मुम्बई । सधैंजसो विवादमा परिरहने बलिउड अभिनेत्री कंगना रनौत यतिबेला आफ्नो नयाँ फिल्मको कथाका कारण विवादमा छिन् । उनलाई आफ्नो नयाँ फिल्मको कथा चोरी गरेको आरोप लागेको छ ।
आफ्नो अघिल्लो फिल्म मणिकर्णिका हिट भएपछि कंगना यतिबेला नयाँ फिल्म ‘मणिकर्णिका रिटन्र्स ः द लिजेन्ड अफ दिद्दा’ बनाउँदै छिन् । यो चलचित्रको निर्माण घोषणासँगै कगंना छायांकनको तयारीमा जुटेका छन् । दिद्दा पुस्तकका लेखक आशिष कौलले आफ्नो पुस्तकबाट कुनै अनूमतिबिना कथा चोरेर कंगनाले नयाँ फिल्म निर्माण गर्न थालेको बताएका छन् ।
आशिषका अनुसार दिद्दा काश्मीरको पहिलो रानी शासक थिइन् । उनको ’boutमा आफूले लामो समयसम्म अनुसन्धान गरेर पुस्तक तयार गरेको यतिबेला आफ्नै पुस्तकबाट कथा चोरेर कंगनाले नयाँ फिल्म निर्माण सुरु गरेको आशिषको आरोप छ ।
सञ्चारकर्मीसँगको अन्तर्वार्तामा लेखक आशिषले आफ्नो प्रतिलिपि अधिकार हनन भएको भन्दै अभिनेत्री निर्माता कंगना रनौतविरुद्ध कपिराइटको मुद्दा दायर गर्ने तयारी भइरहेको बताएका छन् ।
काश्मीरकी पहिलो शासित रानी दिद्दाको ’boutमा आफूले सन् २०१७ मा पुस्तक बजारमा ल्याएको र सो पुस्तकमा आफूले लेखेको कथाकै सेरोफेरोमा कंगनाको नयाँ फिल्म निर्माण हुन लागेको लेखक आशिषको दाबी छ । यता अभिनेत्री कंगनाले मणिकर्णिका रिर्टन्सका लागि आफूले लामो समयसम्म अध्ययन र अनुसन्धान गरेर कथा तयार गरेको बताएकी छन् ।
कुनै पनि ऐतिहासिक व्यक्तिको जीवनीमा कुनै एक लेखकको अधिकार नहुने भन्दै आफूहरूले ती रानीको ’boutमा धेरै नयाँ कुरा यो फिल्ममार्फत देखाउन खोजेको कंगनाले जिकिर गरेकी छन् ।






