा बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्ने भन्ने विवाद अझै सकिएको छैन ।

रिट निवेदक १३ मध्ये ११ जनाले उक्त विषय बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्नुपर्ने माग गर्दै पूरक निवेदन दिएका छन् । यसअघि पनि वादीहरुले प्रतिनिधिसभा विघटन विवादको सुनुवाइ बृहत् पूर्ण इजलासमा गर्नुपर्ने आवाज उठाएको सरकारका तर्फबाट महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले संविधानको व्याख्या गर्ने इजलास भएको हुँदा संंवैधानिक इजलासमै सुनुवाइ गर्नुपर्ने तर्क राखिसकेका छन् ।

सर्वोच्च अदालतको संंवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनको मुद्दालाई संंवैधानिक इजलासमा नै राख्ने वा बृहत् पूर्ण इजलासमा पठाउने विषयमा अधिवक्ता र न्यायाधीशबीच सवालजवाफ पनि भएको छ । यही पुस १० गते सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन गर्नुपर्ने कारणसहित लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको थियो । आदेशानुसार राष्ट्रपति एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सभामुखबाट यही पुस १९ गते महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेश भइसकेको छ ।

अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी सिफारिश र निर्णयको सक्कल प्रति राष्ट्रपति एवं तथा प्रधानमन्त्री कार्यालयबाट झिकाउने तथा प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव दर्ता भएको खुल्ने गरी सक्कल रजिष्ट्रारसमेतका कागजात संङ्घीय सचिवालयबाट झिकाउने आदेश जारी गरेको थियो ।

अदालतका निष्पक्ष मित्रमा नेपाल बार एशोसिएशनबाट वरिष्ठ अधिवक्ता कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनाली तथा सर्वोच्च बार एशोसियशनबाट निर्वाचित अध्यक्ष वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य र वरिष्ठ अधिवक्ता गीता पाठक रहेका छन् ।

प्रधानमन्त्रीका सिफारिशमा राष्ट्रपतिले यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरेको निर्णयविरुद्ध १४ रिट निवेदन दर्ता भएका थिए । राष्ट्रपति तथा प्रधानमन्त्री कार्यालय, सभामुखलगायतलाई विपक्षी बनाई विघटित प्रतिनिधिसभाका सदस्य देवप्रसाद गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीका तर्फबाट अधिवक्ता प्रवेश केसीले निवेदन दायर गरेका थिए ।

रिट निवेदनमा निवर्तमान सांसदले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्ने गरी गरेको निर्णयबाट प्रतिनिधिसभाको पाँच वर्षसम्म प्रतिनिधित्व गर्न पाउने हकबाट वञ्चित भएको जनाउँदै सो निर्णय बदर गर्न माग गरिएको छ । त्यस्तै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ता शालिकराम सापकोटा, ज्ञानेन्द्रराज आरण, समृत खरेल, कञ्चनकृष्ण न्यौपाने, सन्तोष भण्डारी, दीपक राई, अमिता गौतम, लोकेन्द्रबहादुर केसी, कमलबहादुर खत्री, मनिराम उपाध्याय, तुलसी सिंखडा र अच्युतप्रसाद खरेलले पनि निवेदन दायर गरेका थिए ।

कानून व्यवसायीले दायर गरेको रिट निवेदनमा प्रधानमन्त्रीले गरेको सिफारिश र सो सिफारिशका आधारमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटनसम्बन्धी सम्पूर्ण कामकारवाही र सो सिफारिशका आधारमा भएगरेका सम्पूर्ण कार्य नेपालको संविधानको धारा १३३ को उपधारा २ र ३ बमोजिम उत्प्रेषणका आदेशबाट बदर गरी प्रतिनिधिसभाले गर्नुपर्ने काम सम्पन्न गर्न उपयुक्त आदेश गर्न माग गरिएको छ । रासस

[adrotate group="32"]
[adrotate group="33"]
Loading comments...
[adrotate group="34"]

आजको समाचार

पन्ध्र दिन अघी घरबाटै बेपत्ता पारिएका दम्पती अझै भेटिएनन्

जलेश्वर । ओछ्यानमै सुतिरहेको अवस्थामा अज्ञात समूहद्वारा १५ दिन अघि बेपत्ता पारिएका पिपरा गाउँपालिका– ५ सहोडवाका वृद्ध दम्पती अझै फेला परेका छैनन् । जिल्ला...

मिस्टर एन्ड मिस रौनियारका प्रतियोगीको प्रतिभा प्रस्तुति

काठमाडौं । दोस्रो संस्करणको मिस्टर एन्ड मिस रौनियार २०२१ का प्रतियोगी यतिबेला विभिन्न अभ्यासमा छन् । यसै क्रममा उनीहरूले शनिबार बेलुका ट्यालेन्ट सोअन्तर्गत आफ्नो...

म्यान्चेस्टर सिटी र लिभरपुलको नमीठो पराजय

इग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडले म्यान्चेस्टर सिटीलाई २–० ले हराएको छ । यो हारसँगै म्यान सिटीको २१ खेल लामो जितको श्रृंखला पनि टुटेको...

प्रमुख आयुक्त राईद्धारा दोहोरो सुविधा नलिने घोषणा

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले प्रमुख आयुक्त पदमा रहदा सम्म आफुले राज्यबाट कुनै प्रकारको दोहोरो सुविधा नलिने घोषणा गरेका...

सग्देललाई जीतप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार

पोखरा । श्रीराम सिग्देललाई जीतप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । चलचित्र पत्रकार संघ पोखरा शाखाले संस्थापक अध्यक्ष सिग्देललाई पहिलो पटक...
[adrotate group="34"]

साताका लोकप्रिय समाचार

जिल्लास्तरीय दोहोरी गीत प्रतियोगितामा आयोजक टिम नै पहिलो

लमजुङ । जिल्लास्तरीय खुला लोकदोहोरी प्रतियोगितामा आयोजक लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लमजुङको टिम पहिलो भएको छ । सो प्रतियोगिताको फाइनलमा भएको प्रतिस्पर्धामा...

मलेसियामा कार्यरत नेपाली श्रमिकलाई सामाजिक सुरक्षा

काठमाडौं । दुई वर्ष अगाडि नेपाल र मलेसियाबीच भएको श्रम समझदारीले प्रत्याभूत गरेको नेपाली श्रमिकको सामाजिक सुरक्षासम्बन्धी विषय ढिलै भए पनि कार्यान्वयनमा आएको छ...

कृष्णमाया भन्छिन् ‘मलाई बलात्कार गर्नेले आधा सम्पत्ति दिनुपर्छ’

काठमाडौं । झापा जिल्लास्थित कनकाई नगरपालिका वडा ३ निवासी घर नजिकैका छिमेकी नेत्र प्रसाद तिम्सिनाबाट २०७० असोज १५ गते बलात्कृत भएकी पीडित कृष्णमाया उप्रेतीले...

बलिउडका यी प्रभावशाली महिला, जो तीन खान भन्दा अगाडी छन्

एजेन्सी । बलिउड फिल्म उद्योगमा केही महिला यति धेरै प्रभावशाली छन् । जसको फलोअर्स तीन खानको भन्दा पनि बढी छ । यी महिलाहरुले पुरुष...

नेकपा ओली समूहको संसदीय दलको बैठक बस्दै, वामदेव नजाने

काठमाडौं । सत्तारुढ नेकपाको ओली समूहको संसदीय दलको बैठक आज बस्दैछ । बैठक आज अपरान्ह ४ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।...

ट्रेन्डिङ

कोरोना संक्रमणबाट गण्डकीमा थप ४ जनाकाे मृत्यु

  पोखरा । गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय ७ पुगेको छ । गएको २४ घण्टामा प्रदेशका थप ४ जनाको ज्यान गएको हो...

काेराेना संक्रमित युवती निकाे भएर घर फर्किइन्

काठमाडाैं । कोभिड–१९ को सङ्क्रमण देखिएका काठमाडौँकी १९ वर्षीया एक युवती उपचारपश्चात् घर फर्किएकी छन् ।

शिक्षा विज्ञसँग कांग्रेसको छलफल

काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेसले कोरोनाका कारण शैक्षिक क्षेत्रमा परेको असरलाई लिएर शिक्षाविद्स“ग छलफल गरेको छ ।  ‘शिक्षा क्षेत्रमा कोरोनाको असर र समाधानसहितको अबको...

अमेरिकामा ५०० नेपालीमा कोरोनाको सङ्क्रमण

वासिङ्टन डिसी । अमेरिकामा विभिन्न तरिकाले बसोबास गर्दै आएका नेपालीमूलका अमेरिकी तथा नेपालीभाषी पनि कोभिड–१९ को चपेटामा परेका छन् ।...

दैलेखमा डोजर पल्टिँदा दुई जना घाइते

दैलेख । सोमबार बिहान ५ बजे दैलेखको ठाटीकाँध गाउँपालिकामा सडक खन्ने क्रमम डोजर पल्टिँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा...

सिन्धुपाल्चोकको फुल्पिङमा पहिरोले दुई घर बगायो, पाँच बेपत्ता

सिन्धुपाल्चोक । गएराति परेको अविरल वर्षाका कारण खसेको पहिरोमा परी सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीको माथिल्लो भेगमा दुई घर बगेको छ भने पाँच जना बेपत्ता...

पुरानो घाउमा आकाश र पूजाको जोडी

काठमाडौं । एउटा नयाँ चलचित्रको छायांकनमा रहेका अभिनेता आकाश श्रेष्ठले चलचित्र छायांकनबाट समय निकालेर एउटा नयाँ गजलको भिडियोमा मोडलिङ गरेका छन् । उनले अभिनेत्री अभिनेत्री...

बैतडीको गोकुलेश्वरमा राँकेजुलुस

बैतडी । बैतडीको डिलाशैनि गाउँपालिका ६ गोकुलेश्वरमा सुक्रबार राति राँके जलुस निकालिएको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

[adrotate group="36"]

प्रमुख

नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द हुने

भरतपर । पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि नारायणगढ–मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द गरिने भएको छ । आजदेखि २९ गतेसम्म एक हप्ता...

प्रधानमन्त्री ओलीले भोलि कोरोनाविरुद्धको खोप लगाउने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि आइतबार कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउनु हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले आज यहाँ सञ्चारकर्मीसँग...

दोस्रो चरणको खोप यी १५ अस्पतालबाट लगाउन सकिन्छ

काठमाडौं । काठमाडौँ महानगरपालिकामा यही फागुन २३ गतेबाट सञ्चालन हुने कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोपका लागि १५ वटा केन्द्र तोकिएको छ । यस चरणमा ५५...

मुस्कान खातुनलाई अमेरिकाको अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गर्ने निर्णय गरेको जनाएको छ । तेजाब हमला...
[adrotate group="37"]

भर्खरै

बलिउडका यी प्रभावशाली महिला, जो तीन खान भन्दा अगाडी छन्

एजेन्सी । बलिउड फिल्म उद्योगमा केही महिला यति धेरै प्रभावशाली छन् । जसको फलोअर्स तीन खानको भन्दा पनि बढी छ । यी महिलाहरुले पुरुष...

अनमोलको कपालका कारण वैशाखमा पुग्यो ‘पारस’

काठमाडौं । अनमोल केसीको चलचित्र ‘पारस’को छायांकन सुरु नहुँदै सरेको छ । यो फिल्मको छायांकन फागुनको अन्तिम साताबाट सुरु गरिने भन्दै यसका निर्माता भुवन...

म्यान्चेस्टर सिटी र लिभरपुलको नमीठो पराजय

इग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडले म्यान्चेस्टर सिटीलाई २–० ले हराएको छ । यो हारसँगै म्यान सिटीको २१ खेल लामो जितको श्रृंखला पनि टुटेको...

पन्ध्र दिन अघी घरबाटै बेपत्ता पारिएका दम्पती अझै भेटिएनन्

जलेश्वर । ओछ्यानमै सुतिरहेको अवस्थामा अज्ञात समूहद्वारा १५ दिन अघि बेपत्ता पारिएका पिपरा गाउँपालिका– ५ सहोडवाका वृद्ध दम्पती अझै फेला परेका छैनन् । जिल्ला...
[adrotate group="38"]

धेरै पढिएका

ओली समूहको संसदीय दलको बैठकमा वामदेव गौतम नजाने

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले आग्रह गरे पनि उपाध्यक्ष बामदेव गौतम ओली समूहको संसदीय दलको बैठकमा नजाने भएका...

सरकारको नेतृत्व गर्ने जिम्मेवारीबाट भागिन्नः सभापति देउवा

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्ने अवस्था आए पछि नहट्ने बताएका छन् ।चितवन बुधबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले...

बालविवाह : महिला, बालबालिका कानूनी अधिकारबाट वञ्चित

टीकापुर । बालविवाह गरेका किशोरी तथा किशोरीले जन्माएका बालबालिका कानूनी अधिकार पाउनबाट वञ्चित भएका छन् । कैलालीका बालविवाह गरेका किशोरीका छोराछोरी विद्यालय जाने उमेरका...

सातामा ६ अर्बले कारोबार घट्दा बजार पुँजीकरण ५६ अर्बले घट्यो

काठमाडौं । यस साता नेपाल स्टक एक्स्चेन्ज (नेप्से) कारोबार रकम र बजार पुँजीकरण दुबै घटेका छन् । गत साताको तुलनामा करोबार रकम ६ अर्बले...
[adrotate group="39"]
[adrotate group="40"]

छुटाउनुभयो कि?